Khabar Dabali Logo
  April 20, Tue

दाङमा गोली लागेर एक जनाको घटनास्थलमै मृत्यु

दाङ । दाङको घोराहीमा शिकार खेल्न गएका एक व्यक्तिको गोली लागेर घटनास्थलमै मृत्यु भएको छ । घोराही उपनगरपालिका–१२ को कमलघारी जङ्गल क्षेत्रमा शुक्रबार राति भएको सो घटनामा वडा नं १३ का ५० वर्षीय टेकबहादुर गुरुङको गोली लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गणेश चन्दले जानकारी दिए ।

घटनास्थल पुग्न तीन÷चार घण्टा जति पैदल हिँड्नुपर्ने तथा उक्त स्थानमा फोन सम्पर्कसमेत राम्रोसँग हुन नसक्ने हुँदा घटनाबारे थप विवरणहरु आउन बाँकी रहेको पनि प्रउ चन्दले बताए । प्रहरीले घटनामा संलग्न रहेको आशङ्कामा एक जनालाई राति नै नियन्त्रणमा लिइसकेको बताइएको भए पनि नाम भने सार्वजनिक गरेको छैन । यसैबीच, भरुवा बन्दुकको गोली लागेर मृत्यु भएका गुरुङको शवपरीक्षणका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याउने तयारी भइरहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

चैत १४ गते, २०७७ - २०:५६ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

संसद् अधिवेशन अप्रत्याशित अन्त्य गरिएकोप्रति कांग्रेसको आपत्ति

काठमाडौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले प्रतिनिधिसभाको अधिवेशन अप्रत्याशित र हठात्...   

भारतीय ट्रकको ठक्करबाट साइकल यात्री मेचेको मृत्यु

झापा । झापाको मेचीनगर नगरपालिका–७ स्थित पूर्व–पश्चिम राजमार्गमा आज भारतीय ट्रकको ठक्करबाट साइकल...   

पार्टी विरोधी गतिविधि गर्ने थप आठ जना नेतालाई स्पष्टीकरण

काठमाडौँ । नेकपा (एमाले) को आज सम्पन्न दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको पहिलो बैठकले पार्टी...   

अविश्वासको प्रस्ताव छल्न संसद् अधिवेशन अन्त्य गरिएको होइन : प्रवक्ता गुरुङ

काठमाडौ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले संसद्बाट सरकार परिवर्तनका लागि दलहरुलाई...   

कोरोना सङ्क्रमणबाट स्टाफ नर्ससहित दुई जनाको मृत्यु

राँझा । बाँकेमा आज कोरोना सङ्क्रमणबाट स्टाफ नर्ससहित दुई जनाको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगञ्जमा...   

बोक्सीको आरोपमा मुस्लिम महिलामाथि निर्घात कुटपिट

जलेश्वर । बोक्सीको आरोपमा मुस्लिम समुदायकी एक महिलामाथि निर्घात कुटपिट भएको छ । महोत्तरीको मनरासिस्वा...   

माओवादी केन्द्रको स्थायी समिति बैठक सोमबार बस्दै

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को स्थायी समितिको बैठक सोमबार बस्ने भएको छ । समसामयिक...   

कोरोना महामारी फैलियो, सावधानी छैन

चितवन । जिल्लामा कोभिड–१९ महामारी जिल्लामा बढ्दै जाँदा सावधानी भने देखिएको छैन । विद्यालय, ठूला सपिङ...   

धादिङको गजुरीमा दुई हेलिकोप्टर आकस्मिक अवतरण

धादिङ । मौसमका कारण धादिङको गजुरीस्थित बजारमा दुई हेलिकोप्टर आकस्मिक अवतरण गरेको छ । नेपालगञ्जबाट...   

राष्ट्रियतालाई प्राथमिकतामा राखेर परराष्ट्र नीति अपनाउँछौँ : मन्त्री ज्ञवाली

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले राष्ट्रियतालाई प्राथमिकतामा राखेर परराष्ट्र...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top