Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

‘प्रति असर’को डरले खाँदैनन् हात्तीपाइलेको औषधि

गलकोट । लगातार छ वर्ष औषधि सेवन गरेर निवारण गर्ने भनिएको हात्तीपाइले रोग बागलुङमा भने १२ औँ पटक अभियान सञ्चालन गर्न थालिएको छ । बागलुङमा यही चैत २० गतेदेखि १२ औँ चरणको हात्तीपाइले रोग विरुद्धको अभियान शुरु गरिने स्वास्थ्य कार्यालयले जनाएको छ ।

लगातार छ पटक औषधि खाएमा मात्र रोगको जोखिमबाट बच्न सकिने बताउँदै यसअघि ११ औँ पटकसम्म अभियान चलाए पनि हात्तीपाइले निवारण नभएपछि अहिले १२ औँ चरणको अभियान शुरु गर्न लागिएको स्वास्थ्य कार्यालय बागलुङका जनस्वास्थ्य निरीक्षक लक्ष्मी शर्माले बताए ।

बाह्रौँ चरणको अभियान शुरु गर्नुभन्दा पहिले हात्तीपाइले प्रभावित क्षेत्र नारायणस्थान र कुस्मिशेरामा चौथो पटकको नमूना सङ्कलन गरिएको थियो । नमूना सङ्कलन गर्दा नारायणस्थानमा आठ र कुश्मिसेरामा दुई जनामा हात्तीपाइले पोजेटिभ देखिएपछि पुनः दुई वर्षका लागि अभियान थालिएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौँले जानकारी दिए ।

“हात्तीपाइलेको निवारण अभियान प्रभावकारी भएन भन्ने कुरा यसबाट बुझ्न सकिन्छ, नागरिकस्तरबाटै जागरुक नभए सम्म बागलुङमा यस्तो अभियान चलाइराख्नु पर्ने देखियो”, गुरौँले भने “हात्तीपाइले अभियान दोहोर्याउनु पर्नेमा मुख्य कारण औषधिको प्रति असरको डर देखिन्छ, ५९ प्रतिशत नागरिकमा यस्तो समस्या सर्वेक्षणका क्रममा पाइयो, अब यो भ्रमलाई सबै मिलेर चिर्न आवश्यक छ ।” गुरौँका अनुसार औषधि अनिवार्य नभएको तथा चेतनाको अभावमा हात्तीपाइलेको औषधि नखाने प्रचलन अझै कायम छ ।

बुधबार आयोजना गरिएको पत्रकार अन्तरक्रिया कार्यक्रममा सहजीकरण गर्दै स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक शर्माले सन् २०२२ सालभित्र नेपालमा हात्तीपाइले निवारण गर्ने भनिए पनि बागलुङ जस्ता निवारण नभएका १२ जिल्लाका कारण यो अभियान बढाएर २०२८ सम्म पुर्याइएको बताए । हात्तीपाइले निवारण नहुनुका कारण अध्ययन गर्ने क्रममा गत वर्ष औषधि सेवन नगर्ने मध्ये ५९.८ प्रतिशतले प्रतिअसरको डरले औषधि नखाएको तथ्याङक सङ्कलन गरिएको शर्माको भनाइ छ । सन् २०१० बाट शुरु भएको हात्तीपाइले निवारण अभियानमा शुरुको वर्ष ८० प्रतिशतले औषधि सेवन गरेका थिए तर पछिल्लो अभियानमा यो घट्दै गएको र २०२० मा पुनः ८७.५ प्रतिशतले औषधि सेवन गरेको जनाइएको छ ।

औषधि सेवन नगर्ने सङ्ख्यालाई १०० प्रतिशत मान्दा ५९.८ प्रतिशतले प्रति असरको डरले औषधि नखाएको, १९.६ ले आवश्यक नभएको भन्दै नआएको, ७.६ प्रतिशतले औषधि खुवाउन नआएको वा थाहा नपाएको, ११ प्रतिशतले चेतना नभएर र २.१ ले धेरै औषधि भएको कारण देखाउँदै औषधि नखाएको बताएका थिए ।

यसरी गरिन्छ हात्तीपाइले निवारण

पाँच वर्ष लगातार हात्तीपाइलेको औषधि खुवाइसकेपछि नमूना परीक्षण हुन्छ, उक्त नमूना परीक्षणमा जम्मा नमूना सङ्ख्याको दुई प्रतिशतभन्दा कम पोजेटिभ आएमा निवारण हुन्छ । नत्र दुई वर्ष पुनः अभियान चलाउनुपर्ने हुन्छ । बागलुङमा भने तीन पटकसम्म नमूना परीक्षण गर्दा हात्तीपाइले निवारण नभएको पाइएका कारण चौथो पटकको नमूना सङ्कलन गर्दा समेत १० जनामा पोजेटिभ भेटिएको थियो ।

जिल्लाको बागलुङ नगरपालिका–१४ नारायणस्थानमा पटक–पटक हात्तीपाइलेको जीवाणु भेटिँदा सिङ्गो जिल्लाभर औषधि खुवाउनुपर्ने अवस्था आएको स्वास्थ्यकर्मीको भनाइ छ । सङ्क्रमण एक प्रतिशतभन्दा कम भएमा जनस्वास्थ्य समस्याको रूपमा नलिने र निवारणको मान्यता दिने प्रचलन रहेकोमा त्यो हुन नसकेकाले बागलुङमा १२ औँ पटक हात्तीपाइले अभियान सञ्चालन गर्नुपर्ने अवस्था आएको हो ।

हात्तीपाइले विरुद्धको औषधि सेवनमा नागरिकको बेवास्ता, लगातार औषधि नखानु र लामखुट्टेको प्रकोपका कारण निरन्तररूपमा अभियान चलाइराख्नु परेको र जबसम्म निवारण हुँदैन तबसम्म सबैले औषधि खानुपर्ने स्वास्थ्य कार्यालय बागलुङका प्रमुख गुरौँले बताए ।

विश्वका धेरै देशमा अभियान सफल भएर हात्तीपाइले निवारण भइसके पनि नेपालमा भने यो समस्याले केही सकस बनाएको छ । हात्तीपाइले आफूले मात्र औषधि खाएर जोखिमबाट पूर्णरूपमा बँच्न सकिँदैन । अरु कसैलाई हात्तीपाइले छ र उसलाई टोकेको लामखुट्टेले टोकेमा पनि हात्तीपाइले हुन सक्ने स्वास्थ्यकर्मी बताउँछन् । बागलुङमा दुई लाख ६४ हजार ८३६ जनालाई हात्तीपाइले रोग विरुद्धको औषधि खुवाइने स्वास्थ्य कार्यालयले जनाएको छ । अभियानमा दुई वर्षमुनिका बच्चा र गर्भवतीलाई औषधि खुवाइने छैन ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies