Khabar Dabali Logo
  April 20, Tue

प्रधानमन्त्री ओली भन्छन्, ‘अब म अल्पमतमा पर्ने गल्ती गर्दिनँ’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अब आफू अल्पमतमा पर्ने गरी कसैसँग एकता नगर्ने बताएका छन् । उनले भनेका छन्, ‘माओवादी त अलग भएकै थियो । माओवादीभन्दा पनि प्रचण्ड गुट अलग भएको हो । जसरी हिजो पूर्वएमालेमा गुट थियो त्यसरी नै अहिले माओवादीमा पनि गुट छ । माओवादीका साथीहरु अहिले पनि मिलिरहेकै छन् र मिल्ने सिलसिला जारी पनि छ । प्रचण्ड गुट पनि मिल्छ भने ठिकै छ । निर्वाचन आयोगले १५ दिनको समय दिएकै छ । तर, अब हिजोको जस्तो एकता हुँदैन । किनभने गलत आधारमा र गलत तरिकाले वा गलत शक्ति दिएर एकता गर्यो भने त्यसको परिणाम राम्रो आउँदो रहनेछ भन्ने मैले देखिसकेँ । उपयुक्त आधारमा एकता हुन्छ भने ठीक छ ।’

आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ – उनले थपे, ‘उनीहरुले माने भने सम्भावना हुन्छ । सबैले स्पष्ट के बुझे हुन्छ भने अब म अल्पमतमा पर्ने गल्ती गर्दिनँ । अल्पमतमा एकछिन पर्दा के हुँदो रहेछ भन्ने मैले देखेँ । बहुमत बनाइदिएँ उनीहरुको मैले । एकताका लागि मिलेर मात्रै निर्णय गर्न पाइने नीति छ । त्यो उहाँहरुले मान्नुभएन । बहुमत हुनेबित्तिकै उहाँहरु छुरी लिएर रेट्न थाल्नुभयो । मेरो त हातखुट्टा समाइहाल्नुभयो । रेटिएर मारिन मान्छन् कि मार हान्छौँ छ्याम्म पारेर, त्यो चाहिँ मान्छन्, लु रोज भन्न थाल्नुभयो । मैले रेटिन पनि मञ्जुर छैन, मार खान पनि मञ्जुर छैन भनिदिएँ ।’

चैत ४ गते, २०७७ - ०७:५४ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’...   

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै...   

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष...   

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ...   

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा...   

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर...   

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको...   

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार)...   

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको...   

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top