Khabar Dabali Logo
  April 20, Tue

सरकारबारे काँग्रेसमा दुई धार

काठमाडौं । सर्वोच्च अदालतले संसद् विघटनको निर्णयलाई बदर गरेसँगै बनेको पछिल्लो राजनीतिक अवस्थामा नयाँ सरकार गठनको विषय लिएर नेपाली काँग्रेसभित्र दुई धार देखिएको छ । काँग्रेसभित्र सभापति शेरबहादुर देउवा तत्कालै आफ्नो पार्टीले सरकारको नेतृत्व गर्ने परिस्थिति बनेको बताउँदै आइरहेका छन् । काँग्रेस महामन्त्री डा. शशांक कोइराला भने केही दिनभित्रै काँग्रेसकै नेतृत्वमा सरकार बन्ने दाबी गरिरहेका छन् ।

आजको राजधानी दैनिकमा खबर छ – सभापति देउवा स्थिति परिपक्व बनेपछि मात्र सरकारको नेतृत्व गर्ने बताइरहँदा महामन्त्री कोइराला भने हप्ता १० दिनभित्रै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वस प्रस्ताव दर्ता हुने र काँग्रेसको नेतृत्वमा नयाँ सरकार बन्ने दाबी गरेका हुन् ।

कोइरालाले बिहीबार विराटनगरमा सञ्चारकर्मीहरुसँगको कुराकानीका क्रममा केही दिनमा नै ओलीविरुद्ध अविश्वासको प्रस्तावअघि बढ्ने र काँग्रेस नेतृत्वमा माओवादी केन्द्र र जसपा गठबन्धनको सरकार बन्ने दाबी गरेका हुन् । तर, काँग्रेस सभापति देउवाले भने सरकारको नेतृत्व गर्ने परिपक्व वातावरण नबनेको बताउँदै आइरहेका छन् । उनले विकसित राजनीतिक अवस्थामा सुरुदेखि नै सो धारणा राख्दै आइरहेका हुन् ।

चैत ६ गते, २०७७ - ०९:०८ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’...   

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै...   

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष...   

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ...   

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा...   

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर...   

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको...   

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार)...   

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको...   

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top