Khabar Dabali Logo
  April 15, Thu

एडिएसएल सेवाले काम नगर्दा इन्टरनेट प्रभावित

सिमकोट । शनिबार साँझदेखि जिल्ला सदरमुकाम सिमकोटमा एडिएसएल सेवाले काम नगर्दा इन्टरनेट प्रभावित भएको छ । एडिएसएफ सेवा नहुँदा इन्टरनेट नभएर सेवाग्राहीलाई समस्या बनाएको छ । दैलेख र कालिकोटको बीचमा रहेको महाँबु लेकमा रहेको टावरमा खराबी आउँदा एडिएसएल सेवा सञ्चालनमा नआउँदा इन्टरनेट सेवा प्रभावित भएको नेपाल टेलिकम शाखा हुम्लाका प्रमुख शिवप्रसाद भट्टराईले जानकारी दिए ।

इन्टरनेट सेवा नहुँदा जिल्लामा सञ्चालित एक दर्जन बैंक तथा वित्तीय संस्थाको कार्य सञ्चालनमा बाधा पुगेको छ । साथै सिमकोटमा रहेका सरकारी तथा गैरसरकारी कार्यालयको काममा समस्या आएको छ । राष्ट्रिय वाणिज्य बैंकले भिस्याट सेवाबाट आफ्नो सेवा सञ्चालन गरेको भए पनि इन्टरनेट सेवा ढिलो गरी चल्ने हुँदा थप समस्या बनाएको छ । यस्तै जिल्लामा सञ्चालित अन्य बैंक तथा वित्तीय संस्थाको काम प्रभावित बनाएको छ ।

राष्ट्रियस्तरका मिडियामा जोडिएका जिल्लामा रहेर काम गर्ने सञ्चारकर्मीले शनिबार साँझदेखि समाचार सम्प्रेषण गर्न नपाएको भन्दै गुनासो गरेका छन् । शनिबार साँझदेखि काम गर्न छोडेको नमस्ते टेलिफोन सेवा आइतबारबाट सञ्चालनमा आएको भए पनि राम्रोसँग काम गर्न सकिरहेको छैन । महाँबु लेकमा प्राविधिकले मर्मत जारी राखेको जनाइएको छ ।

चैत ९ गते, २०७७ - १७:०८ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ट्याक्टरको ठक्करबाट ७ वर्षीय बालकको मृत्यु

मोरङ । सुन्दरहरैचा नगरपालिका–४ बडहरास्थित सडकमा को.२ त ३७९६ नम्बरको ट्याक्टरको ठक्करबाट सोही ठाउँ...   

कोरोना कहर : नेपालगञ्जका विद्यालय एक साता बन्द

राँझा । कोरोना भाइरस सङ्क्रमण बढेपछि नेपालगञ्ज उपमहानगरपालिकामा शुक्रबारदेखि शैक्षिक संस्था बन्द...   

१३ वर्षीया परियारको खोलामा डुबेर मृत्यु

लम्जुङ । मर्स्याङदी गाउँपालिका–३ थाकनस्थित हागो खोलामा पौडी खेल्ने क्रममा डुबेर सोही सोही गाउँपालिका–३...   

मकवानपुरका ग्रामीण तथा दुर्गम क्षेत्रमा विद्युतीकरण शुरु

वाग्मती । मकवानपुरको ग्रामीण तथा दुर्गम क्षेत्रका बस्तीमा ग्रामीण विद्युतीकरणको काम शुरु भएको छ...   

पत्रकारमाथि भएका कुटपिट र दुव्र्यवहारप्रति प्रेस युनियन द्वारा निन्दा

काठमाडौँ । काठमाडौँ र तनहुँमा पत्रकारमाथि भएका कुटपिट र दुव्र्यवहारको घटनाप्रति नेपाल प्रेस युनियनले...   

ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या तीन लाख ६० हजार नाघ्यो

साओ पाउलो । ब्राजिलमा २४ घण्टाको अवधीमा कोरोना सङ्क्रमणको कारण ३ हजार ४५९ जनाको मृत्यु भएपछि यस प्रकोपबाट...   
महाशाखाद्धारा चोरी भएका मोटरसाइकल सम्बन्धित धनीलाई हस्तान्तरण

महाशाखाद्धारा चोरी भएका मोटरसाइकल सम्बन्धित धनीलाई हस्तान्तरण

काठमाडौ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौँ उपत्यकामा हुने सवारी साधन चोरी घटनालाई नियन्त्रण...   

दुई अर्ब लगानीमा खाद्य बैंक स्थापना

काठमाडौँ । प्राङ्गारिक उत्पादनलाई जोड दिने भन्दै स्थापना गरिएको राष्ट्रिय खाद्य बैंकको कार्यालय...   

किशोरी जबरजस्ती करणी गरेको अभियोगमा ३४ वर्षीय तामाङ पक्राउ

काठमाडौं । १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–१...   

हत्या र लुटपाटमा संलग्नलाई कानूनी दायरामा ल्याइन्छ : कानूनमन्त्री यादव

लहान । प्रदेश नं २ का आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले हत्या र लुटपाटमा संलग्नलाई...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top