
होलीमा कार्यक्रम गर्नेलाई संक्रमण रोग ऐन, २०२० अनुसार कारवाही गरीने

-
-
चैत १५ गते, २०७७ - १०:३८

काठमाडौं । कोरोनाको कहरबीच फागु पूर्णिमा अर्थात होली पर्वमा अवाञ्क्षित क्रियकलाप हुन नदिन महानगरीय ट्राफिक प्रहरी महाशाखाले सुरक्षा योजनासहित उपत्यकामा कडाइ गरिएको छ । होलीमा लापरवाही गरेर सवारी चलाउने गतिविधि रोक्न काठमाडौं उपत्यकाका ८५ ठाउँमा चेक प्वाइन्ट राखिएको ट्राफिक महाशाखाले जनाएको छ ।
मोटरसाइकलमा तीनजना बस्ने तथा मापसे गरेर सवारी चलाउनेमाथि विशेष निगरानी गर्नेगरी महाशाखाले सुरक्षा योजना तयार गरेको छ । काठमाडौँ, भक्तपुर र ललितपुरमा होली मनाउँदा दुर्घटना नहोस भनेर ७ सयभन्दा बढी ट्राफिक प्रहरी परिचालन गरिएको छ । जबर्जस्ती रंग दल्ने र लोला फाल्नेलाई प्रहरीले पक्राउ गर्नेगरी महानगरीय प्रहरी कार्यालयले सुरक्षा योजना लागू गरेको छ ।
यस्तै, सार्वजनिक रुपमा होलीको कार्यक्रम वा कन्सर्ट आयोजना गरेमा आयोजकलाई पक्राउ गर्न निर्देशन दिइएको दिएको छ ।
गृहमन्त्रालयको अनुसार भीडभाड गरेमा, सार्वजनिक ठाउँमा कार्यक्रम आयोजना गरेमा आयोजकलाई पक्राउ गरेर कारवाही गर्न सबै प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको छ ।
जिल्ला प्रशासनको नियम उल्लघंन गर्ने, अटेरी गर्ने आयोजकलाई संक्रामक रोग ऐन–०२० अनुसार कारवाही गरिने भएको छ । संक्रामक रोग ऐन–०२० अनुसार आदेश अवहेलना गरेमा १ महिना कैद र १०० रुपैयाँ जरिवाना हुने कानुनी व्यवस्था छ । सो ऐनले सरकारको काममा बाधा पुर्याउनेलाई ६ महिना कैद वा ७० हजार जरिवाना गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिएको छ ।
सार्वजनिक स्थलमा भीडभाडमा हुन नदिने मन्त्रालयको निर्णयपछि महानगरीय प्रहरी कार्यालयले पनि उपत्यकामा होली लक्षित गरी बाक्लो मात्रामा सुरक्षाकर्मीहरु परिचालन गरिएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
नेपालगञ्जका सवै शैक्षिक संस्था एक साता बन्द गर्ने उप–महानगरपालिकाको निर्णय
नेपालगञ्ज । कोरोना भाइरसको संक्रमण बढेपछि नेपालगञ्ज उपमहानगरपालिकाले आगामी आइतबारदेखि उपमहानगरपालिका...प्रधानमन्त्री ओली र जसपा अध्यक्ष ठाकुरबीच बालुवाटारमा भेट वार्ता, कार्यदलको बैठक बस्दै
काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिसद अध्यक्ष बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादवले...कोरोना उच्च जोखिम रहेको १४ जिल्लाका विद्यालय बन्द गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन
काठमाडौं । स्वास्थ्य मन्त्रालयले काठमाडौं उपत्यका सहित १४ जिल्लालाई कोरोना संक्रमणको अति प्रभावित...राज्य व्यवस्था समितिको निर्देशन : जघन्य अपराधको घटनामा पहिचान नखुलेका बेवारिसे शवको अभिलेख २० वर्षसम्म सुरक्षित राख्नु
काठमाडौं । संसदको राज्य व्यवस्था तथा सुशासन समितिले जघन्य अपराध तथा फौजदारी कसूरजन्य घटनाका बेवारिसे...एमसीसीप्रति सरकारको मोह : कानूनमन्त्री भन्छन्, छिट्टै प्रकृया अगाडि बढाइन्छ
काठमाडौं । कानुन न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले विवादास्पद अमेरिकी मिलेनियम च्यालेन्ज...विपक्षी दलद्वारा विशेष अधिवेशन बोलाउन गण्डकी प्रदेश प्रमुखसंग माग
पोखरा । मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको सिफारिसमा प्रदेश प्रमुखले हठात संसद अधिवेशन अन्त्य गरिदिएपछि...गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन माओवादी केन्द्रले फिर्ता लियो
पोखरा । गण्डकी प्रदेश सरकारमा सहभागी आफ्ना दुई मन्त्री फिर्ता बोलाएको एक हप्तापछि नेकपा माओवादी केन्द्रले...अटोमा लुकाइछिपाइ लादै गरेको २३ किलो गाँजासहित हेटौंडाबाट तीन जना पक्राउ
काठमाडौं । लुकाइछिपाइ अटोमा लैजाँदै गरेको २३ किलो गाँजासहित हेटौंडाबाट प्रहरीले तीनजनालाई पक्राउ...प्रधानमन्त्रीले वाम गठबन्धन भत्काएर दक्षिणपन्थीसंग मिलेर सरकार टिकाउन खोज्नु गलत : घनश्याम भुसाल
बुटवल । नेकपा एमालेका नेता घनश्याम भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीले जसपासंग मिलेर सरकार टिकाउन...प्रधानमन्त्रीबाट स्वीच थिचेर ‘ल्यान्ड इन्फर्मेसन सिस्टम’ शुभारम्भ, ‘मेरो कित्ता एप’मार्फत घरमै बसेर नक्सा प्रिन्ट गर्न सकिने
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा जग्गा प्रशासन सम्बन्धी डिजिटल प्रविधि बिहिबार ‘ल्यान्ड...

