Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

पहिलो चरणमा प्रदेश नं १ मा ५१ बिओपी स्थापना

विराटनगर । पछिल्लो समयमा नेपाल भारतको सीमास्थित बिओपी (बोर्डर आउट पोष्ट) स्थापना भएपछि शान्तिसुरक्षामा धेरै सहज भएको छ । खुला सिमानाका कारण अनाधिकृतरुपमा नेपाल–भारत ओहोरदोहोर गर्ने मानिसको पुरानो बानीमा पनि परिवर्तन आएको बताइएको छ ।

सशस्त्र प्रहरी बस्ने गरी स्थापना गरिएको बिओपीले गर्दा नेपालतर्फ सीमा क्षेत्रमा बसोबास गर्ने मानिस सुरक्षाको पूर्ण अनुभूति गर्न थालेका छन् । विगतमा चोरी डकैतीको मार खेपी रहेका सीमा क्षेत्रका बासिन्दा अहिले निर्भिकतासाथ आफ्नो व्यापार र व्यवसायमा लागेका छन् ।

विगतमा चौपायाको चोरी र अपराधका घटना सीमा क्षेत्रमा हुने गरेको तर, अहिले बिओपी स्थापना भएपछि यी समस्या हराएर गएको सुनसरी हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारीले जानकारी दिए । बिओपीले गर्दा नेपाली भूभागमा विगतमा हुने गरेका अपराधका घटनामा उल्लेखनीय कमी आएको जानकारी दिँदै झापा केचन कवल गाउँपालिकाका अध्यक्ष अञ्जरा आलमले भने, “बिओपीले हामीलाई रक्षा गर्नुका साथै हाम्रा धनसम्पत्तिको पनि रक्षा गरेको छ ।”

पूर्वी नेपालको भारतसँग जोडिएको इलामाका सीमावर्ती क्षेत्रमा सात बिओपी स्थापना भइसकेका सशस्त्र प्रहरी बल नं १ गण हेडक्वाटर श्रीअन्तुका सशस्त्र प्रहरी उपरीक्षक सुधीरजङ्ग थापाले जानकारी दिए । उनले इलामको कूल सीमा ५२ दशमलव दुई किमी रहेको बताए । उनले अहिले सरदर एउटा बिओपीबाट अर्को बिओपीको गस्ती गर्न सात दशमलव पाँच किमी यात्रा तय गर्नुपर्ने भए पनि सीमा क्षेत्रमा पहुँच पुगेकाले कुनै पनि अप्रिय घटना हुन नदिन सचेत एवं गम्भीर रहेको प्रतिक्रिया दिए ।

उनले इलामको सलकपुर र समालबुङमा बिओपी स्थापना गर्न भवन निर्माणका लागि ठेक्का लागि सकेको बताए । कालपोखरी र छब्बिसेमा बिओपी स्थापना गर्न स्थानीयवासीको सहयोगमा जग्गाप्राप्तिका लागि प्रयास भइरहेको उनले जानकारी दिए । एउटा बिओपीमा अहिले सरदर २५ देखि ३५ सशस्त्र प्रहरी छन् । उनीहरुको निगरानी र सक्रियताका कारण जनतामा आशा जागेको सशस्त्र प्रहरी उपरीक्षक थापाले बताए ।

झापामा १४४ दशमलव दुई किमीको सिमाना क्षेत्रमा १७ बिओपी स्थापना भइसकेका सशस्त्र प्रहरी उपरीक्षक रमेशकुमार पाण्डेले जानकारी दिए । झापाको सीमा लामो भएकाले यहाँ अझ २० बिओपी आवश्यकता पर्ने बताइएको छ । सरदर एक बिओपीमा २० देखि ३५ सशस्त्र प्रहरीले सीमा क्षेत्रमा आफ्ना गतिविधि र निगरानीलाई तेज पारेको छ ।

यस्तै मोरङमा आइतबार मात्र तीन ठाउँमा बिओपी स्थापना गरिएको छ । ति बिओपीलाई प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले निरीक्षण एवं अवलोकन गर्दै उद्घाटन गरे । डाँगी, सुनवर्षीको सिकटी र धनपालको धनपतिमा बिओपी स्थापना भएपछि मोरङमा कूल ११ बिओपी पुगेका सशस्त्र प्रहरी उपरीक्षक तीर्थराज पौडेलले बताए ।

उनले मोरङको मधुमल्ला र सोराभागमा पनि बिओपीको आवश्यकता देखिएको जानकारी दिए । निकट भविष्यमा आवश्यकता भएको ठाउँमा बिओपी स्थापना हुँदै जाने उपरीक्षक पौडेलले बताए । मोरङको सिमानाको लम्बाइ ६३ दशमलव दुई किमी छ । यहाँको प्रत्येक बिओपीमा सरदर २५ देखि ३५ सशस्त्र प्रहरी खटिएका छन् ।

सुनसरीमा हालसम्ममा १० बिओपी स्थापना भइसकेका सशस्त्र प्रहरी उपरीक्षक माधवप्रसाद पौडेलले जानकारी दिए । उनले भोक्राहा गाउँपालिका र बर्जुतालको हर्मोनीस्थित बिओपी निर्माणाधीन अवस्थामा रहेका जनाउँदै सुनसरीमा आवश्यकताअनुसार बिओपी राज्यले स्थापना गर्दै जाने बताए । सुनसरीको कूल सिमानाको लम्बाइ ६१ दशमलव आठ किमी छ । सरदर प्रत्येक बिओपीमा २५ देखि ३५ सशस्त्र प्रहरी बसेका छन् ।

सशस्त्र प्रहरी बल नं १ बराह बाहिनी मुख्यालय सुनसरीमा प्रदेश नं १ मा पहिलो चरणमा ५१ बिओपी स्थापना भइसकेका छन् । नेपाल भारतको सीमाक्षेत्र इलाममा सात, झापामा १७, मोरङमा ११ सुनसरीमा १० र चीनतर्फको सिमानाअन्तर्गत ताप्लेजुङमा एक, पाँचथरमा चार तथा सङ्खुवासभामा एक बिओपी स्थापना भइसकेको बताइएको छ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies