Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबलाई

वाग्मती । वाग्मती प्रदेशको राजधानी हेटौँडामा सम्पन्न स्थानीय तह शहीद स्मृति गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबले हात पारेको छ । शनिबार मकवानपुर–११ सँग भएको फाइनल खेलमा १–० गोलअन्तरले आर्मी विजयी भएको हो ।

खेलको ३९औँ मिनेटमा आर्मीका टेकबहादुर बुढाथोकीले गरेको गोल नै खेलमा निर्णायक बन्यो । विजयी आर्मी क्लबले रु १० लाख, शिल्ड, मेडल र प्रमाणपत्र हात पारेको छ । त्यसैगरी उपविजेतामा चित्त बुझाएको मकवानपुर–११ ले रु पाँच लाख, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

विजयी टिमलाई अखिल नेपाल फुटबल सङ्घका अध्यक्ष कर्माछिरिङ शेर्पा, नेपाली कांग्रेस वाग्मती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ, हेटौँडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतलगायतकाले संयुक्तरूपमा पुरस्कार वितरण गरे ।

फाइनल खेलमा आर्मीका टेकबहादुर बुढाथोकी म्यान अफ दी म्याच घोषित भए । उनले रु १० हजार प्राप्त गरे । आयोजक मकवानपुर–११ का कप्तान अशोक बराल खेल अवधिभरमै सर्वोत्कृष्ट खेलाडी घोषित भए । त्यसैगरी मकवानपुर–११ का अमिर श्रेष्ठ उत्कृष्ट खेलाडी बन्न सफल भए । उनले बुलेट मोटरसाइकल प्राप्त गरे ।

त्यसैगरी लाइफटाइम एचिभमेन्ट अवार्डबाट पूर्वखेलाडी निर्मलबल लामालाई प्रदान गरिएको छ । आर्मीका विवश चौधरी खेलको उत्कृष्ट गोलरक्षक घोषित भए । उनले नगद रु २५ हजार प्राप्त गरे । आर्मीका दीपक गुरुङ उत्कृष्ट डिफेन्डर, आर्मीकै शेशेहङ आङदाम्बे उत्कृष्ट मिडफिल्डर, मकवानपुर–११ का रञ्जन विष्ट उत्कृष्ट फरवार्ड र आर्मीका प्रशिक्षक नवीन न्यौपाने उत्कृष्ट प्रशिक्षक घोषित भए । उत्कृष्ट हुने सबैले जनही नगद रु २५/२५ हजार प्राप्त गरेका छन् । मकवानपुर जिल्ला फुटबल सङ्घको आयोजनामा भएको स्थानीय तह शहीद स्मृति गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगितामा छवटा ए डिभिजन, आयोजक र दुई मोफसलका क्लब गरी १० टिमको सहभागिता थियो ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies