Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

तरकारीमा अत्यधिक विषादी भेटिएपछि किसानलाई सचेत गराइँदै

भरतपुर । चितवनमा उत्पादन हुने तरकारीमा अत्यधिक विषादी प्रयोग भएपछि किसानलाई सचेत बनाउन थालिएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति काठमाडौँ र भरतपुर महानगर फलफूल तथा तरकारी थोक बजारमा गरिएको परीक्षणमा अत्यधिक विषादी भेटिएपछि किसानलाई सचेत बनाउन थालिएको हो ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको आयोजनामा बुधबार र बिहीबार पूर्वी चितवनको राप्ती र भरतपुर महानगरपालिका–२५ का किसानसँग अन्तक्र्रिया गरिएको थियो । चितवनका किसानले उत्पादन गरेको तरकारी काठमाडौँको कालीमाटीमा विषादी परीक्षण गर्दा अत्यधिक विषादीको मात्रा भेटिएपछि जनचेतनामूलक कार्यक्रम गरिएको कार्यकारी निर्देशक विनोदकुमार भट्टराईले जानकारी दिए ।

कालीमाटीमा गरिएको परीक्षणमा चितवनबाट पछिल्लो समय अत्यधिक विषादीको मात्रा भएका तरकारी उत्पादन भएको भेटिएको उनले बताए । “जिल्लामा पालिका र कृषि ज्ञान केन्द्रमार्फत पनि कार्यक्रम भइरहेका छन्, हामी पनि यसबारे किसानलाई जानकारी प्रदान गर्न किसानको खेतबारीमा पुगेका छौँ”, उनले भने । कालीमाटीमा बढी तरकारी जाने जिल्लामा चितवन पर्छ । “यहाँबाट उत्पादन भएको तरकारी नष्ट गर्नुपर्दा किसानलाई नोक्सान हुने गरेको छ, नगर्दा उपभोक्ताले विषादी खाने अवस्था छ”, उनले भने । उनले किसानले उत्पादन गरेका वस्तुको बजारीकरणका लागि छुट्टै स्टलको व्यवस्था गरेको जानकारी दिए ।

कृषि ज्ञान केन्द्र चितवनका प्रमुख राजन ढकालले यो सिजनमा उत्पादन हुने तरकारीमा विषादीको प्रयोग डरलाग्दो अवस्थामा रहेको बताए । “सबैले उपभोक्ताको स्वास्थ्यमा ध्यान दिनुपर्छ”, उनले भने, “विषादी हालेर पर्खनुपर्ने समयावधि नपुगी बजारमा लैजाँदा विषादीका अवशेषहरु भेटिने गरेका छन् ।”

भरतपुर–२५ अमृतनगरका युवा कृषक लेखनाथ भुसालले विषादी प्रयोग किसानको बाध्यता भएको बताए । “अधिकांश किसान साक्षर छैनन्”, उनले भने, “सबै कुरामा एग्रोभेटको विश्वास गर्ने परिपाटी छ ।” उनले यो समस्या सामाधन किसानले मात्रै गर्न नसक्ने बताए । उच्चदरमा हुने विषादी बिक्री वितरणमा सरकारले नै रोक लगाउनुपर्ने उनको धारणा छ । “किसान उत्पादक र उपभोक्ता दुवै हो, स्वास्थ्यको चिन्ता किसानलाई पनि हुन्छ तर बाध्यता छ”, उनले भने ।

उनले कुन विषादीले स्वास्थ्यमा कति असर गरेको छ भन्ने कुरामा अनभिज्ञ रहेको बताए । राज्यले एउटा योजना बनाएर काम गर्नुपर्ने भन्दै उनले बाली उत्पादन हुन नसक्ने अवस्थामा किसानलाई राज्यले सहयोग गर्नुपर्ने बताए । विनिता एग्रो सेन्टरका सञ्चालक विशाल श्रेष्ठले आफूहरुले किसानलाई प्रयोग गर्ने मात्रा र विधि जानकारी दिएर मात्र विषादी बिक्री गर्ने गरेको बताए ।

“कतिपय किसानले आफैँ विषादीको नाम लिएर माग्नुहुन्छ”, उनले भने, “वेटिङ पिरियड र विषादी डोजका बारेमा पनि जानकारी दिने गरेका छौँ ।” किसानले कीरा चाँडै मरोस् र धेरै तरकारी फलोस् भनेर पनि जथाभावी विषादी प्रयोग गर्ने गरेको उनले बताए । गाउँगाउँमा अवैधरूपमा विषादी बेच्न हिँड्ने क्रम नरोकिएका कारण पनि यस्तो समस्या आएको उनको भनाइ छ ।

किसान कुलचन्द्र आचार्यले राज्यले कडा खालका विषादी रोक्नुपर्ने बताए । उनले भने, “विषादी नहालौँ तरकारी फल्दैन, हालौँ स्वास्थ्यमा असर गर्ने डर छ ।” उनले विषादीबिना कुनै पनि कृषिजन्य उत्पादन हुन छाडेको गुनासो गरे ।

भरतपुर महानगर तरकारी तथा फलफूल बजार व्यवस्थापन समितिका सञ्चालक पुरुषोत्तम गौतमले विषादी परीक्षण गरेर मात्र किसानलाई बिक्री वितरण गर्नु राम्रो हुने बताए । उनले शुरुमा थोरै तरकारी लगेर विषादी परीक्षण गर्न र योग्य भए त्यसपछि मात्र बजारमा लैजान किसानलाई सुझाव दिए ।

कृषि ज्ञान केन्द्र चितवनका बाली संरक्षण अधिकृत पूर्णिमा क्षेत्रीले यस आर्थिक वर्ष २०७७÷७८ मा भरतपुरको महानगर तरकारी तथा फलफूल थोक बजारमा रहेको प्रयोगशालामा ६३४ नमूना परीक्षण भएको बताए । तीमध्ये ११ परीक्षण क्वारेन्टिनमा रहेको र आठवटा नष्ट गर्नुपरेको जानकारी दिए ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies