Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

अझै रोकिएनन् जातीय छुवाछूतका घटना

अमरगढी । जातीय भेदभाव तथा छुवाछूत (कसूर र सजाय) ऐन, २०६८ लागू भएको नौ वर्ष बितिसक्दा छुवाछूतका घटनामा कमी आउन सकेको छैन । ऐन लागू भइसकेपछि दैलेख, कालिकोट, कास्की, धादिङ, सप्तरी र रुकुमपश्चिमको सोतीलगायत जिल्लामा अन्तरजातीय विवाह गरेका कारण, चुलो वा पानी छोइएको निहुँमा १० युवाले अकालमा ज्यान गुमाउनु परेको बताइएको छ ।

अन्तरजातीय विवाह गर्ने कयौँ जोडीलाई कुटपिट गरी गाउँ निकाला गरिइएका छन् । ऐन कार्यान्वयनमा आउको नौ वर्ष पूरा हुँदा पनि प्रमुख जिल्ला अधिकारी तथा प्रशासनिक निकायले नै ऐनका बारेमा अनविज्ञता प्रकट गर्ने गरेको, छुवाछूत अपराधका दोषीलाई कारवाही नगरिएको र छुवाछूतका घटनालाई गाउँमै मिलापत्र गराई कानूनी दायरामा पुग्नबाट रोक्ने प्रयास गरिएको दलित अधिकारकर्मीले गुनासो छ ।

व्यवस्थापिका संसद्को २०६८ जेठ १० गते बसेकोे बैठकले सर्वसम्मतिबाट सो ऐन, पारित गरेको थियो । ऐनको दफा ४ को उपदफा २ (क) र (ख) मा कसैले कुनै पनि व्यक्तिलाई प्रथा, परम्परा, धर्म, संस्कृति, रीतिरिवाज, जात, वंश, समुदाय पा पेशाका आधारमा सो दफाबमोजिमको काम गरे वा गराएमा जातीय भेदभाव तथा छुवाछूत गरेको मानिने र दफा ७ को उपदफा १ (क) मा कसूर गर्ने व्यक्तिलाई तीन महीनादेखि तीन वर्षसम्म कैद वा एक हजार रुपैयाँदेखि २५ हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था गरेको छ ।

तत्कालीन संविधानसभा सदस्य ज्ञानी गैरै ऐन लागू भइसक्दा पनि दलित युवाको हत्या हुनु दुखद् भएको बताए । उनले ऐनलाई प्रभावकारी कार्यान्वयन गर्न यसका बारेमा प्रचारप्रसार गर्नुआवश्यक रहेको बताए । अमरगढी नगरपालिका कानूनी सल्लाहकार विष्णु भट्ट छुवाछूत अन्त्यका लागि नगरपालिकाले सक्दो पहल गर्ने जानकारी दिए । मानवाधिकारकर्मी रामेश्वर जैरु मुलुकमा जातीयता छुवाछुत अन्त्य गर्न राज्य गम्भीर बन्नुपर्छ । नेपाल राष्ट्रिय दलित समाज कल्याण सङ्घका डडेल्धुरा अध्यक्ष सुन्दर जैरुले बताए, “ जातीय आधारमा छुवाछूत वा विभेद गर्नु अपराध हो ।”

अमरगढी नगरपालिका नगरप्रमुख विशेश्वरप्रसाद ओझाले ‘जातीय विभेद तथा छुवाछूत (कसुर र सजाय) ऐन, २०६८’ को कार्यान्वयन अभियान सञ्चालन गरिने जानकारी दिए । सुदूरपश्चिमा हाल पानी दलित र गैरदलित समुदायका धारा, नौला र घाटसमेत छुट्टाछुट्टै रहेका छन् । दलित समुदायले सञ्चलन गरेका व्यवसाय विभेदकै कारण दूधसमेत बिक्री नहुने गरेको नेपाल दलित सङ्घका केन्द्रीय सदस्य भरत नेपालीले बताए ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies