Khabar Dabali Logo
  April 12, Mon

२२ दिनदेखि बेपत्ता झा दम्पतीबारे महोत्तरी प्रहरीलाई तनाव

जलेश्वर । घरमै सुतिरहेको अवस्थामा ओछ्यानसहित महोत्तरीको पिपरा गाउँपालिका–५ का एक झा दम्पती विगत २२ दिनदेखि बेपत्ता छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दिनेशकुमार आचार्यका अनुसार स्थानीय ६५ वर्षीय मोसाफिर झा र उनकी पत्नी ६० वर्षीया गीतादेवी सुतिरहेकै अवस्थामा फागुन १० गते राति घरैबाट अज्ञात समूहले ओछ्यानसहित बेपत्ता पारेकोमा अहिलेसम्म उनीहरूको अवस्था अज्ञात छ ।

उनको घर र चौकसमा रगतका छिट्टा देखिएकाले घटना रहस्यमय भएको भन्दै प्रहरीले फागुन ११ गते मङ्गलबार बिहानैदेखि वृद्ध दम्पतीको व्यापकरुपमा खोजतलास गरिरहेको तर आज २२ औँ दिन बितिरहँदा वृद्ध दम्पतीको खोजीमा जिल्ला प्रहरी, प्रदेश प्रहरी र विभिन्न गोप्य सुराकी लगाई सकिएको अवस्थामा पनि उनीहरूको कुनै अत्तोपत्तो लागेको छैन ।

प्रहरीले उनको गाउँको चारैतिरको वन चौर, झाडी, खोला नाला, पोखरी र छिमेकी गाउँ तथा जिल्लाको विभिन्न स्थानसहित छिमेकी जिल्ला धनुषासमेत विभिन्न स्थानमा व्यापकरुपमा उनीहरूको खोजतलाश गरिसकेको छ । वृद्ध दम्पती नभेटेपछि घटना झन् झन् जटिल बन्दै गइरहेको छ । चौबीस घण्टा प्रहरी विभिन्न समूहले झा दम्पतीको घरको चौकीदारी गरिरहेका छन् । प्रहर नभनी उनको खोजीका लागि प्रहरी भौँतारिरहेका छन् ।

मोही जग्गासम्बन्धी मुद्दामा साक्षी गवाही रहेको कारण उनीहरूको हत्या गरी शव बेपत्ता पारिएको स्थानीय बासिन्दाहरूले आँकलन गरिरहेका छन् । प्रहरीले उनीहरूको अवस्थाबारे अनुसन्धानका लागि अहिलेसम्म करीब चार दर्जन व्यक्तिलाई ल्याइसकेको र आवश्यक सोधपुछ गरिसक्दा पनि वृद्ध दम्पतीबारे कुनै सुराकी नलागेको प्रहरीको भनाइ छ ।

यता अझै पनि जिल्ला प्रहरी र मातहतका प्रहरी एकाइ र प्रदेश प्रहरीबाट बेपत्ता वृद्ध दम्पतीको खोजतलाश व्यापकरुपमा भइरहेको भने घटनाबारे थप अनुसन्धानसमेत भइरहेको प्रहरीले जनाएको छ । यता परिवारजन र गाउँले छिमेकी विगत १८ दिनदेखि जिल्ला प्रशासन कार्यालय अगाडि धर्नासमेत दिँदै आएका छन् । प्रदेशको अस्थायी राजधानी जनकपुर तथा देशको राजधानी काठमाडौँको माइतीघरमण्डलामा झा दम्पतीको खोजीको माग गर्दै प्रदर्शनसमेत गरिसकेको छ ।

पीडित परिवार र बाह्मण समाजले जनकपुरमा रिले अनशन पनि गरिरहेको अवस्था छ । यसले पनि कुनै परिणाम नल्याए आमरण अनशन र अन्य चर्को आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन् । घरका अभिभावक दम्पती नै बेपत्ता हुँदा झा दम्पतीको घरमा चुलो बल्न छाडेको छ भने परिवारजन गहिरो चिन्तामा परेका छन् ।

चैत ३ गते, २०७७ - २०:४४ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नयाँ बसपार्कका टिकट काउण्टर बुधबारदेखि बन्द हुने

नयाँ बसपार्कका टिकट काउण्टर बुधबारदेखि बन्द हुने

काठमाडौ । नेपालको राष्ट्रिय बसपार्कका रुपमा रहेको गोँगबुस्थित नयाँ बसपार्कका टिकट काउण्टर आगामी...   
बोडेमा जात्रा नरोकिने, बुद्धकृष्णले आठौँ पटक जिब्रो छेड्ने

बोडेमा जात्रा नरोकिने, बुद्धकृष्णले आठौँ पटक जिब्रो छेड्ने

भक्तपुर । मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक नयाँ वर्षको वैशाख २ गते मनाइने प्रसिद्ध ‘जिब्रो छेड्ने...   

कोटेश्वरदेखि जडीबुटीसम्मको सडक निर्माण अब छिट्टै सकिने

काठमाडौ । काठमाडौँ उपत्यकाको बढी सवारी चाप हुने कोटेश्वरदेखि जडीबुटीसम्म सडक विस्तारको काम एकातर्फ...   
तनहुँ जलविद्युत् आयोजनाले प्रसारण लाइनको प्रभावितलाई मुआब्जा वितरण गरिँदै

तनहुँ जलविद्युत् आयोजनाले प्रसारण लाइनको प्रभावितलाई मुआब्जा वितरण गरिँदै

तनहुँ । एक सय ४० मेगावट विद्युत् उत्पादन गर्न लागेको तनहुँ जलविद्युत् आयोजनाले विद्युत् प्रसारण लाइनका...   

बलात्कारीलाई सात वर्ष कैद फैसला

गलकोट । उन्नाइस वर्षीया युवतीलाई बलात्कार गर्ने युवालाई जिल्ला अदालत बागलुङले सात वर्ष कैद सजाय फैसला...   

गोर्खा सङ्गठनहरुद्वारा प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र

लण्डन । भूतपूर्व गोर्खा सैनिक सङ्गठनहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सेवानिवृत्त बेलायती गोर्खा...   
नेपाल पत्रकार महासङ्घ बेल्जियम शाखाको अध्यक्षमा शर्मा

नेपाल पत्रकार महासङ्घ बेल्जियम शाखाको अध्यक्षमा शर्मा

पोर्चुगल । नेपाल पत्रकार महासङ्घ बेल्जियम शाखाको अध्यक्षमा ओम शर्मा निर्विरोध निर्वाचित भएका छन्...   

एक कोरोना सङ्क्रमित पुरुषको मृत्यु

कञ्चनपुर । महाकाली अस्पतालमा उपचारार्थ भर्ना भएका भीमदत्त नगरपालिका–१५ का ४५ वर्षीय कोरोना सङ्क्रमित...   

देशैभर आज पत्रकार महासङ्घको निर्वाचन हुँदै

काठमाडौ । नेपाली सञ्चारकर्मीका लागि बहुप्रतिक्षीत नेपाल पत्रकार महासङ्घका सबै शाखा, प्रदेश समिति...   

सामग्री उत्पादनमा आत्मनिर्भर हुन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडाै । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सेनालाई आवश्यक पर्ने सामग्री र वस्तुहरूको उत्पादन...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top