Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

‘दुईवर्ष मध्यपुरथिमिको विकासमा निरन्तर लाग्नेछु’

गलकोट । प्रतिनिधिसभाका सदस्य महेश बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओलीको समृद्ध नेपाल सुखी नेपालीको अभियानलाई आर्थिक विकाससँग जोडेर सफल पार्नुपर्ने बताएका छन् ।

रु ५० लाखको लागतमा मध्यपुरथिमि नगरपालिका–९, राधेराधेको आस्थामार्गमा आठ मिटर चौडा बाटो विस्तार र शहरी विकास तथा भवन निर्माण विभागबाटै विनियोजित रु २५ लाखको लागतमा मध्यपुरथिमि–५ राधेराधे क्षेत्रको गुहेश्वरी हनुमन्ते मार्गमा १४ फिट चौडा सडक गरी एकै दिन एक घण्टाको फरकमा दुई सडक विस्तार एवं ढलानको आज उनले शिलान्यास गरेका छन् ।

यसक्षेत्रमा हनुमन्ते करिडोर निर्माण भएकाले डुबानमा पर्न छाडेको चर्चा गर्दै उनले आगामी जेठसम्ममा हनुमन्ते करिडोरका सबै काम पूरा गर्ने बताए । हनुमन्ते करिडोर बन्न नदिन माफियाको गिरोह नै सक्रिय रहेका उल्लख गर्दै उनले विगत दुई वर्षदेखि करिडोर क्षेत्रमा परेको साख कम्पनीको पर्खाल भत्काउन आयोजनाले ताकेता गर्दा पनि नभत्काएर अवरोध पुर्याएपछि सूर्यविनायक नगरपालिका र जिल्ला प्रशासन कार्यालयले डोजर लगाएर भत्काउनु परेको सुनाए ।

सांसद बस्नेतले भने, “भूकम्पले भत्काएको पर्खाल नलगाउन आग्रह गर्दा पनि साख कम्पनीले मानेन, करिडोर निर्माण रोकिएकाले पर्खाल भत्काउन दुई वर्षदेखि पटकपटक सूचना जारी गर्दा पनि अटेर गर्यो, अदालतमा परेको मुद्दा पनि करिडोरकै पक्षमा फैसला भयो, अनि बाध्य भएर पर्खाल भत्काएर करिडोर निर्माण अगाडि बढाएको छ, अब रोकिन्न ।”

आगामी जेठसम्ममा हनुमन्ते करिडोर निर्माण पूरा गर्न नसके रु दुई अर्ब रकम फिर्ता जाने जनाउँदै उनले विकास रोकेर बजेट फिर्ता पठाउन खोज्ने माफियालाई लखेट्न हातमा लाठो लिएर यहाँका जनता प्रतिकारमा उत्रिनुपर्ने बताए ।

मध्यपुर थिमिका भित्रि सडक नबनेकामा स्थानीयवासीले गुनासो गरेको कुरा उल्लेख गर्दै पूर्वमन्त्रीसमेत रहेका बस्नेतले भने, “तपाईँहरु ढुक्क हुनुहोस्, अब थिमिको विकासमा हरेक दिन मेरो पहल रहने छ, उपत्यका विकास प्राधिकरण र शहरी विकास विभागबाट बजेट ल्याएर थिमिको भित्री बस्तीका सडक बनाउने प्रतिबद्धता व्यक्त गर्दछु, हरेक दिन अब कुनै न कुनै विकासको शिलान्यास, उद्घाटन र अनुगमनमा म सक्रिय रहने छु ।”

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies