
तनहुँमा मतदाता नामावली सङ्कलन पुन : शुरु

-
-
चैत ११ गते, २०७७ - ०९:१४

दमौली । निर्वाचन घोषणा भई गत पुस ५ गतेपछि स्थगन भएको मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्य पुनः शुरु भएको छ । सरकारले प्रतिनिधिसभा विघटन गरेर चुनाव घोषणा गरेसँगै निर्वाचन आयोगले नामावली सङ्कलन स्थगन गरेको थियो । सर्वोच्च अदालतले संसद् विघटन गर्ने सरकारको निर्णय बदर गरिदिएसँगै आयोगले नामावली सङ्कलनलाई अगाडि बढाएको हो ।
जिल्ला निर्वाचन अधिकारी महेश शर्माले चैत ५ गतेदेखि मतदाता नामावली सङ्कलन तथा अद्यावधिक शुरु गरिएको जानकारी दिए । कार्यालयले नागरिकता बनाउन आउनेलाई प्रशासन कार्यालयबाटै नामावली सङ्कलनको व्यवस्था मिलाएको छ भने कार्यालयबाट पनि नाम दर्ता गर्न सकिनेछ । कुनै मतदाताले आफ्नो मतदाता नामावलीमा रहेको नाम, ठेगाना, मतदानस्थल, जन्ममिति, नागरिकता, बुवाआमाको नाम, पति वा पत्नीको नामलगायतका विवरणमा रहेको त्रुटि सच्याउनका लागि आवश्यक प्रमाणसहित निवेदन दिन कार्यालयले आग्रह गरेको छ ।
निर्वाचन कार्यालयका अनुसार जिल्लामा विसं २०७४ को निर्वाचनपछि गत पुस ५ गतेसम्म २० हजार २४ मतदाता थपिएका छन् । विसं २०७४ को निर्वाचनअनुसार तनहुँमा दुई लाख ११ हजार ३९६ मतदाता रहेका थिए । गत पुस ५ गतेभन्दा अगाडि दुई लाख ३१ हजार ४२० मतदाता पुगेका छन् ।
कोरोना जोखिम बढेपछि मलामी सङ्ख्या कम गर्न आग्रह
विश्वव्यापीरूपमा फैलिएको कोरोना सङ्क्रमणको जोखिम पुनः वृद्धि भएपछि देवघाट क्षेत्र विकास समितिले मलामी सङ्ख्या कम गर्न आग्रह गरेको छ । समितिले सूचना निकालेर कोरोना सङ्क्रमण वृद्धि भएसँगै जनस्तरमा चासो र चिन्ता व्यक्त भएको भन्दै मलामी आउँदा सचेतना अपनाउन आग्रह गरेको हो ।
कोरोना सङ्क्रमणबाट बच्न र बचाउनका लागि न्यून सङ्ख्यामा २० देखि २५ जनासम्म मलामी आउन आग्रह गरिएको समितिका कार्यकारी निर्देशक धीरणबाबु घिमिरेले जानकारी दिए । “रोग लागिसकेपछिको चिन्ता र सतर्कताभन्दा त्यसपूर्व नागरिकको सचेत व्यवहारलाई उत्तम मानिन्छ”, उनले भने, “सनातन संस्कृतिका अनुयायीहरुको पावनभूमि देवघाटधाम पनि कोरोना सङ्क्रमणको उच्च जोखिममा छ ।”
अनियन्त्रित सङ्ख्यामा मलामीको उपस्थिति र अनावश्यक घुमफिर, कोरोना महामारीमा कमी आएसँगै लयमा फर्कँदै गरेका होटल व्यवसाय र त्यहाँ रहने उपभोक्ता, अनावश्यकरूपमा हिँडडुल गर्ने समूह र देश बाहिरबाट आउने नागरिकबाट पनि देवघाटधाम कोरोनाको जोखिममा रहेको छ । न्यून सङ्ख्यामा मलामी आउन र मलामी अनावश्यक घुमफिर नगरी नुहाईधुवाई र चोखो शुद्ध भएर घर फर्कन समितिले आग्रह गरेको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
नयाँ बसपार्कका टिकट काउण्टर बुधबारदेखि बन्द हुने
काठमाडौ । नेपालको राष्ट्रिय बसपार्कका रुपमा रहेको गोँगबुस्थित नयाँ बसपार्कका टिकट काउण्टर आगामी...बोडेमा जात्रा नरोकिने, बुद्धकृष्णले आठौँ पटक जिब्रो छेड्ने
भक्तपुर । मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक नयाँ वर्षको वैशाख २ गते मनाइने प्रसिद्ध ‘जिब्रो छेड्ने...कोटेश्वरदेखि जडीबुटीसम्मको सडक निर्माण अब छिट्टै सकिने
काठमाडौ । काठमाडौँ उपत्यकाको बढी सवारी चाप हुने कोटेश्वरदेखि जडीबुटीसम्म सडक विस्तारको काम एकातर्फ...तनहुँ जलविद्युत् आयोजनाले प्रसारण लाइनको प्रभावितलाई मुआब्जा वितरण गरिँदै
तनहुँ । एक सय ४० मेगावट विद्युत् उत्पादन गर्न लागेको तनहुँ जलविद्युत् आयोजनाले विद्युत् प्रसारण लाइनका...बलात्कारीलाई सात वर्ष कैद फैसला
गलकोट । उन्नाइस वर्षीया युवतीलाई बलात्कार गर्ने युवालाई जिल्ला अदालत बागलुङले सात वर्ष कैद सजाय फैसला...गोर्खा सङ्गठनहरुद्वारा प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र
लण्डन । भूतपूर्व गोर्खा सैनिक सङ्गठनहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सेवानिवृत्त बेलायती गोर्खा...नेपाल पत्रकार महासङ्घ बेल्जियम शाखाको अध्यक्षमा शर्मा
पोर्चुगल । नेपाल पत्रकार महासङ्घ बेल्जियम शाखाको अध्यक्षमा ओम शर्मा निर्विरोध निर्वाचित भएका छन्...एक कोरोना सङ्क्रमित पुरुषको मृत्यु
कञ्चनपुर । महाकाली अस्पतालमा उपचारार्थ भर्ना भएका भीमदत्त नगरपालिका–१५ का ४५ वर्षीय कोरोना सङ्क्रमित...देशैभर आज पत्रकार महासङ्घको निर्वाचन हुँदै
काठमाडौ । नेपाली सञ्चारकर्मीका लागि बहुप्रतिक्षीत नेपाल पत्रकार महासङ्घका सबै शाखा, प्रदेश समिति...सामग्री उत्पादनमा आत्मनिर्भर हुन प्रधानमन्त्री ओलीको निर्देशन
काठमाडाै । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सेनालाई आवश्यक पर्ने सामग्री र वस्तुहरूको उत्पादन...
