Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

मूल्यवृद्धि चुलियो : तरकारीको मूल्यमा व्यापारीको मनपरी

डोटी । बजारमूल्य हस्तक्षेप तथा नियन्त्रण गर्न सरकारले हरेक वर्ष बजेट विनियोजन गरे पनि महँगी नियन्त्रणमा आउन सकेको छैन । यसको सट्टा बजारमूल्य वर्षेनी बढेको बढ्यै छ ।

डोटी जिल्लाका प्रमुख व्यापारी केन्द्रहरुमा पछिल्लो समय तरकारीको मूल्य एकाएक वृद्धि भएको छ । दैनिक भान्सामा प्रयोग हुने तरकारीको मूल्य बढेपछि उपभोक्ता आक्रोशित बन्दै गएका छन् ।

व्यापारीले तरकारीमा मनपरी मूल्य कायम गरेको भन्दै यसलाई नियन्त्रण गर्नुपर्ने उपभोक्ताको माग छ । विगत एकहप्तादेखि डोटीमा हरियो तरकारीको मूल्य अस्वभाविक रुपमा बढेको उपभोक्ताको गुनासो छ । तरकारीको मूल्य बढेपछि यहाँका होटल तथा स्थानीय उपभोक्ता बढी मारमा परेको दिपायल पिपल्लाका स्थानीयवासी मानबहादुर धामीले बताए । उनले भने, “उपभोक्ताको मागअनुसार तरकारी आउन छोड्यो, व्यापारीले मनपरी मूल्य काम गरे नियन्त्रण गर्ने कसले ।”

यसैगरी तरकारीसँगै फलफूलको मूल्यमा समेत वृद्धि भएको बताइएको छ । फलफूलहरुमा स्याउ, अनार, सुन्तलालगायतका मूल्य बढेको उपभोक्ताको गुनासो छ । स्थानीय उपभोक्ता रामसिंह कार्कीका अनुसार यहाँका तरकारी बजारमा सबैभन्दा बढि गोलभेँडाको भाउ बढेर प्रतिकिलो रु २०० तथा प्याजको मूल्य पनि रु २०० पुगेको छ । केही दिन पहिले प्रतिकिलो रु १०० मा पाउने गरेको गोलभेँडा एकाएक दुईगुणाले वृद्धि भएको अर्का उपभोक्त वीरभान विकले बताए । उनले भने, “सबैभन्दा बढी प्रयोग हुने प्याज र गोलभेँडा हो, त्यसैको भाउ बढेपछि कसरी घर खर्च चलाउने ।”

पर्याप्त मात्रामा पानी नहुँदा यहाँका कृषकले बेमौसमी तरकारी खेती निकै कम गर्दै आएका कारण तराईबाट तरकारीलगायत अन्य सामग्री आयात गर्नुपरेकाले मूल्यवृद्धि भएको श्रीवास्तव तरकारी पिपल्लाका व्यापारी महेश श्रीवास्तवले बताए । उनले भने, “अहिले गाउँबाट तरकारी खासै आउँदैन, तराईबाट तरकारी आयात गर्नुपरेका कारण मूल्य वृद्धि भएको हो, तराईमै मूल्य बढेका कारण यहाँ पनि मूल्य बढेको हो ।”

छिमेकी जिल्ला डडेल्धुरा, कैलाली, कञ्चनपुरबाट यहाँ वर्षेनी तरकारी आयात गरिँदै आएको छ । त्यस्तै बजारमा अहिले आलु प्रतिकिलो रु १५०, लौका प्रतिकिलो रु ९०, हरियो खुर्सानी प्रतिकिलो रु १५०, स्मिला प्रतिकिलो रु ८० रहेको तरकारी व्यापारी बताउँछन् । यति मात्र नभई यहाँको बजारमा तरकारीको मूल्य एकरुपता नभएका कारण व्यापारीले पसलैपिच्छे तरकारीको मूल्य अलग–अलग लिने गरेको उपभोक्ताको गुनासो छ । दिपायलका स्थानीयवासी दिनेशबहादुर खत्रीका अनुसार यहाँका तरकारी पसलमा पसलैपिच्छे अलग–अलग मूल्य लिइँदै गरेको छ । मूल्यमा एकरुपता ल्याउनका लागि सम्बन्धित निकायले कुनै चासो देखाएको छैन् ।

मूल्यवृद्धि भएका वस्तुमध्ये यी त केही उदाहरण मात्र हुन् । राजनीतिक अस्थिरतासँगै बजारमूल्यमा चलखेल बढ्दो छ । मूल्य बढ्नुका खास कारण नभए पनि व्यवसायीले आफूखुसी मूल्य तोकेका छन् । बजारमा तरकारी, तेल र खाद्यन्नको मूल्य वृद्धि अनियन्त्रित भए पनि यो साता यससँग सम्बन्धित बजार अनुगमन भने कुनै निकायबाट हुन सकेको छैन । तरकारी, खाने तेल र खाद्यन्नको मूल्यले उपभोक्ताको ढाड सेकिएको बेला जिल्लास्थित बजार अनुगमन समितिले अनुगमनलाई प्रभावकारी बनाउन नसकिएको उपभोक्ताको गुनासो छ । “मूल्य बढ्नुको एउटै कारण राजतीनि नै हो”, स्थानीय उपभोक्ता मानबहादुर धामीले भने “त्यसैको मौकामा ठगी गर्ने व्यवसायी थप सलबलाएका छन् ।”

पछिल्लो समय तरकारी, खाने तेल र खाद्यान्नको मूल्य पनि क्रमिक रूपमा बढ्दै गएको छ । तर बजा अनुगमन समितिले हस्तक्षेप गर्न सकिएको छैन् । हुनत् समितिले अनुगमन नै नगरेको पनि होइन । तर प्रभावकारी हुन नसकेको उपभोक्ता अधिकारकर्मीहरुको भनाइ छ । अनुगमन भएपनि त्यो सङ्ख्यात्मक र देखावटी मात्र भएको उपभोक्ता अधिकारकर्मीको भनाइ छ । “सङ्ख्या बढाउने अनुगमनले बजार सुधार हुँदैन । भएको पनि छैन”, उनीहरुले भने, “अनुगमन जागिर र भत्ताका लागि मात्रै हुँदा उपभोक्ताले राहत महसुस गर्न पाएका छैनन् ।” कानूनविपरीत काम गर्नेलाई कानूनी दायरामा ल्याउनुपर्ने उनीहरुको भनाइ छ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies