Khabar Dabali Logo
  April 20, Tue

मेलम्चीको पानी आजबाट काठमाडौंको घरघरमा वितरण हुँदै

काठमाडौँ । वर्षौको प्रतीक्षापछि मेलम्चीको पानी उपत्काका विभिन्न स्थानमा आजबाट आउने भएको छ । उपत्काका सीमित ठाउँमा मात्रै अहिले पानी आउन थाल्ने काठमाडौँ उपत्यका खानेपानी लिमिटेड ‘केयुकेएल’ले जनाएको छ ।

पहिलो चरणमा पुरानो महाँकाल, मीनभवन, अनामनगर र खुमलटार क्षेत्रमा पानी आउने लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मिलन शाक्यले बताए । उनका अनुसार खुमलटारमा नयाँ पोखरी र अरु तीन स्थानमा पुरानो पोखरी रहेका छन् । अहिले कतिपय सञ्चारमाध्यमले एकैपटक सबैतिर र ठूलो परिमाणमा पानी आउने भने पनि त्यो सत्य नभएको उनले जानकारी दिए । ‘पहिलो चरणमा केही स्थानमा मात्रै र थोरै पानी आउनेछ’ उनले भने, ‘विस्तारै क्षेत्र र परिमाण दुवैलाई बढाउँदै लगिनेछ ।’

पहिलो चरणमा चार ठाउँमा गएपछि सुन्दरीजलबाट पानी दोस्रो चरणमा बालाजु पोखरीमा पठाइने लिमिटेडको तयारी छ । त्यसपछिको चरणमा महाराजगञ्ज र पानीपोखरी र बाँसबारी पोखरीमा पठाइने छ । अहिले पहिलो चरणमा दैनिक चार करोड लिटर पानी वितरण भए पनि विस्तारै दैनिक साढे छ करोड लिटर पानी भित्रिने प्रमुख कार्यकारी अधिकृत शाक्यले बताए।

उपत्यकामा पाइपको अवस्था हेरेर दैनिक साढे आठ करोड लिटर पानी आउनेछ । अहिले एउटा प्रशोधन केन्द्र मात्रै परीक्षण भएकाले त्यसको क्षमताअनुसार पहिलो चरणमा साढे आठ करोडसम्म पानी आउनेछ । अर्को प्रशोधन केन्द्रको परीक्षण गरेपछि थप साढे आठ करोड लिटर पनि ल्याउन सकिने उनले बताए । दुवै प्रशोधन केन्द्रमा दैनिक साढे आठ करोड लिटर गरेर क्षमताअनुसार दैनिक १७ करोड लिटर पानी उपत्यकामा वितरण गर्न सकिनेछ । उनले भने, ‘त्यसका लागि अझै केही हप्ता लाग्न सक्छ ।’

आजबाट तोकिएका चार पोखरीमा पानी भर्ने भनिए पनि बीचमा पाइपमा समस्या आएमा नपठाउन पनि सकिने प्रमुख कार्यकारी अधिकृत शाक्यले बताए । परीक्षण ठीक भएको पाइएमा मात्रै नियमितरूपमा पानी पोखरी हुँदै घरघरका धारासम्म पुग्नेछ । कुन स्थानमा पानी जाने कता नजाने र कुन–कुन समयमा पानी आउने भनी सम्बन्धित शाखाले आ–आफ्नो फेसबुक पेजमा राखिरहेको बताए । उनले भने, ‘ग्राहकले आ–आफ्नो शाखामा सम्पर्क गरेर पनि बुभ्mन सक्नुहुन्छ ।’

मेलम्ची खानेपानी आयोजनाले शुक्रबार सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रको परीक्षणका लागि पानी पठाएको थियो । लिमिटेडले पानीको परिमाण बढ्दा चुहावट बढ्न सक्ने भएकाले त्यसको समेत तयारी गरेको छ । समस्या आउनासाथ सो स्थलमा पुग्नका लागि तयारी अवस्थामा एउटा समूह राखिएको शाक्यले जानकारी दिए । कुनै पनि ठाउँमा चुहावट हुँदा तत्काल मर्मतका लागि निर्माण व्यवसायी र आवश्यक सामग्री तयारी गरिएको छ । उनले भने, ‘हामीले सकेसम्म समस्या नआउने गरी वितरण गर्ने तयारी गरेका छौँ, आइहालेमा तुरुन्त समाधान हुनेछ ।’

मेलम्ची खानेपानी आयोजनाले गत फागुन १० गते पानी परीक्षणका लागि सुरुङमा पठाएका थियो । त्यसको दुई सातापछि शनिबार पानी सुन्दरीजलसम्म आइपुगेको थियो । पछिल्लो समयमा चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोले आयोजनाको बाँकी काम सम्पन्न गरेको हो । राष्ट्रिय गौरवको आयोजना निर्माणले दुर्ई वर्षयता गति लिएको थियो ।

वि.सं. २०५६ मा मेलम्ची खानेपानी विकास समितिको गठन भएको थियो । आयोजना निर्माणका लागि एशियाली विकास बैंकले सन् २००१ मा सम्झौता गरेको थियो । पछिल्लोपटक काम गरेको इटालेली कम्पनीले गतिका साथ काम अघि बढाए पनि आर्थिकरूपमा टाट पल्टेर कम्पनी फिर्ता भयो । केही महिनाको अन्योलपछि चिनियाँ निर्माण कम्पनीसँग बाँकी निर्माणको काम सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको थियो । खानेपानी मन्त्रालयले पटक–पटक काठमाडौँ उपत्यकामा मेलम्चीको पानी झारिने लक्ष्य राख्दै आएको थियो । पछिल्लोपटक असार मसान्तसम्ममा पानी झार्ने लक्ष्य राखिए पनि दुर्घटनाले त्यो समय धकेलिएको थियो ।

चैत १५ गते, २०७७ - ११:०० मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

माधव समूहको निष्कर्ष : पार्टीले सोधेको स्पष्टिकरण समयै दिने, कारवाही गरे विकल्प खोज्ने

काठमाडौं । सत्तारुढ नेकपा (एमाले)को माधव नेपाल समूहले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले...   

१७ सय ३६ जनामा कोरोना संक्रमित, ११ जनाको मृत्यु

काठमाडौं । काठमाडौँ । पछिल्लो २४ घण्टामा १७ सय ३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यही अवधिमा...   

संसद अधिवेशन अन्त्य गरेर सरकारले अलोकतान्त्रिक स्वेच्छाचारी चरित्र देखायो : माओवादी केन्द्र

काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभाको हिउँदे अधिवेशन सरकारले हठात् अन्त्य गराएर अलोकतान्त्रिक,...   

जिल्ला प्रशासन कार्यलय काठमाडौंले जारी गर्यो १३ बुँदे स्वास्थ्य मापदण्ड, अटेरी गर्नेलाई कडा कारवाही गर्ने

काठमाडौं । उपत्यकामा कोरोना भाइरको बढ्दो सुरक्षा जोखिमलाई नियन्त्रण तथा रोकथाम गर्न जिल्ला प्रशासन...   

कारवाहीको श्रृंखलाले पार्टी एकता गम्भीर संकटमा : गोकर्ण विष्ट

काठमाडौं । नेकपा एमालेका नेता गोकर्ण विष्टले संवादहीनता र कारबाहीले पार्टीमा देखिएको समस्या समाधान...   

सरकारलाई दिएको समर्थन कायम राख्दै माओवादी केन्द्रको बैठक सकियो

काठमाडौं । ओली नेतृत्वको सरकारलाई दिएको समर्थन कायमै राखेर नेकपा माओवादी केन्द्रको स्थायी कमिटी...   

माधव समूहका सांसदहरुको आकस्मिक बैठक नयाँ बानेश्वरमा जारी

काठमाडौं । अनुशासन उल्लघंन गरेको आरोपमा पार्टीले आफुसहित ३२ जना सांसदलाई पार्टीले स्पष्टिकरण पत्र...   

अध्यक्ष ओलीको स्पष्टिकरण पत्र : नेपाल समूहलाई सच्चिने अन्तिम मौका, नत्र निष्कासन

काठमाडौं । पार्टी अनुशासन उल्लंघन गरेको आरोप लगाउँदै नेकपा एमालेले माधव नेपाल र झलनाथ खनालसहित २७...   

पूर्वराजा ज्ञानेन्द्र शाह दम्पत्तिलाई कोरोना संक्रमण पुष्टि !

काठमाडौं । भारतको हरिद्वारमा कुम्भ मेलामा सहभागी भइ भर्खर नेपाल फर्केका पूर्वराजा ज्ञानेन्द्र शाह...   

एमालेले माधव कुमार नेपालसहित २७ जनालाई स्पष्टिकरण सोध्ने तयारी (नामावली सहित)

काठमाडौं । पार्टी अनुशासन उल्लंघन गरेको भन्दै नेकपा एमालेले माधव नेपालसहित उनको समूहका २७ जना संघीय...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top