
प्रधानमन्त्री ओलीमाथि एमाले नेताहरूको संगीन आरोप

-
-
चैत २ गते, २०७७ - ०७:२२

२२ सदस्यीय स्थायी कमिटी : ११ सदस्यका ११ आरोप
काठमाडौं । सर्वोच्च अदालतले व्युँताइदिएको एक सातामै एमालेको आन्तरिक विवाद निर्वाचन आयोगमा पुगेको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीले एकतर्फी रूपमा केन्द्रीय कमिटी बैठक बोलाएर महत्वपूर्ण निर्णय गराएपछि राजनीतिक र संगठनात्मक प्रतिवादमा उत्रेको एमालेको नेपाल–खनाल समूह आइतबार आयोग पुगेको हो ।
आजको नयाँ पत्रिका दैनिकमा खबर छ – राजनीतिक रूपमा विभाजित नेकपाको आधिकारिकताको लडाइँ पनि निर्वाचन आयोग पुगेको थियो । सर्वोच्च अदालतको २३ फागुनको फैसला र पार्टीको विधानविपरीत अध्यक्ष ओलीले बालुवाटारमा गुटको बैठक बोलाएर पदाधिकारी खारेज, कार्यविभाजन हेरफेर र महाधिवेशनले निर्णय गरेको भन्दै त्यसलाई वैधानिकता नदिन नेपाल–खनाल समूहले आइतबार निर्वाचन आयोगमा पत्र पठाएको छ । पत्रमा वरिष्ठ नेताद्वय खनाल र नेपालसहित एमालेका २२ सदस्यीय स्थायी कमिटीका बहुमत ११ नेताको हस्ताक्षर छ । स्थायी कमिटीमा १० जना ओली पक्षमा छन् भने उपाध्यक्ष वामदेव गौतम तटस्थ छन् ।
वरिष्ठ नेताद्वय खनाल र नेपाल, उपाध्यक्षत्रय युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र भीम रावल, उपमहासचिव धनश्याम भुसाल, सचिवत्रय भीम आचार्य, योगेश भट्टराई र गोकर्ण विष्ट तथा स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे र मुकुन्द न्यौपानेले आयोगमा पत्र दर्ता गराएका छन् । एमालेका निर्वाचन विभाग प्रमुख राजेन्द्रप्रसाद पाण्डेलगायत नेताहरूले आयोगमा पुगेर पत्र दर्ता गराएका थिए ।
आयोगलाई बुझाइएको पत्रमा छ, ‘हामीलाई कुनै जानकारी नै नदिई बहुमतसमेत नभएको बैठकबाट पार्टी विधानविपरीत केन्द्रीय कमिटीका कतिपय पदाधिकारीलाई पदबाट हटाइएको, केहीको जिम्मेवारी हेरफेर गरिएको र केही थप व्यक्तिलाई केन्द्रीय कमिटीको सदस्य बनाइएको भनी सार्वजनिक भएको कामकारबाही नेकपा (एमाले)को विधानविपरीत र अनधिकृत छ ।’
प्रधानमन्त्री ओलीले गत शुक्रबार आफूनिकट नेताहरूको बैठक राखेर नेपाल–खनाल पक्षका पदाधिकारीलाई हटाउने, २३ जना नयाँ केन्द्रीय सदस्य थप्ने, प्रदेशहरूमा केन्द्रीय सदस्यहरूको कार्यविभाजन गर्ने तथा पार्टी महाधिवेशन तोक्नेलगायत निर्णय गरेका थिए । त्यस्तो कदम निरंकुश र स्वेच्छाचारी भन्दै नेपाल–खनाल पक्षले पछिल्लो परिस्थितिबारे छलफल गर्न ४ र ५ चैतमा राष्ट्रिय कार्यकर्ता भेला बोलाएको छ ।
‘हामी निवेदक समेत पार्टीका नेताहरू हाम्रो पार्टीलाई विधिसम्मत किसिमले सञ्चालन गर्दै एकताबद्ध र एकीकृत बनाइराख्न दृढ संकल्पित भएकाले उपर्युक्त वैधानिक व्यवस्थाविपरीतको निर्णय लिई आयोगमा विवरण सच्याउन माग भइआएमा त्यस्तो अनधिकृत निर्णयलाई त्यस आयोगबाट वैधानिकता नदिन अनुरोध गर्दै अनधिकृत, अवैधानिक र संविधान तथा सर्वोच्च अदालतको फैसलाविपरीतका कुनै पनि व्यक्तिविशेष वा गुटविशेषका निर्णयलाई वैधता नदिन हुनका लागि यो निवेदन पेस गरेका छौँ,’ पत्रमा छ ।
