Khabar Dabali Logo
  April 12, Mon

भारतले कोरोना विरुद्धको खोप निर्यातमा रोक लगायो, नेपाल प्रत्यक्ष मारमा

काठमाडौं । भारतले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप निर्यातमा रोग लगाएको छ । बीबीसीले भारतीय स्वास्थ्य मन्त्रालयको स्रोतलाई आधार मानि समचार लेखेको छ । अक्सफोर्ड–एस्ट्राजेनेकाको कोरोनाभाइरसविरुद्धको खोप निर्यातमा अस्थायीरुपमा रोक लगाएको छ । देशमा बढ्दो कोरोनासंक्रमणलाई मध्यनजर गर्दै यो निर्णय लिइएको समाचारमा उल्लेख गरिएको छ ।

संक्रमण बढेसँगै केही हप्ता भारतमा नै खोपको उच्च माग हुने भएकाले केही समयका लागि खोपको निर्यात रोक्न लागिएको भनिएको छ । यो कदमलाई अधिकारीहरुले ‘अस्थायी रोक’ भनेका छन् र यसले अप्रिलको अन्त्यसम्म खोपको निर्यातमा असर गर्ने बताइएको छ । यसले कोभ्याक्स योजनाबाट पाइने खोपमा पनि असर गर्ने र यसबाट १९० वटा भन्दा बढी देश प्रभावित हुनेछन् ।

भारतको सबैभन्दा ठूलो खोप निर्माता सेरम इन्सिटिच्युट अफ इन्डियाले नेपालसहित बेलायत र ब्राजिलमा पनि खोपको आपूर्तिलाई ढिला गरिहेको छ । भारतले हालसम्म ७६ देशमा ६ करोड खोप निर्यात गरिसकेको छ ।

भारतको यो निर्णयसँगै नेपालमा धेरैले खोपको दोस्रो खेप नपाउने सम्भावना बढेर गएको छ । नेपालसँग करिब ७ लाख डोज खोप मात्र बाँकी रहेको छ । जुन पहिलो चरण खोप लगाएकाहरुलाई मात्र पुग्छ ।


सरकारले पहिलो चरणमा भारत सरकारको अनुदानमा १० लाख डोज, नेपाल सरकार आँफैले किनेर १० लाख डोज र कोभ्याक्स सुविधाको ३ लाख ४८ हजार डोज गरी कुल २३ लाख ४८ हजार डोज कोभ्याक्स खोप नेपालमा भित्रिएको थियो ।

१६ लाख मानिसले कोरोनाविरुद्धको खोप लगाइसक्दा त्यसको दोस्रो डोज दिनका लागि १६लाखभन्दा बढी डोज खोप मौज्दातमै हुनुपर्छ । तर अहिलेको स्थिति त्यो छैन । बाँकी रहेको करिब ७ लाख डोज खापमध्ये पहिलो चरणमा लगाएका मानिसलाई दिन मात्रै पुुग्ने खोप बाँकी छ । बाँकी करिब १० लाख डोज खोपको कुनै ठेगान छैन ।

नेपाल सरकारले भारतको सिरम इन्स्टीच्युटसँग खरिद गर्नका लागि सम्झौता गरी ८० प्रतिशत रकम पठाइसकेको भएपनि आउन बाँकी १० लाख डोज भने समयमै उपलब्ध गराउन नसक्ने जवाफ दिएको छ ।

चैत १२ गते, २०७७ - १०:२८ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नयाँ बसपार्कका टिकट काउण्टर बुधबारदेखि बन्द हुने

नयाँ बसपार्कका टिकट काउण्टर बुधबारदेखि बन्द हुने

काठमाडौ । नेपालको राष्ट्रिय बसपार्कका रुपमा रहेको गोँगबुस्थित नयाँ बसपार्कका टिकट काउण्टर आगामी...   
बोडेमा जात्रा नरोकिने, बुद्धकृष्णले आठौँ पटक जिब्रो छेड्ने

बोडेमा जात्रा नरोकिने, बुद्धकृष्णले आठौँ पटक जिब्रो छेड्ने

भक्तपुर । मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक नयाँ वर्षको वैशाख २ गते मनाइने प्रसिद्ध ‘जिब्रो छेड्ने...   

कोटेश्वरदेखि जडीबुटीसम्मको सडक निर्माण अब छिट्टै सकिने

काठमाडौ । काठमाडौँ उपत्यकाको बढी सवारी चाप हुने कोटेश्वरदेखि जडीबुटीसम्म सडक विस्तारको काम एकातर्फ...   
तनहुँ जलविद्युत् आयोजनाले प्रसारण लाइनको प्रभावितलाई मुआब्जा वितरण गरिँदै

तनहुँ जलविद्युत् आयोजनाले प्रसारण लाइनको प्रभावितलाई मुआब्जा वितरण गरिँदै

तनहुँ । एक सय ४० मेगावट विद्युत् उत्पादन गर्न लागेको तनहुँ जलविद्युत् आयोजनाले विद्युत् प्रसारण लाइनका...   

बलात्कारीलाई सात वर्ष कैद फैसला

गलकोट । उन्नाइस वर्षीया युवतीलाई बलात्कार गर्ने युवालाई जिल्ला अदालत बागलुङले सात वर्ष कैद सजाय फैसला...   

गोर्खा सङ्गठनहरुद्वारा प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र

लण्डन । भूतपूर्व गोर्खा सैनिक सङ्गठनहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सेवानिवृत्त बेलायती गोर्खा...   
नेपाल पत्रकार महासङ्घ बेल्जियम शाखाको अध्यक्षमा शर्मा

नेपाल पत्रकार महासङ्घ बेल्जियम शाखाको अध्यक्षमा शर्मा

पोर्चुगल । नेपाल पत्रकार महासङ्घ बेल्जियम शाखाको अध्यक्षमा ओम शर्मा निर्विरोध निर्वाचित भएका छन्...   

एक कोरोना सङ्क्रमित पुरुषको मृत्यु

कञ्चनपुर । महाकाली अस्पतालमा उपचारार्थ भर्ना भएका भीमदत्त नगरपालिका–१५ का ४५ वर्षीय कोरोना सङ्क्रमित...   

देशैभर आज पत्रकार महासङ्घको निर्वाचन हुँदै

काठमाडौ । नेपाली सञ्चारकर्मीका लागि बहुप्रतिक्षीत नेपाल पत्रकार महासङ्घका सबै शाखा, प्रदेश समिति...   

सामग्री उत्पादनमा आत्मनिर्भर हुन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडाै । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सेनालाई आवश्यक पर्ने सामग्री र वस्तुहरूको उत्पादन...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top