Khabar Dabali Logo
  April 16, Fri

एमालेभित्रको विवाद चरमउत्कर्षमा : शुक्रबार ओलीले बालुवाटारमा बोलाए संसदीय दलको बैठक, माधव समूहको छुटै छलफल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेको संसदीय दलको बैठक बोलाएका छन् ।

शुक्रबार दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा संसदीय दलको बैठक बोलाएको छ । यसअघि बालुवाटारमा आयोजित संसदीय दलको बैठक माधवकुमार नेपाल समूहले बहिस्कार गरेको थियो ।

ओलीले संसदीय बोर्ड गठन गर्नुको साथै विधान संशोधनकोलागि तीन सदस्यी कार्यदल गठन गरेको थियो । माधव नेपाल सहित चार जना नेतालाई स्पष्टिकरण सोध्ने निर्णय गरेको थियो ।

बैठकको निर्णय अनुसार नै महासचिव ईश्वर पोखरेलले माधव नेपाल, भीम रावल, घनश्याम भुषाल र सुरेन्द्र पाण्डेलाई तीन दिने स्पष्टिकरण पत्र पठाइसेको छन् ।

त्यस्तै, माधव समूहले पार्टीभित्र देखिएको संघर्ष, स्पष्टिकरण र ओलीले चाल्न सक्ने सम्भावित कदमलाई मध्यनजर गर्दै माधव समूहले पनि शुक्रबार आफु पक्षीय केन्द्रीय कमिटी बैठक बोलाएको छ । बिहान ११ बजे बोलाइएको बैठकमा काठमाडौंमा उपलब्ध केन्द्रीय सदस्यहरु उपस्थिति हुन भनिएको छ ।

अध्यक्ष ओलीले आफुपक्षीय गुटको बैठक राखी विधान विपरित पार्टीलाई समाप्तिको बाटोमा लान खोजेको भन्दै ओलीले राखेको बैठक बहिस्कार गर्दै आएको छ ।

फागुन २८ को बालुवाटारमा ओली समूहले गरेको निर्णय खारेज गर्न माग गर्दै देशव्यापी समानान्तर समिति गठन गर्दै आएको छ । यसरी सत्तारुढ दल एमालेभित्र देखिएको दुई समानान्तर गतिविधिले पार्टीनै विभाजन हुने हो कि भन्ने आशंका उब्जिएको छ ।

चैत १२ गते, २०७७ - १४:५३ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रधानमन्त्री ओलीले झुटको खेती गर्नुभयो : वरिष्ठ नेता नेपाल

झापा । नेपाल कम्यूनिस्ट पार्टी (एमाले)का नेता माधवकुमार नेपालले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष...   

यी सात अनलाईन न्यूजपोर्टललाई २४ घण्टे स्पष्टीकरण

काठमाडौ । ‘अनअफिसियल ट्रान्सलेसन’ उल्लेख भएको डकुमेन्टलाई आधार बनाएर ‘रअ र प्रधानमन्त्री केपी शर्मा...   

बस र टिपर ठोकिँदा पाँच जनाको मृत्यु, ४१ घाइते

राँझा । बाँकेको कोहलपुर नजिकै पूर्वपश्चिम राजमार्गमा आज साँझ बस र टिप्पर एकापसमा ठोकिँदा पाँचको मृत्यु...   

फर्निचर उद्योगमा आगलागी हुँदा ५० लाख बढीको क्षति

खोटाङ । फर्निचर उद्योगमा आगलागी हुँदा खोटाङमा रु ५० लाख बढीको क्षति भएको छ । दिक्तेल रुपाकोट मझुवागढी...   

उपचारका क्रममा कोरोना सङ्क्रमित युवकको मृत्यु

पर्सा । कोरोना सङ्क्रमणकै कारण वीरगञ्जमा आज बिहान एक युवकको उपचारको क्रममा मृत्यु भएको छ । श्वासप्रश्वासमा...   

आजको राशिफल : यी राशिका लागि आजको दिन शुभ

वि।सं।२०७७ साल चैत्र ३१ गते । मंगलबार । ईश्वी सन् २०२१ अप्रिल १३ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर...   

काठमाडौँका यी पाँच स्थानमा ट्राफिक बत्ती जडान गरिने

काठमाडौ । सडक विभागले काठमाडौँ उपत्यकाको सवारी व्यवस्थापनका लागि आगामी असार मसान्तसम्ममा थप पाँच...   

यसरी कोरोनाले फेरिदियो जिन्दगीको बाटो

गलेश्वर । काठमाडौँमा होटल व्यवसाय गरी बसेका म्याग्दीको बेनी नगरपालिका– २ बगरफाँटका दुर्गाबहादुर...   
चरिकोट–जिरी सडकखण्डअन्तर्गत सडक स्तरोन्नति गरिँदै

चरिकोट–जिरी सडकखण्डअन्तर्गत सडक स्तरोन्नति गरिँदै

भिमेश्वर । नेपालको स्वीजरल्याड भनेर चिनिने जिरीबजारसम्म पुग्ने सडकखण्डाको चरिकोटबाट नाम्दुबजारसम्म...   
नयाँ बसपार्कका टिकट काउण्टर बुधबारदेखि बन्द हुने

नयाँ बसपार्कका टिकट काउण्टर बुधबारदेखि बन्द हुने

काठमाडौ । नेपालको राष्ट्रिय बसपार्कका रुपमा रहेको गोँगबुस्थित नयाँ बसपार्कका टिकट काउण्टर आगामी...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top