Ntc summer Offer
Khabar Dabali ६ बैशाख २०८१ बिहीबार | 18th April, 2024 Thu
NIMB

अब करेन्ट लगाएर माछा मार्नेलाई कडा कारबाही

सिमकोट । हुम्लाको तल्लो भेगमा रहेका अदानचुली गाउँपालिका आसपासका क्षेत्रमा कर्णाली नदीमा करेन्ट लगाएर माछा मार्नेलाई कडा कारबाही गर्ने भएको छ ।

पारिस्थितिक प्रणालीमा नै नकरात्मक असर पर्ने गरी गरिने यस प्रकारका काम रोक्नका लागि स्थानीय प्रहरीले कडा कारबाही गर्ने भएका हुन् । केही वर्षदेखि यहाँका स्थानीवासीले कर्णाली नदीमा करेन्ट लगाएर माछा मार्ने क्रम तिव्र बनाएको छ । स्थानीय प्रहरीको लापरवाही र सरोकारवालाहरूको गैरजिम्मेवारीपनका कारण नदीमा करेन्ट लगाएर माछाका प्रजाति नै सखाप पार्ने काम हुने गरेको स्थानीय अगुवाको भनाइ छ । खुलेआम नदीमा करेन्ट लगाएर माछा मार्ने गरिएपनि प्रहरी र अन्य निकायले केही पनि नगरेको उनीहरुको गुनासो छ । नदीमा सोलार ब्याट्री र तारको जोहो गरी माछा मार्ने गरिएको बताइएको छ ।

गल्फागाड प्रहरी चौकी श्रीनगरले गल्फागाड खोलामा कसैले करेन्ट लगाएर माछा मारेको भेटाएमा नियन्त्रणमा लिने जनाएको छ । कर्णाली नदी तथा यस क्षेत्रमा रहेका खोलामा करेन्ट लगाएर माछा नमार्न प्रहरीले शुक्रबार सूचना प्रकाशित गरी सबैको ध्यानाकर्षण गराएको छ । गल्फगाडको खोलामा करेन्ट लगाएर माछा मारेको पाएमा करेन्ट लगाउनेलाई नियन्त्रणमा लिनुका साथै प्रयोग गरीएका सबै सामानसहित सम्बन्धित व्यक्तिलाई पक्राउ गरी रु पाँच सय जरिवाना गरिने गल्फागाड प्रहरी चौकी श्रीनगरले जनाएको छ ।

यसभन्दा अगाडि यस्तो कार्य गरेको भए पनि आगामी दिनमा करेन्ट लाएर माछा मारेको पाइएमा बाध्य भएर नियन्त्रणमा लिइने गल्फागाड प्रहरी चौकीका इन्चार्ज कृष्णबहादुर बुढाले जानकारी दिए । उनले भने, “खोलामा अनैतिक ढङ्गले करेन्ट लगाएर माछा मार्ने प्रवृति यस क्षेत्रमा बढेकाले यसको नियन्त्रणमा लाग्न आवश्यक देखिएको छ ।”

कतै कसैले खोला वा नदीमा करेन्ट लगाउने गरेको पाइएमा प्रहरीलाई खवर गर्न पनि उनले आग्रह गरे । करेन्ट लगाएर माछा मार्ने जो भएपनि आफूहरूले कानूनी कारवाही गर्ने उनको भनाइ छ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies