Khabar Dabali Logo
  April 15, Thu

गणतन्त्र कङ्गोमा राष्ट्रपतिको चुनाव, एन्गुसो पुनः राष्ट्रपति उम्मेदवार

ब्राजभिल । मध्य अफ्रिकी मुलुक गणतन्त्र कङ्गोमा आइतबार राष्ट्रपति पदका लागि चुनाव हुँदैछ । तर यस चुनावमा मुख्य विपक्षीहरुले बहिस्कार गर्ने बताएका छन् ।

यस चुनावमा ७७ वर्षीय डेनिस सासौ एन्गुसो पुनः निर्वाचित हुने अनुमान गरिएको छ । चुनावमा छ जना प्रतिस्पर्धी छन् । एन्गुसोका मुख्य प्रतिस्पर्धी ठानिएका गुए–ब्राइस पार्फेट कोलेलास गम्भीर स्वास्थ्य समस्या देखाउँदै चुनावी मैदानबाट अलग भएका छन् ।

पूर्व सैनिक एन्गुसो सन् १९७९ मा पहिलो पटक सत्तामा आएका थिए, र त्यसयता ३६ वर्ष कङ्गोको शासनमा छन् । उनी विश्वमै सबैभन्दा लामो समय शासन गर्ने एक नेता बनेका छन् ।

मध्य अफ्रिकाको तेल निर्यातक मुलुक कङ्गोको चौथो कार्यकालका लागि चुनावी मैदानमा उत्रनु भएका एन्गुसोले पहिलो चरणमै आफू विजयी हुने अपेक्षा गरेका छन् । कङ्गोको संविधानमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत प्राप्त नगरेको अवस्थामा दोस्रो चरणको मतदान हुने व्यवस्था छ ।

यसैबीच, एन्गुसोलाई चुनौती दिने ठानिएका मुख्य प्रतिस्पर्धी कोलेलासले एउटा भिडियो सन्देश सार्वजनिक गर्दै आफू गम्भीर बिरामी भएको र “जीवन र मृत्युको दोसांधमा पुगेको” बताएका छन् ।

कोलेलासको चुनावी अभियानले ६० वर्षीय आफ्ना नेतामा के रोग लागेको छ भन्ने केही बताएको छैन । उनीहरुको भनाईमा थप उपचारका लागि नेता कोलेलासलाई विदेश लैजाने तयारी गरिएको छ ।

सन् २०१६ को राष्ट्रपति निर्वाचनमा दोस्रो स्थान हासिल गर्नु भएका कोलेलासले यसपटक राम्रै नतिजा हासिल गर्ने अनुमान गरिएको थियो ।

कङ्गोको क्याथोलिक चर्चले यसपटक पनि राष्ट्रपतिको चुनावमा धाँधली हुन खतरा देखिएको भन्दै आपत्ति जनाएको छ । सन् २०१६ झैं आइतबारको चुनावअघि देशव्यापी इन्टरनेट बन्द गर्न लागिएको र मतदानको पारदर्शिता शंकास्पद रहेको चर्चको भनाई छ ।

सबैभन्दा ठूलो विपक्षी समूह प्यान–अफ्रिकन युनियन फर सोसल डेमोक्रेसी ९युप्याड०ले पनि चुनाव बहिस्कार गरेको छ । पूर्व राष्ट्रपति पास्कल लिस्सोबाले खोल्नु भएको युप्याडबाट राष्ट्रिय सभामा मुख्य विपक्षीको रुपमा प्रतिनिधित्व रहेको छ ।

प्रजातान्त्रिक गणतन्त्र कङ्गो र ग्याबोनले घेरिएको यस पूर्व फ्रान्सेली उपनिवेशको मुख्य आम्दानीको स्रोत खनिज तेल हो ।

सन् १९७९ मा पहिलो पटक सत्तामा आएका एन्गुसो सन् १९९१ मा बहुदलीय प्रतिस्पर्धाका लागि राजी भएका थिए । अर्को वर्ष भएको चुनावमा उनी र उनको पार्टी पराजित भएको थियो ।

गृहयुद्धमा फँसेको कङ्गोमा सन् १९९७ मा उनी पुनः सत्तामा आएका थिए । त्यसयता उनी लगातार विजयी हुँदै आएका छन् ।

सन् २०१५ मा भएको संविधान संशोधनले ७० वर्षभन्दा माथिका व्यक्ति पनि राष्ट्रपतिको उम्मेदवार हुन पाउने र दुई वर्ष कार्यकाल पनि हटाएपछि एन्गुसो पुनः उम्मेदवार भएका थिए ।

चैत ८ गते, २०७७ - १४:०६ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ट्याक्टरको ठक्करबाट ७ वर्षीय बालकको मृत्यु

मोरङ । सुन्दरहरैचा नगरपालिका–४ बडहरास्थित सडकमा को.२ त ३७९६ नम्बरको ट्याक्टरको ठक्करबाट सोही ठाउँ...   

कोरोना कहर : नेपालगञ्जका विद्यालय एक साता बन्द

राँझा । कोरोना भाइरस सङ्क्रमण बढेपछि नेपालगञ्ज उपमहानगरपालिकामा शुक्रबारदेखि शैक्षिक संस्था बन्द...   

१३ वर्षीया परियारको खोलामा डुबेर मृत्यु

लम्जुङ । मर्स्याङदी गाउँपालिका–३ थाकनस्थित हागो खोलामा पौडी खेल्ने क्रममा डुबेर सोही सोही गाउँपालिका–३...   

मकवानपुरका ग्रामीण तथा दुर्गम क्षेत्रमा विद्युतीकरण शुरु

वाग्मती । मकवानपुरको ग्रामीण तथा दुर्गम क्षेत्रका बस्तीमा ग्रामीण विद्युतीकरणको काम शुरु भएको छ...   

पत्रकारमाथि भएका कुटपिट र दुव्र्यवहारप्रति प्रेस युनियन द्वारा निन्दा

काठमाडौँ । काठमाडौँ र तनहुँमा पत्रकारमाथि भएका कुटपिट र दुव्र्यवहारको घटनाप्रति नेपाल प्रेस युनियनले...   

ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या तीन लाख ६० हजार नाघ्यो

साओ पाउलो । ब्राजिलमा २४ घण्टाको अवधीमा कोरोना सङ्क्रमणको कारण ३ हजार ४५९ जनाको मृत्यु भएपछि यस प्रकोपबाट...   
महाशाखाद्धारा चोरी भएका मोटरसाइकल सम्बन्धित धनीलाई हस्तान्तरण

महाशाखाद्धारा चोरी भएका मोटरसाइकल सम्बन्धित धनीलाई हस्तान्तरण

काठमाडौ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौँ उपत्यकामा हुने सवारी साधन चोरी घटनालाई नियन्त्रण...   

दुई अर्ब लगानीमा खाद्य बैंक स्थापना

काठमाडौँ । प्राङ्गारिक उत्पादनलाई जोड दिने भन्दै स्थापना गरिएको राष्ट्रिय खाद्य बैंकको कार्यालय...   

किशोरी जबरजस्ती करणी गरेको अभियोगमा ३४ वर्षीय तामाङ पक्राउ

काठमाडौं । १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–१...   

हत्या र लुटपाटमा संलग्नलाई कानूनी दायरामा ल्याइन्छ : कानूनमन्त्री यादव

लहान । प्रदेश नं २ का आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले हत्या र लुटपाटमा संलग्नलाई...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top