नेता पाण्डेले अनधिकृत निर्णय रोक्न माग गर्दै उजुरी दर्ता गरिएको जानकारी दिए । ‘हामीले अदालतको फैसला, पार्टीको वैधानिक व्यवस्था केही पनि नमान्ने अध्यक्ष केपी ओलीको अनधिकृत स्वेच्छाचारी निर्णयलाई वैधानिकता नदिन ध्यानाकर्षण गराउँदै निर्वाचन आयोगमा पत्र दर्ता गराएका हौँ,’ पाण्डेले भने, ‘संवैधानिक आयोगले त्यस्तो अनधिकृत निर्णयलाई कुनै पनि हिसाबबाट मान्यता दिन सक्दैन ।’
ओलीले गरेका निर्णय विधानसम्मत नदेखिने नेपाल पक्षको दाबी छ । ‘पार्टी विधानको धारा ४१ मा पार्टीका विभिन्न कमिटीका बैठकहरूको आयोजना हुने विधि निर्माण गरिएको छ । केन्द्रीय कमिटीको बैठक हुनुपूर्व सचिवालय र स्थायी कमिटीका बैठक बसी केन्द्रीय कमिटीको बैठकको कार्यसूची तय गर्ने नेकपा एमालेको विधि, पद्धति र अभ्यास रहँदै आएको छ । त्यसो नगरी बोलाइएको कुनै बैठक र त्यसले गरेका कुनै निर्णयहरू पार्टी विधानअनुकूल ठहरिँदैन । सर्वोच्च अदालतको फैसलाबाट झन्डै तीन वर्षपश्चात् नेकपा एमाले यथावत् पुनर्जीवित भएकाले त्यसले पार्टीका पद्धतिसंगत बैठकहरू क्रमशः आयोजना गरी आफूलाई पुनः क्रियाशील तुल्याउनुपर्ने कुरा स्पष्ट छ,’ पत्रमा छ ।
सर्वोच्च फैसलाले पुरानो कमिटी ब्युँताएकोमा पार्टीलाई क्रियाशील नगराई गुटको बैठक गरेर निर्णय गर्नु आपत्तिजनक भएको नेपाल–खनाल समूहको निष्कर्ष छ । पदाधिकारी महाधिवेशनले निर्वाचित गर्ने, विधान संशोधन राष्ट्रिय अधिवेशन र विधान अधिवेशनले मात्र गर्न सक्ने व्यवस्था पनि नेपाल–खनाल समूहले स्मरण गराएको छ । क्रमशः सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बस्ने एमालेको प्रचलन पनि नेताहरूले स्मरण गराएका छन् ।
पत्रमा पार्टी विधानअनुसार दश प्रतिशत सदस्यसमेत मनोनीत भइसकेको अवस्था नरहेको, विधान संशोधन राष्ट्रिय महाधिवेशन र विधान अधिवेशनबाट गर्ने वैधानिक व्यवस्था रहेको स्मरण गराइएको छ ।
त्यस्तै, केन्द्रीय कमिटी बैठकअघि केन्द्रीय सचिवालय र स्थायी कमिटी बैठक बसेर कार्यसूची तय गर्ने विधि, पद्धति र अभ्यास रहेकाले निर्णयहरू त्यसअनुकूल नरहेको तथा सर्वोच्च अदालतको फैसलाबाट एमाले पुनर्जीवित भएकाले पद्धतिसंगत बैठकहरू क्रमशः आयोजना गरी पुनः आफूलाई क्रियाशील तुल्याउनुपर्ने स्थिति रहेको पत्रमा प्रस्ट्याइएको छ ।
यस्ता छन् ११ आरोप
१. ओलीमा गैरजिम्मेवार, विध्वंसकारी, अराजक र निरकुंश प्रवृत्ति, आफ्नै पार्टी एमालेलाई समेत विभाजित गर्दै कम्युनिस्ट आन्दोलनलाई नै विसर्जन गर्ने कुकर्मतर्फ अग्रसर ।
२. ओलीमा कम्युनिस्ट पार्टीको सदस्यका रूपमा हुनुपर्ने सामान्य राजनीतिक चरित्र, आचरण र नैतिकता पनि छैन । ओलीको चरम व्यक्तिवाद, गुटबन्दी, अहंकार, आत्मप्रशंसा र संकीर्ण स्वार्थमा रमाउने प्रवृत्तिले पार्टी र आन्दोलन निरन्तर अप्ठेरोमा ।
३. ओलीले जनता, देश र पार्टीमाथि नै विश्वासघात गरे, विधान, सिद्धान्त र प्रणालीविपरीतका क्रियाकलाप गरे । उनका विधानविपरीत, अराजक, स्वेच्छाचारी, विसर्जनवादी र विघटनकारी क्रियाकलाप नै पार्टी एकता तथा कम्युनिस्ट आन्दोलनका समस्या ।
४. कार्यकर्ता र जनताका सामु लोकतन्त्र र विधिका नक्कली कुरा गर्दै व्यवहारमा निरंकुश र तानाशाही व्यवहार गर्ने, गुटबन्दी गर्ने, दक्षिणपन्थी अवसरवादलाई अँगाल्दै वामपन्थी आन्दोलन र पार्टीलाई विसर्जनको दिशातिर लैजाने काम केपी गुटबाट भयो ।
५. नेकपा (एमाले)को नवौँ महाधिवेशनबाट पारित राजनीतिक प्रतिवेदन र विधानअनुरूप तथा नेकपा (माओवादी केन्द्र)सँगको एकीकरणपछि एकीकरणको घोषणा, राजनीतिक प्रतिवेदन र विधानअनुरूप पार्टी सञ्चालन हुनुपर्ने कुरामा जोड दिँदा केपी ओली गुटलाई पाच्य भएन ।
६. ओलीले वाम गठबन्धनको संयुक्त चुनावी घोषणापत्र कार्यान्वयन गरेनन् । स्वयंको सहमति र हस्ताक्षरबाट भएको नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का बीचको ऐतिहासिक एकीकरणको सहमति, घोषणा, सिद्धान्त, नीति, कार्यक्रमलाई उल्लंघन गरे ।
७. सर्वोच्च अदालतले समेत प्रतिनिधिसभा विघटनलाई असंवैधानिक ठहर ग¥यो । तैपनि ओलीबाट राजनीतिक नैतिकताको कुनै महसुस भएन ।
८. ओलीले अवैधानिक रूपमा विधान संशोधन गरे, अवैध तथा स्वेच्छाचारी गुटगत कार्य गरे । ओलीले गरेको गुटको भेलालाई पार्टीको बैठक मान्न सकिन्न, पार्टीलाई विभाजनतर्फ धकेल्ने कोसिस हो ।
९. सरकारी निवासमा गुटको भेला गरी यसलाई केन्द्रीय कमिटीको विशेष बैठकको नाम दिई कतिपय नेतालाई पदमुक्त गर्ने, नेताहरूको पदीय जिम्मेवारीमा फेरबदल गर्ने र केही नयाँ व्यक्तिलाई केन्द्रीय कमिटीमा मनोनयन गर्ने अवैध तथा स्वेच्छाचारी गुटगत कार्य ।
१०. पार्टी विधान संशोेधन विधान महाधिवेशनले मात्र गर्न सक्दछ । गुट भेलाले गरेको भनिएको विधान संशोधन पूर्ण रूपमा अवैध र औचित्यहीन । केपी गुटका विधान, सिद्धान्त र प्रणालीविपरीतका क्रियाकलापविरुद्ध दृढताका साथ उभिन हाम्रो पार्टीका देशभरका सम्पूर्ण सदस्यहरूलाई आह्वान ।
११. ओलीले विधान, पद्धति र विधिअनुरूप बैठक चलाएनन्, पुनर्जीवित पार्टीलाई क्रान्तिकारी रूपमा पुनर्गठन गर्ने अभिभारा आयो । नेकपा (एमाले)को सिद्धान्त, नीति र विधि हाम्रो पक्षमा छ र हामी केपी ओली गुटका अवैधानिक, अलोकतान्त्रिक र स्वेच्छाचारी कृत्यहरूलाई पराजित गरिछाड्नेछौँ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’...विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै...दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष...चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ...एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा...कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर...कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको...उस्तै रह्याे एमाले विवाद
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार)...सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको...दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले...

प्रतिकृया लेख्नुहोस्:
- भारतीय कंग्रेस नेता राहुल गान्धीलाई कोभिड–१९ संक्रमण पुष्टि
- कोरोना सङ्क्रमणबाट ग्रसित ५५ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु
- ३० वर्षे सेवावधि पूरा गरेका वन तथा वातावरण सचिव डा. ओलीको बिदाइ
- उच्च गुणस्तरीय “बेल्ट एन्ड रोड” सहयोगमा चीन प्रतिबद्धः सी चिनफिङ
- प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत पारिश्रमिक कम हुँदा काम गर्नै मान्दैनन् युवा