Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

पहिलो पटक गाउँमा बस पुग्दा फुलमालाले स्वागत: सञ्चालनमा समस्या

सिमकोट । हुम्लाको चङ्खेली गाउँपालिकास्थित सलिसल्लामा पहिलो पटक यात्रुबाहक बस पुग्दा स्थानीयवासी खुशी भएका छन् । भौतिक विकासमा पिछडिएका सलिसल्लामा मिनीबस पुग्दा स्थानीयवासीले बाजागाजासहित भव्य स्वागत गरेका हुन् । स्थानीयवासीले कच्ची सडकमा बस ल्याएर सेवा दिएको भन्दै बस, चालक र सहचालकलाई फुलमालाले समेत स्वागत गरेका छन् ।

जिल्लाको चङ्खेली गाउँपालिका– ४ का दन्तबहादुर शाहीले गत फागुन १८ गते अदानचुली, ताँजाकोटलगायतका नागरिकलाई ल्याएर बस सुर्खेत हुँदै २० गते बाजुराको कोल्टीमा पुगेको हो । यसभन्दाअघि हुम्ला र बाजुरामा बोलेरो जीप सञ्चालन भए पनि उक्त क्षेत्रमा पहिलो पटक ३० सिट भएको यात्रुबस पुग्दा गाउँगाउँमा खुशीयालीसँगै फूलमाला र अबिर जात्रासमेत गरे तर उक्त जात्रा बोलेरो जीपको एकाधिकार तोडिदिएको छ ।

गत मङ्सीर २७ गते हुम्लाका प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा सङ्घीय संसद् छक्कबहादुर लामासहित जिल्लाका उच्चपदस्थको टोलीले अनुगमन गरेपछि विधिवत्रुपमा बाजुराको धुलाचौरदेखि हुम्ला सर्केगाडको बालुकुनासम्म सडक सञ्चालन गर्ने निर्णय गरेसँगै त्यसको ठीक ३० दिनपछि पुस २८ गते सार्वजनिक यातायात व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीको अध्यक्षतामा धुलाचौरमा बसेको बैठकले यात्रुबाहक जीप १२ वटा र मालबाहक मझौला ट्रक चार वटा सञ्चालन गर्ने निर्णय ग¥र्यो तर ठूला बस सञ्चालन गर्ने नगर्ने निर्णय भने गरेको थिएन ।

त्योसँगै धुलाचौरबाट ताँजाकोट, अदानचुली बालुकुनासम्मका लागि बाजुराका यातायात प्रालीले १२ वटा जीप सञ्चालन गर्न थाले । त्यहाँ जुन अगाडि पुग्यो उही जीपको नम्बर लाग्ने गरेपछि जीप धेरै यात्रु थोरै हुँदा जीप धुलाचौरमै एक÷दुई दिन बस्न थाले । यात्रु नपाएर जीप त बसिरहेका अवस्थामा ३० सिट भएको यात्रुबाहक बस आउँदा जीप मालिकले उक्त बसलाई पनि हामीकै नम्बरकै आधारमा हिँड्नुपर्ने नभए चल्न नदिने भन्दै धेरै दिन चल्न दिएनन् ।

उता बस मालिक दन्तबहादुर शाहीले भन्नुभयो, “यात्रु भए पनि नभए पनि दैनिक दिन बस सञ्चालनमा आउने छ । बस सञ्चालनमा आउन थालेपछि ती जीपले यात्रु नै नपाउने भएपछि जीप मालिक मर्कामा पर्न थाले । त्यसपछि बसलाई ठप्प गर्ने निर्णय गरे त्यसभन्दापछि बसलाई चल्न दिएनन् यदि चल्ने हो भने हामीको जस्तै नम्बरका आधारमा चल्नुपर्ने भन्दै ठप्प गरे ।

यता धुलाचौरमा चार वटा यातायात प्राली सञ्चालनमा भए पनि उनीहरुले प्रतिस्पर्धाका आधारमा नभई मिलेर एकपछि अर्को जीप छुट्ने रुटिङअनुसार चल्न थालेपछि यात्रुलेसमेत सास्ती खेप्नुपर्ने बाध्यता छ । जीप धेरै छन् एक बस पनि सञ्चालनमा छ तर पनि कोल्टीबाट आएका नागरिक बाध्य भएर धोलाचौरमा एक/दुई दिन बस्नैपर्ने बाध्यता रहेको छ ।

उक्त बसलाई धुलाचौर चल्न नदिने भए पनि बस घाटामा गइरहेको छ, केही दिनअघि मात्र नेपाली सेनाले बालुकुनादेखि सलीसल्लासम्मको सडकको सामान्य बाटो खुलेपछि उक्त ३० सिट भएको यात्रुबाहक बस नेपाली सेनाले जिम्मा लिएको कर्णाली करिडोरको अन्तिम पोइन्ट सलीसल्लामा पुगेपछि त्यहाँ स्थानीय नागरिकले बाजागाजासहित स्वागत गरेका छन् । कर्णाली प्रदेश ००६ ख ०४०२ को बस चङ्खेली गाउँपालिका– ४ का दन्तबहादुर शाहीले आफ्नै जन्म स्थानमा यात्रुबाहक बस पु¥याए पनि बस सञ्चालनमा समस्या भएको सञ्चालक शाहीले गुनासो गरे ।

यसअघि गाउँमा रिजर्भ गरी साना सवारी साधन चल्ने गरेको थियो । सडक स्तरोन्नती गरेर गाउँघरलाई शहरसम्म जोड्ने प्रयास गरिएको बताइएको छ । “ठूलो काम त यो होइन तर सजिलो पनि छैन । पहिलो पटक यात्रुबाहक बस गाउँमा ल्याइयो अब नियमित गर्ने प्रयास गर्छौ” शाहीले भने, “जनप्रतिनिधि र स्थानीयवासीको माग आएकाले वस सेवा सुचारु गरिएको छ तर बस सञ्चालनमा अहिले पनि धेरै समस्या देखिएको छ ।”

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies