Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

दक्षिण कोरियाका राष्ट्रपति मुनले एस्ट्राजेनिकाको खोप लगाए

सोल । दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनले मंगलबार कोरोनाविरुद्धको खोपको पहिलो डोज लगाएको दक्षिण कोरियाली राजधानी सोलबाट प्राप्त भएको समाचारमा जनाइएको छ ।

उनले अक्सफोर्ड र अस्ट्राजेनिकाले संयुक्तरुपमा विकास गरेको खोप लगाएका हुन् । उक्त कम्पनीको खोपका विषयमा विश्वका कतिपय देशमा विवाद उत्पन्न भएको थियो ।

सो खोप लगाएका मानिसहरुमा रगत जम्ने समस्या देखा परेको भन्दै उक्त खोप नलगाउन भनिएको थियो । तर युरोपेली युनियनले गरेको अनुसन्धानका क्रममा सो भने सो खोपमा त्यस्तो खराबी नदेखिएको पाइएको बताइएको थियो ।

राष्ट्रपति मुन जाय इनले दक्षिण कोरियको राजधानी सोलमा रहेको एक पब्लिक हेल्थ सेन्टरमा पुगेर सो खोप लगाएको यहाँका टेलिभिजनहरुले देखाएका सो समाचारमा जनाइएको छ ।

राष्ट्रपति मुन जाय इन केही दिनपछि केही देशको भ्रमणका लागि जाने भएका छन् । उनी आगामी जुन महिनामा देश बाहिरको जाने भएको एक समाचारमा जनाइएको छ ।

त्यसैले सो भ्रमणलाई समेत मध्यनजर गरेर स्वास्थ्य सुरक्षाका लागि उनले खोप लगाएको प्राप्त समाचारमा जनाइएको छ । जर्मनी, फ्रान्स, इटालीलगायतका देशले शुरुमा यो खोप नलगाउने भनी सार्वजनिक घोषणा गरेको भए पनि पछिल्ला केही दिनयता पुनः यो खोप लगाउन थालेका बताइएको छ ।

ती देशमा पनि यो खोप लगाएका विरामीमा रगत जम्ने समस्या देखा परेको भन्दै सो खोप रोेकेका थिए । तर अहिले भने युरोपियन मेडिसिन एजेन्सीले सो समस्या नदेखिएको र खोप सुरक्षित रहेको भनेपछि उक्त खोप ती युरोपेली देशले पनि लगाउन थालेका हुन् ।

विश्व स्वास्थ्य संगठनका विज्ञले खोप सुरक्षित रहेको दाबी गरेका थिए । विश्वमा हाल २७ लाख ३५ हजार भन्दा बढी मानिसको कोरोनाभाइरसको सङ्क्रमणबाट मृत्यु भइसकेको छ ।

यहीबीच विश्व स्वास्थ्य संगठन, अस्ट्राजेनिका कम्पनी र युरोपेली औषधि नियामक निकाय (इएमए)ले अस्ट्राजेनिका खोप सुरक्षित रहेको बताएका छन् । उनीहरुको भनाइमा खोप लगाएका व्यक्तिमा रगत जमेको भन्ने विवरणमा पूर्णसत्यता छैन ।

विश्व स्वास्थ्य संगठनकी प्रमुख वैज्ञानिक सौम्या स्वामिनाथनले आमजनतालाई नआत्तिन र अस्ट्राजेनिका खोप लगाउने कार्यलाई निरन्तरता दिन आग्रह गरेका थिए ।

अस्ट्राजेनिकाको खोप अहिले विश्व बजारमा सबैभन्दा सस्तो छ । कमजोर आर्थिक स्थिति भएका मुलुकका लागि सहज भएकाले पनि यो खोपको माग बढ्दो छ । युरोप बाहेकका अन्य मुलुकले यो खोप बढी प्रयोग गर्ने सम्भावना छ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies