Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

सिँजा गाउँपालिकाद्वारा आँखा उपचार केन्द्रको स्थापना

खलङ्गा । जुम्लाको सिँजा गाउँपालिकाको नराकोटमा आँखा उपचार केन्द्र स्थापना भएपछि सर्वसाधारणलाई उपचार गर्न सहज भएको छ । गाउँमा धुलो र धुँवा हुने भएकाले आँखाका बिरामीको सङ्ख्या बढ्दो छ ।

गाउँपालिका र नेपाल नेत्रज्योति सङ्घको समन्वयमा पहिलोपटक यहाँ आँखा उपचार केन्द्र स्थापना गरिएको हो । यसअघि सदरमुकाम खलङ्गामा मात्रै थियो । गाउँबाट सदरमुकामसम्म आउँदा बिरामीलाई सास्ती हुने गरेको थियो । आँखा उपचार गाउँमै हुन थालेपछि बिरामीलाई निकै सहज भएको गाउँपालिका अध्यक्ष देवलसिंह रावलले बताए ।

अब गाउँमै आँखा जाँच र औषधि पनि गाउँमै पाइने भएको छ । रोगी पहिचान गरेर गाउँपालिकामै विशेषज्ञ बोलाउन सकिने अध्यक्ष रावलले बताए । आँखा उपचार केन्द्रमा काम गर्ने कर्मचारी र भवनको व्यवस्थापन गाउँपालिकाले गरेको छ ।

सो केन्द्रमा उपकरणको व्यवस्थापन नेपाल नेत्रज्योति सङ्घले गरेको सङ्घका जिल्ला अध्यक्ष धनबहादुर बस्नेतले बताए । आँखा उपचार केन्द्र सञ्चालनका लागि स्थानीय सरकारले उपचारसँग सम्बन्धित कर्मचारी राखेको गाउँपालिको स्वास्थ्य शाखाले जनाएको छ । उक्त उपचार केन्द्रले जिल्लाको क्षेत्र नं (ख) का सर्वसाधारणलाई सेवा दिने छ । सोअन्तर्गत सिँजा गाउँपालिका, तिला गाउँपालिका, हिमा गाउँपालिका र कनकासुन्दरी गाउँपालिकाका स्थानीयवासीलाई उपचारमा राहत हुने सिँजाका प्रवक्ता नवीन शर्माले बताए ।

पहिले नेपाल नेत्रज्योति सङ्घले गाउँमा वर्षमा एक÷दुईपटक शिविर राखेर मात्र आँखाको उपचार तथा शल्यक्रिया गर्ने गरेको थियो । गाउँका आँखाका रोगीको प्रकृतिका आधारमा विशेषज्ञ गाउँमै बोलाएर शल्यक्रिया हुने गाउँपालिका प्रवक्ता शर्माले बताए । आखाँका रोगीले उपचार खर्च अभावमा रोग लुकाएर गाउँमै थन्किनुपर्ने अवस्था अब नहुने, सकेसम्म स्थानीय सरकारले यहाँका गरिब र ज्येष्ठ नागरिकलाई निःशुल्क आँखा रोगको उपचार गरिदिने गाउँपालिका प्रवक्ता शर्माले जानकारी दिए ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies