Khabar Dabali Logo
  April 12, Mon

संसद्लाई प्रभावकारी बनाउन भगीरथ प्रयत्न गरिने : सभामुख सापकोटा

काठामाडौ । सभामुख अग्निप्रसाद सापकोटाले संसद्लाई प्रभावकारी रुपमा सञ्चालन गर्नका लागि भगीरथ प्रयत्न गरिने बताएका छन् । संसदीय मामिला पत्रकार समाजको सातौँ अधिवेशन उद्घाटन समारोहलाई आज यहाँ सम्बोधन गर्दै उनले संसद्लाई जीवन्त बनाउन आफ्नो ब्रह्मले निर्णय गर्ने बताए । “त्यो निर्णयलाई इतिहासले मूल्याङ्कन गर्नेछ, जनताका लागि जनप्रतिनिधि सबैभन्दा नजिकको हुन्छ, जीवनसाथीभन्दा जनप्रतिनिधिमाथि विश्वास गरिएको हुनाले त्यसैअनुरुप भूमिका निर्वाह गर्न प्रयत्न गर्नेछु”, सभामुख सापकोटाले भने ।

समस्या, चुनौती, वादविवाद, बहस हुँदै समाधानमा जाने भएकाले अहिले त्यही मार्गमा जान लागेको उनेले सुनाए । समाजले संसदीय मामिलामा अनुसन्धानात्मक पत्रकारिता गर्ने विश्वास पनि सभामुख सापकोटाको छ ।

राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले संसदीय पत्रकारको भूमिका अध्ययन, अनुसन्धान र अभिलेखीकरणमा हुनुपर्ने बताए । विधेयकलगायत संसद्का काम एवं गतिविधिलाई समाजको विषयका रुपमा जनतासमक्ष लैजान महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा उनले जोड दिए ।

समाजका संस्थापक अध्यक्ष हरिबहादुर थापाले नेपालमा संसदीय अभ्यास शुरु भएको ३० वर्ष पूरा भए पनि संसदीय पत्रकारितामा पूर्णता आउन नसकेकाले यसतर्फ समाजको ध्यान जानुपर्ने बताए । संसदीय पद्धतिलाई परिष्कृत गराउन पत्रकारको भूमिका महत्वपूर्ण हुने उनको भनाइ छ । समाजका अध्यक्ष नारायण काफ्लेले विसं २०५८ देखि संस्था पत्रकारिता क्षेत्रमा क्रियाशील रहेको बताए ।

कार्यक्रममा समाजले प्रकाशन गरेको पुस्तक ‘हाम्रा माननीय’ को सभामुख सापकोटाले विमोचन गरे । पुस्तकमा प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदको परिचयसहित यसअघि आबद्धता भएका संस्था एवं पेशाका विषयमा प्रकाश पारिएको छ । समाजको दुईवर्षे कार्यकालका लागि आजै निर्वाचन हुँदैछ ।

चैत १४ गते, २०७७ - २०:४५ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नयाँ बसपार्कका टिकट काउण्टर बुधबारदेखि बन्द हुने

नयाँ बसपार्कका टिकट काउण्टर बुधबारदेखि बन्द हुने

काठमाडौ । नेपालको राष्ट्रिय बसपार्कका रुपमा रहेको गोँगबुस्थित नयाँ बसपार्कका टिकट काउण्टर आगामी...   
बोडेमा जात्रा नरोकिने, बुद्धकृष्णले आठौँ पटक जिब्रो छेड्ने

बोडेमा जात्रा नरोकिने, बुद्धकृष्णले आठौँ पटक जिब्रो छेड्ने

भक्तपुर । मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक नयाँ वर्षको वैशाख २ गते मनाइने प्रसिद्ध ‘जिब्रो छेड्ने...   

कोटेश्वरदेखि जडीबुटीसम्मको सडक निर्माण अब छिट्टै सकिने

काठमाडौ । काठमाडौँ उपत्यकाको बढी सवारी चाप हुने कोटेश्वरदेखि जडीबुटीसम्म सडक विस्तारको काम एकातर्फ...   
तनहुँ जलविद्युत् आयोजनाले प्रसारण लाइनको प्रभावितलाई मुआब्जा वितरण गरिँदै

तनहुँ जलविद्युत् आयोजनाले प्रसारण लाइनको प्रभावितलाई मुआब्जा वितरण गरिँदै

तनहुँ । एक सय ४० मेगावट विद्युत् उत्पादन गर्न लागेको तनहुँ जलविद्युत् आयोजनाले विद्युत् प्रसारण लाइनका...   

बलात्कारीलाई सात वर्ष कैद फैसला

गलकोट । उन्नाइस वर्षीया युवतीलाई बलात्कार गर्ने युवालाई जिल्ला अदालत बागलुङले सात वर्ष कैद सजाय फैसला...   

गोर्खा सङ्गठनहरुद्वारा प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र

लण्डन । भूतपूर्व गोर्खा सैनिक सङ्गठनहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सेवानिवृत्त बेलायती गोर्खा...   
नेपाल पत्रकार महासङ्घ बेल्जियम शाखाको अध्यक्षमा शर्मा

नेपाल पत्रकार महासङ्घ बेल्जियम शाखाको अध्यक्षमा शर्मा

पोर्चुगल । नेपाल पत्रकार महासङ्घ बेल्जियम शाखाको अध्यक्षमा ओम शर्मा निर्विरोध निर्वाचित भएका छन्...   

एक कोरोना सङ्क्रमित पुरुषको मृत्यु

कञ्चनपुर । महाकाली अस्पतालमा उपचारार्थ भर्ना भएका भीमदत्त नगरपालिका–१५ का ४५ वर्षीय कोरोना सङ्क्रमित...   

देशैभर आज पत्रकार महासङ्घको निर्वाचन हुँदै

काठमाडौ । नेपाली सञ्चारकर्मीका लागि बहुप्रतिक्षीत नेपाल पत्रकार महासङ्घका सबै शाखा, प्रदेश समिति...   

सामग्री उत्पादनमा आत्मनिर्भर हुन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडाै । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सेनालाई आवश्यक पर्ने सामग्री र वस्तुहरूको उत्पादन...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top