प्रतिकृया लेख्नुहोस्:
- नेपालगञ्जका सवै शैक्षिक संस्था एक साता बन्द गर्ने उप–महानगरपालिकाको निर्णय
- प्रधानमन्त्री ओली र जसपा अध्यक्ष ठाकुरबीच बालुवाटारमा भेट वार्ता, कार्यदलको बैठक बस्दै
- कोरोना उच्च जोखिम रहेको १४ जिल्लाका विद्यालय बन्द गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन
- राज्य व्यवस्था समितिको निर्देशन : जघन्य अपराधको घटनामा पहिचान नखुलेका बेवारिसे शवको अभिलेख २० वर्षसम्म सुरक्षित राख्नु
- एमसीसीप्रति सरकारको मोह : कानूनमन्त्री भन्छन्, छिट्टै प्रकृया अगाडि बढाइन्छ
- विपक्षी दलद्वारा विशेष अधिवेशन बोलाउन गण्डकी प्रदेश प्रमुखसंग माग
- गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन माओवादी केन्द्रले फिर्ता लियो
- प्रधानमन्त्रीले वाम गठबन्धन भत्काएर दक्षिणपन्थीसंग मिलेर सरकार टिकाउन खोज्नु गलत : घनश्याम भुसाल
- प्रधानमन्त्रीबाट स्वीच थिचेर ‘ल्यान्ड इन्फर्मेसन सिस्टम’ शुभारम्भ, ‘मेरो कित्ता एप’मार्फत घरमै बसेर नक्सा प्रिन्ट गर्न सकिने
- विपक्षी गठबन्धनद्वारा मुख्यमन्त्री गुरुङ विरुद्ध अविश्वास प्रस्ताव दर्ता, नयाँ मुख्मन्त्रीमा कांग्रेसका नेता पोखरेल प्रस्ताव
- गण्डकी प्रदेश सभा बैठक बोलाउन समावेदन दिने तयारीमा विपक्षी कांग्रेस–माओवादी गठबन्धन
- कसले गर्यो एमाले सांसद रावल बसेको घरमा ढुंगा प्रहार ?
- संघीय निजामती विधेयधक प्रति मन्त्रालयकै कर्मचारी आन्दोलनमा
- मुख्यमन्त्री गुरुङको चलाखी : आफु विरुद्ध अविश्वासको प्रस्ताव आउने भएपछि चालु अधिवेश नै अन्त्य
- अब घरजग्गा नक्सा लिन नापी कार्यलयसम्म धानउन नपर्ने, घरमै बसेर प्रिन्ट गर्न सकिने प्रविधि लागू हुँदै