
भारतमा कोरोनाबाट एकै दिन ५३ हजार भन्दा बढी संक्रमित, २५१ जनाको मृत्यु

-
-
चैत १२ गते, २०७७ - १४:१०

नयाँदिल्ली । भारतमा ५३ हजार ४७६ जना थप व्यक्तिमा कोरोना संक्रमण देखिएपछि कूल संक्रमितको सङ्ख्या एक करोड १७ लाख ८७ हजार ५३४ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।
गत २४ घण्टामा कोरोना सङ्क्रमणबाट २५१ जनाको मृत्यु भएपछि यहाँ कूल मृतकको सङ्ख्या एक लाख ६० हजार ६९२ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मंगलबार दिएको जानकारी दिएको छ ।
सोही अवधीमा यहाँँ कूल सङ्क्रमितमध्ये तीन लाख ९५ हजार १९२ जना अहिले पनि सङ्क्रमित अवस्थामै रहेका छन् भने कूल एक करोड १२ लाख ३१ हजार ६५० जना सङ्क्रमणमुक्त भएका छन् ।
भारतमा जनवरीबाट कोरोना भाइरसविरुद्धको खोप अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म पाँच करोड ३० भन्दा बढीले खोप लगाइसकेका छन् ।
त्यसैगरी कोरोना परीक्षण गर्ने क्रम पनि चलिरहेको भारतीय चिकित्सा अनुसन्धान परिषद्ले जनाएको छ । परिषद्का अनुसार सोमबारसम्म भारतमा २३ करोड ७५ लाख ३ हजारभन्दा बढी व्यक्तिको कोरोना परीक्षण गरिएको छ । बुधबार एकै दिनमा १० लाख ६५ हजारभन्दा बढीको कोरोना परीक्षण गरिएको समाचारमा जनाइएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आङ सान सुकीमाथी छ ओटा नयाँ आरोप
याङ्गुन । म्यान्मारमा सेनाको ‘कू’ पछि अपदस्थ गरिएका नागरिक नेता आङ सान सुकीलाई सोमबार नयाँँ फौजदारी...अझै मेलम्चीको पानी वितरण भएन
काठमाडौँ । मेलम्चीको पानी वितरण गर्ने भनिएका काठमाडौँ उपत्यकाका कतिपय स्थानमा आवश्यक संरचना नबनेका...शान्तिका लागि पशुपतिमा वत्सलेश्वरी जात्रा
काठमाडौँ । मुलुकमा शान्ति होस् भन्ने कामनाले पशुपति क्षेत्रमा गरिने वत्सलेश्वरी जात्रा आइतबार रातिदेखि...“कोरोनाविरूद्ध ट्राफिक प्रहरीको सावधानी अभियान शुरू”
काठमाडौँ । दोस्रो चरणमा फैलिरहेको कोभिड–१९ (कोरोना) भाईरस संक्रमणको जोखिमलाई मध्येनजर गर्दै महानगरीय...अपरिचित समूहको गोली तथा धारिलो हतियार प्रहारबाट मृत्यु, घटनामा संलग्न २ जना पक्राउ
सिरहा । अपरिचित समूहको गोली तथा धारिलो हतियार प्रहारबाट लहान नगरपालिका–२३ गाढिया चोकमा सुन चाँदी...बुटवलमा ३ जना कोरोना सङ्क्रमितको मृत्यु
रुपन्देही । बुटवलमा कोरोना भाइरस सङ्क्रमणका कारण तीन जनाको मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालअन्तर्गतको...पानी ट्याङ्कीमा डुबेर ५ वर्षीया बालिकाको मृत्यु
काठमाडौं । काठमाडौं महानगरपालिका–३२ पेप्सिकोलास्थित नवनिर्मित घरको भुई तल्लामा रहेको पानी ट्याङ्कीमा...भारतमा कोरोना बाट मृत्यु हुनेको संख्या एक लाख ७० हजार नाघ्यो
नयाँदिल्ली । भारतमा कोरोना भाइरसको सङ्क्रमणको कारण एकैदिनमा ९०४ जनाको मृत्यु भएपछि यस प्रकोपबाट...दक्षिण कोरियाका प्रधानमन्त्री इरानमा
तेहरान । दक्षिण कोरियाका प्रधानमन्त्री चुङ सि– क्युन आइतबार इरान पुगेका छन् । उनी इरानसँग द्धिपक्षीय...यमनको माारिब प्रान्तमा भएको भिडन्तमा ४७ जनाको मृत्यु
आडेन । यमनको मारिब क्षेत्रमा गएको २४ घन्टाभित्र भएको हिंसामा परी कम्तीमा पनि ४७ जनाको मृत्यु भएको...
