Ntc summer Offer
Khabar Dabali ४ बैशाख २०८१ मंगलवार | 16th April, 2024 Tue
NIMB

अझै आएन कोरोना भत्ता

वीरगञ्ज । वीरगन्ज कोरोनाको इपिसेन्टर बनेको बेला संक्रमितको उपचार र सेवामा खटिएका स्वास्थ्यकर्मी र कर्मचारीले जोखिम भत्ता अझै पाएका छैनन् । वीरगन्जस्थित नारायणी अस्पताल र त्यसमातहत सञ्चालन गरिएका कोभिड १९ अस्पतालमा खटिएका स्वास्थ्यकर्मी र कर्मचारीले जोखिम भत्ता नपाएको गुनासो गरेका छन् ।

आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भत्ताबापतको रकम अस्पतालको खातामा दुई महिनाअगावै पठाएको भए पनि आफूहरूले नपाएको उनीहरूको भनाइ छ । साउनदेखि कात्तिकसम्म चार महिनाको भत्ता नपाएको भन्दै उनीहरू आन्दोलित पनि भएका छन् । उनीहरूले बिहीबार अस्पताल परिसरमा प्रदर्शन गरेका थिए ।

अस्पताल प्रशासनले भत्ता वितरण नगरेकाले विरोधमा उत्रनुपरेको डा. उदयनारायण सिंहले बताए । अस्पतालको लेखा शाखाले मागेको सम्पूर्ण कागजात बुझाइसके पनि भत्ता वितरण नगरिएको सिंहको गुनासो छ ।

नारायणी अस्पतालले सञ्चालन गरेको गण्डक अस्थायी कोभिड १९ अस्पतालका संयोजकसमेत रहेका डा. सिंहले भने, ‘कोभिड महामारीमा ज्यानको समेत पर्वाह गरिएन । घर परिवार समेत छाडेर महिनौँसम्म अस्पतालमै काम गरियो। तर, भत्ताका लागि आन्दोलन गर्नुपरेको छ ।’

डा. सिंहका अनुसार अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारी गरी झन्डै ४ सय जनाले साउनयताको जोखिम भत्ता पाएका छैनन् । बिहीबार प्रदर्शन गर्दै अस्पताल प्रशासन घेराउ गरिएको अर्का डा. दीपक चौरसियाले बताए । उनले अस्पताल प्रशासनले छिट्टै भत्ता रकम वितरण गर्ने आश्वासन दिएको सुनाए। उनले भने, ‘२–४ दिनमा पाएनौं भने अझ सशक्त आन्दोलन गर्छौं ।’

अस्पताल प्रशासनले भने कोभिड महामारीमा नखटिएकाहरूले पनि भत्ता दाबी गरेका कारण समस्या भएको जनाएको छ । अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. सञ्जय ठाकुरले जोखिम भत्ता अस्पतालका सबै स्वास्थ्यकर्मी र कर्मचारीले माग गरेको बताए । ‘त्यसैले जोखिम भत्ताका लागि कोभिडमा काम गर्ने कर्मचारीको ड्युटी प्रमाणित गर्न एउटा समिति बनाएका छाँं । उक्त समितिले ड्युटी प्रमाणित गरेर दिएलगत्तै नेपाल सरकारको नियमानुसार भत्ता वितरण गरिनेछ’, डा. ठाकुरले भने ।

समितिका सदस्य एवं अस्पताल विकास समितिका सदस्य सन्तोष पासवानले भत्ताको मापदण्डभित्र पर्नेहरूको विषयमा समितिले छानबिन गरिरहेको बताए । उनका अनुसार कोभिड महामारीमा अस्पतालको आईसीयू, आकस्मिक कक्ष, पीसीआर ल्याब र कोभिड अस्पतालमा प्रत्यक्ष खटेकालाई तलबको शतप्रतिशत भत्ता दिइनेछ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies