
साेमबार बस्ने गरी सकियो माओवादी केन्द्रको बैठक,आज के–के निर्णय भयो ?

-
खबरडबली संवाददाता
-
चैत १ गते, २०७७ - १६:०६

काठमाडौं। आइतबार पेरिसडाँडामा बसेको माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक सकिएको छ। बैठक पुनः सोमबार बस्नेगरी सकिएको हो।
आजको बैठकमा केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान राजनीति र भावी रणनीतिबारे ब्रिफिङ्ग गरेका थिए। यस्तै बैठकमा प्रदेशगत रिपोर्टिङ्गहरु पनि भएका थिए। प्रदेश नं. १ बाट सावित्री भुसाल, २ बाट विश्वनाथ साह, बागमतीबाट नारायण दाहाल, गण्डकीबाट हितराज पाण्डे, लुम्बिनीबाट ओनसरी घर्ती, कर्णालीबाट माया शर्मा र सुदूरपश्चिमबाट नेपबहादुर चौधरीले रिपोर्टिङ्ग गरेका थिए।
रिपोर्टिङ्गका क्रममा कतिपय नेताहरुले पार्टी विभाजनपछि आफ्ना नेताहरु एमालेमा जाँदा आफ्नो पार्टीलाई घाटा भएको सुनाएका थिए। उनीहरुले बृहत् ध्रुवीकरण गरेर सबै माओवादीलाई समेट्नुपर्ने बताएका थिए।
आइतबार पार्टी कार्यालय पेरिसडाँडामा झन्डै ४ घन्टा बसेको बैठकमा विभिन्न प्रदेशका नेताहरूले आफ्नो प्रदेशको अवस्थाबारे रिपोर्टिङ गरेका थिए। प्रदेश १ बाट सावित्री भुषाल, २ बाट विश्वनाथ साह, बागमतीबाट नारायण दाहाल, गण्डकीबाट हितराज पाण्डे, लुम्बिनीबाट ओनसरी घर्ती, कर्णालीबाट माया शर्मा र सुदूरपश्चिमबाट नेपबहादुर चौधरीले रिपोर्टिङ गरेका थिए।
उनीहरू एक भइसकेको पार्टी फेरि विभाजन भएपछि पूर्वमाओवादी केन्द्रका नेताहरू एमालेमा गएकाले आफ्नो पार्टीलाई घाटा भएको बताएका थिए। केहीले भने अझै पनि सम्भावना रहेको र वृहत ध्रुवीकरण गरेर सबै माओवादीलाई समेटेर जानु पर्ने बताएका थिए।
बैठकमा बोल्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा एकतालाई खारेज गर्ने सर्वोच्च अदालतको फैसला समस्या भएको बताएका थिए। अदालतले अनावश्यक ठाउँमा हात हालेको पनि प्रचण्डको भनाइ थियो। नेता नारायणकाजी श्रेष्ठले केपी शर्मा ओलीलाई सरकारबाट बहिर्गमन गर्नु अनिवार्य भएको बताए। आजको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे भने निर्णय गरेको छैन।
बैठक भोलि बिहान ११ बजे फेरि पेरिसडाँडामा बस्नेछ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
०७८ मा तपाईको भाग्य कस्तो हुनेछ ? हेर्नुहोस् वार्षिक राशिफल
राशि भनेको २७ वटा नक्षत्रहरूको एउटा घेरा अथवा समूह हो जसको माध्यमबाट सूर्यादि नवग्रह सौर्यमण्डलामा...दोलखामा जीप दुर्घटना, ४ को मृत्यु, १७ घाइते
दोलखा । दोलखामा गएराति सवारीसाधन दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । सिन्धुपाल्चोकको तातोपानी...रियलसँग २–१ ले स्तब्ध बार्सिलोना तेस्रोमा झर्यो
काठमाडौं । गएराति रियलको घरेलु मैदानमा भएको खेलमा बार्सिलोना रियलसँग २–१ ले पराजित भएको छ । पहिलो...किन बोलाए देउवाले पदाधिकारी बैठक ?
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् । पार्टी कार्यालय...आज घोडे जात्रा, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा
काठमाडौं । काठमाडौं उपत्यकामा आइतबार घोडे जात्रा मनाइँदै छ । जात्राको अवसरमा सरकारले काठमाडौं उपत्यकामा...पत्रकार महासंघमा ओली समर्थकको लज्जाष्पद पराजय : पोखरेल प्यानल विजयउत्सवमा
काठमाडौं । नेपाल पत्रकार महासंघमा संयुक्त प्यानल पोखरेल प्यानलले विजयउत्सव मनाउन थालेको छ । संयुक्त...व्यावसायिक पशुपालनमा लाग्न प्रेरणाका स्रोत बने नराल दाजुभाइ
तनहुँ । व्यास नगरपालिका–१३ स्थित पोखरीभञ्ज्याङ निवासी तरुण दल तनहुँका सचिव दयानिधि र पुस्तक व्यवसायी...भीम रावलको प्रश्न : राष्ट्रपतिबाट प्रदान गरिएको तक्मामा चुच्चे नक्शा खै ?
काठमाडाैं। नेकपा एमालेमा निलम्बनमा परेका नेता भीम रावलले राष्ट्रपतिबाट प्रदान गरिएको तक्मामा अंकित...पौडेलको खुलासा : नयाँ विकल्प प्रस्तुत गर्ने प्रयत्नमा छौं
तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशमा नयाँ विकल्प प्रस्तुत गर्ने प्रयत्नमा...३६६ इन्स्पेक्टरको सरुवा, को–कहाँ ?
काठमाडौं । प्रहरी प्रधान कार्यालयले ३६६ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) को सरुवा गरेको छ । शुक्रबार...

प्रतिकृया लेख्नुहोस्:
- माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै
- नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बस्दै, माधव समूहमाथि थप कारवाही हुन सक्ने
- माओवादी केन्द्रको स्थायी समिति बैठक सोमबार बस्दै
- संसदलाई गतिशिल बनाउन खोज्दा आफुमाथि घेराबन्दी गरियो : सभामुख सापकोटा
- माधव समूहसंग पार्टी एकता हुनेगरी वार्ता भइरहेको छ : देवेन्द्र पौडेल
- एमाले माधव समूहद्वारा सोमबार बालुवाटारमा बोलाइएको बैठक स्थगित गर्न माग
- एकैदिन एक हजारभन्दा धेरै कोरोना संक्रमित भेटिए, उपत्यकामा ४३५ संक्रमित पुष्टि
- ओली सरकार केही दिनमा ढल्छ : अध्यक्ष प्रचण्ड
- विपक्षी दलको विरोधकाबीच प्रदेश १ को अधिवेशन अन्त्य
- राष्ट्रपति भण्डारीद्वारा पदमुक्त थापालाई पुनः गृहमन्त्रीमा नियुक्त
- प्रधानमन्त्री पदका लागि लालायित छैन तर परिआए पछि हटिदैन : सभापति देउवा
- अयोध्याधामको आधिकारिकता प्रमाणित गर्नुपर्छ : अध्यक्ष दाहाल
- पदमुक्त गृहमन्त्री बादलले आजै शपथ लिने तयारी, ३५ दिनभित्र रिक्त स्थानमा उपनिर्वाचन गर्नुपर्ने
- गृहमन्त्री रामबहादुर थापा सांसद पदबाट मुक्त
- सत्य र न्यायको पक्षमा उभिनेलाई जनताले साथ दिन्छन् : अध्यक्ष प्रचण्ड