Khabar Dabali Logo
  April 12, Mon

बाआमाले उपचार खर्च तिर्न नसकेर छाडेर हिँडेका एक शिशुको मृत्यु

विराटनगर । बुवाआमाले छाडेर हिँडेका एक शिशुको आइतबार राति नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको छ। ती शिशुलाई एनआईसीयूमा भर्ना गरेपछि बुवाआमा चार दिनअघि सम्पर्कविहीन भएका थिए। उपचार खर्च तिर्न सक्ने अवस्था नभएको भन्दै उनीहरू भागेको पाइएको प्रहरीले जनाएको छ।

आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खबर छ – शव व्यवस्थापन गर्न समस्या भएपछि प्रहरीले शिशुका बुवा मोरङको जहदागाउँपालिका–७ सिर्सियाका २४ वर्षीय राजा मरण्डीलाई नियन्त्रणमा लिएको छ। मरण्डीलाई पक्राउ गरी घटनाको अनुसन्धान थालिएको मोरङ प्रहरी प्रवक्ता मानबहादुर राईले बताए।

प्रसूति व्यथाले च्यापेपछि अस्पताल ल्याउँदै गर्दा मरण्डीकी श्रीमती पार्वती मुर्मुले फागुन २५ गते बाटोमै छोरा जन्माएकी थिइन्। स्वास्थ्य समस्या रहेको थाहा पाएपछि राजा र पार्वतीले छोरालाई विराटनगरको सञ्जीवनी अस्पताल पुर्‍याएका थिए। उक्त अस्पतालले स्वास्थ्य अवस्था गम्भीर रहेकाले तत्काल एनआईसीयूमा भर्ना गर्न भनेपछि उनीहरूले नोबेल अस्पताल पुर्‍याएका थिए।

मरण्डीले साथमा रहेको १६ हजार रुपैयाँ भोलिपल्टै सकिएपछि शिशुलाई अस्पतालमै छाडेर भाग्नुपरेको बयान प्रहरीसमक्ष दिएका छन्।

चैत ३ गते, २०७७ - ०८:१४ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’...   

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै...   

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष...   

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ...   

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा...   

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर...   

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको...   

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार)...   

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको...   

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top