
भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्याको १ लाख ६० नाघ्यो

-
-
चैत १० गते, २०७७ - १४:२२

नयाँ दिल्ली । भारतमा गत २४ घण्टामा कोरोना संक्रमणबाट १९९ जनाको मृत्यु भएपछि यहाँ कूल मृतकको सङ्ख्या एक लाख ६० हजार १६६ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मंगलबार दिएको जानकारी दिएको छ ।
सोही अवधीमा यहाँँ ४० हजार ७१५ जना थप व्यक्तिमा कोरोना संक्रमण देखिएपछि कूल संक्रमितको सङ्ख्या एक करोड १६ लाख ८६ हजार ७९६ पुगेको मन्त्रालयले जानकारी दिएको छ । कूल संक्रमितमध्ये तीन लाख ४५ हजार ६४६ जना अहिले पनि संक्रमित अवस्थामै रहेका छन् भने कूल एक करोड ११ लाख ८१ हजार २५३ जना संक्रमणमुक्त भएका छन् ।
भारतमा जनवरीबाट कोरोना भाइरसविरुद्धको खोप अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म चार करोड ८० लाख भन्दा बढीले खोप लगाइसकेका छन् ।
त्यसैगरी कोरोना परीक्षण गर्ने क्रम पनि चलिरहेको भारतीय चिकित्सा अनुसन्धान परिषदले जनाएको छ । परिषद्का अनुसार सोमबारसम्म भारतमा २३ करोड ५० लाख भन्दा बढी व्यक्तिको कोरोना परीक्षण गरिएको छ । सोमबार एकै दिनमा १० लाख भन्दा बढीको कोरोना परीक्षण गरिएको समाचारमा जनाइएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
कांग्रेसले कर्णाली प्रदेशमा मुख्यमन्त्री शाहीलाई समर्थन गर्ने
कर्णाली । नेपाली कांग्रेसले कर्णाली प्रदेशमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई समर्थन गर्ने...१ सय पिस ट्रेप्पल लागूऔषध सहित २० वर्षीय पौडेल पक्राउ
कास्की । पोखरा महानगरपालिका–३ नदीपुरबाट नियन्त्रित लागूऔषध १ सय पिस ट्रेप्पल सहित पोखरा महानगरपालिका–२...भक्तपुरको चुनदेवीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु
भक्तपुर । तीव्र गतिमा हुइँकिएको मोटरसाइकल अरनिको राजमार्गस्थित भक्तपुरको चुनदेवीमा डिभाइडरमा ठोक्किएर...चितुवा नियन्त्रणका लागि ३० वटा पानीका पोखरी निर्माण
तनहुँ । चितुवाको आक्रमणले आतङ्क बनाएको तनहुँका सामुदायिक वन क्षेत्रमा ३० वटा पानीका पोखरी निर्माण...मेलम्ची खोलाको १२ करोड लिटर पानी उपत्यकामा परीक्षण वितरण शुरु
काठमाडौँ । काठमाडौँ उपत्यकामा दैनिक १२ करोड २६ लाख लिटर मेलम्चीको पानी वितरण शुरु भएको छ । गत चैत १५...बुटवलमा हत्या गरेर शव लुकाउन बागलुङ
गलकोट । बुधबार दिउँसो बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–२ रिनाम भन्ने स्थानमा गाडिएको अवस्थामा प्रहरीले...अमेरिकाको इन्डियानापोलिसमा गोली चल्यो, कम्तीमा ८ जनाको मृत्यु
इन्डियानापोलिस । अमेरिकाको इन्डियानापोलिस शहरमा बिहीबार अबेर साँझ एक व्यक्तिले अन्धाधुन्ध चलाएको...अफ्रिकी मुलुक नामिबियालाई कोभाक्सबाट कोरोना विरुद्धको खोप उपलब्ध
विन्डहक । अफ्रिकी मुलुक नामिबियाले शुक्रबार कोभाक्स मार्फत उपलब्ध गराइएको कोभिड–१९ विरुद्धको खोप...दक्षिण अफगानिस्तानमा बम विस्फोट चार सर्वसाधारणको मृत्यु
कान्दाहार । अफगानिस्तानको कान्दाहार प्रान्तमा बिहीबार राती भएको एक बम विस्फोटमा परी कम्ती चार सर्वसाधारणको...भारतमा गत २४ घण्टामा थप कोरोना सङक्रमितको संख्या २ लाख १७ हजार
नयाँदिल्ली । भारतमा गत २४ घण्टामा थप २ लाख १७ हजार भन्दा बढी व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि...
