Khabar Dabali Logo
  April 16, Fri

सबै तहमा सभापति वा उपसभापतिमध्ये एक महिला अनिवार्य गर्न माग

काठमाडौं । कांग्रेसको महिला विभागले पार्टीमा सभापति वा उपसभापतिमध्ये एक पदमा महिला अनिवार्य हुनुपर्ने माग गरेको छ । काठमाडौंमा भएको बागमती प्रदेशस्तरीय महिला भेलाले वडादेखि केन्द्रसम्मका सबै तहको नेतृत्वमा सभापति वा उपसभापतिमध्ये एक पदमा महिला अनिवार्य हुनुपर्ने व्यवस्था गर्न माग गरेको हो ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ – शनिबारदेखि सुरु भएको भेला तथा प्रशिक्षण कार्यक्रम आइतबार पाँचबुँदे घोषणापत्र जारी गर्दै सकिएको हो । ‘महिलालाई सहानुभूतिका लागि मात्रै होइन, अब हिस्सेदारीको पनि समय भयो । हरेक ठाउँमा महिला विभागले हस्तक्षेपकारी भूमिका खेल्नुपर्छ, पार्टीको वडादेखि केन्द्रसम्मका सबै तहको नेतृत्वमा सभापति वा उपसभापतिमध्ये एक पदमा अनिवार्य महिला हुनुपर्ने जोडदार माग गर्दछ,’ भेलापछि जारी घोषणापत्रमा छ । त्यस्तै, वडादेखि केन्द्रसम्मको सबै तहका समिति एवं संसदीय समितिमा एकतिहाइ महिला पदाधिकारी अनिवार्य हुनुपर्ने भेलाले माग गरेको छ ।

भेलाले बालिकालाई उच्च माध्यमिक तहसम्मको निःशुल्क शिक्षाको सुनिश्चितताका लागि विभागले जोडदार माग गरेको विभागकी सचिव लक्ष्मी खतिवडाले जानकारी दिइन् । ‘बढ्दो महिला हत्या, हिंसा, बलात्कार जस्ता जघन्य अपराधमा संलग्न अपराधीलाई कानुनको कठघरामा उभ्याउन नसक्नुले यस्ता अपराधीहरू राज्यबाट नै संरक्षित भएको स्पष्ट हुन आउँछ । यो सन्दर्भमा दण्डहीनताको अन्त्यका लागि मौजुदा दण्ड व्यवस्थाको पुनरावलोकनका साथै मौजुदा कानुनको कठोर कार्यान्वयनका लागि यो भेला जोडदार माग गर्दछ,’ घोषणापत्रमा छ ।

भेलाले महिलाको प्रजनन र प्रसूति स्वास्थ्य सेवालाई सर्वसुलभ तथा निःशुल्क भनिए तापनि पूर्ण रूपले हालसम्म कार्यान्वयन हुन नसकेको अवस्थामा तत्काल यसको सुनिश्चितता गर्न तथा बर्थिङ सेन्टरलाई व्यवस्थित गरी मातृ शिशु मृत्युदर कम गर्नका लागि माग गरेको छ । भेलामा बागमती प्रदेश क्षेत्रका महिला महासमिति सदस्य, महिला महाधिवेशन प्रतिनिधि, जिल्ला कार्यसमितिका महिला पदाधिकारी, भ्रातृ संस्थाका महिला पदाधिकारी, महिला सांसद, स्थानीय तहका महिला प्रमुख–उपप्रमुख र ती पदका उम्मेदवार सहभागी थिए ।

चैत २ गते, २०७७ - ०७:१६ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’...   

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै...   

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष...   

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ...   

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा...   

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर...   

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको...   

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार)...   

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको...   

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top