
केही मानिसको आर्थिक उत्थान हुँदैमा आर्थिक समृद्धि र विकास भयो भन्न नसकिने : अध्यक्ष प्रचण्ड

-
-
फागुन २९ गते, २०७७ - २१:०३

काठमाडौ । नेपालले कस्तो विकासको ढाँचा अपनाउने र त्यसलाई कसरी लागू गर्न सकिन्छ भन्ने विषयमा जानकारी दिने उद्देश्यसहित लेखक प्रकाश विकल्पको ‘समृद्धिको रोडम्याप’ नामक पुस्तक सार्वजनिक भएको छ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज एक समारोहका बीचमा उक्त पुस्तक सार्वजनिक गरे । सो अवसरमा अध्यक्ष प्रचण्डले गतिशिल र सिर्जनशील लेखकको रुपमा परिचित प्रकाशको दुवै पुस्कृत आफैँले सार्वजनिक गर्न पाएकामा खुसी व्यक्त गर्दै आर्थिक समृद्धि र विकासका लागि एउटा महत्वपूर्ण सन्दर्भ सामग्री भएको बताए । उनले केही मानिसको आर्थिक उत्थान हुँदैमा आर्थिक समृद्धि र विकास भयो भन्न नसकिने र त्यसले आमजनतालाई केही फरक नपार्ने स्पष्ट पारे ।
उनले आर्थिक समृद्धिका सन्दर्भमा पुस्तकले विकासको नयाँ आयाम थप्दै बहसको सुत्रपात गरेको उल्लेख गरे । विकास र समृद्धिका लागि युवामा हुटहुटी जरुरी रहेको भन्दै पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष प्रचण्डले केही नयाँ गरौँ, केही राम्रो गरौँ, देश बनाऔँ भन्ने ध्येय राख्नुपर्नेमा जोड दिए ।
लेखक एवं विश्लेषक युग पाठक तथा राष्ट्रिय मानव अधिकार आयोगकी पूर्वसदस्य मोहना अन्सारीले पुस्तकमाथि टिप्पणी गरेका थिए । लेखक प्रकाशले मानिसमा चेतना विकास हुँदै जाँदा त्यसले निकास खोज्ने र सोही कारणबाट आफू लेखक बन्न पुगेको बताए । उनले आफ्नो पुस्तक समृद्धिको रोडम्यापलाई ‘एन्टी थेसिस’ को रुपमा रहेको दाबी गरे ।
उनले पुस्तकमा मानवजातिको हितमा कसरी जान सकिन्छ भन्ने विषयलाई महत्वका साथ उठाएको भन्दै आगामी पाँच सय वर्षपछि मानव जातिको अवस्था कस्तो हुन्छ भन्ने बारेमा केही अनुमान गर्न खोजेको दाबी गरे ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
प्रधानमन्त्री ओलीले झुटको खेती गर्नुभयो : वरिष्ठ नेता नेपाल
झापा । नेपाल कम्यूनिस्ट पार्टी (एमाले)का नेता माधवकुमार नेपालले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष...यी सात अनलाईन न्यूजपोर्टललाई २४ घण्टे स्पष्टीकरण
काठमाडौ । ‘अनअफिसियल ट्रान्सलेसन’ उल्लेख भएको डकुमेन्टलाई आधार बनाएर ‘रअ र प्रधानमन्त्री केपी शर्मा...बस र टिपर ठोकिँदा पाँच जनाको मृत्यु, ४१ घाइते
राँझा । बाँकेको कोहलपुर नजिकै पूर्वपश्चिम राजमार्गमा आज साँझ बस र टिप्पर एकापसमा ठोकिँदा पाँचको मृत्यु...फर्निचर उद्योगमा आगलागी हुँदा ५० लाख बढीको क्षति
खोटाङ । फर्निचर उद्योगमा आगलागी हुँदा खोटाङमा रु ५० लाख बढीको क्षति भएको छ । दिक्तेल रुपाकोट मझुवागढी...उपचारका क्रममा कोरोना सङ्क्रमित युवकको मृत्यु
पर्सा । कोरोना सङ्क्रमणकै कारण वीरगञ्जमा आज बिहान एक युवकको उपचारको क्रममा मृत्यु भएको छ । श्वासप्रश्वासमा...आजको राशिफल : यी राशिका लागि आजको दिन शुभ
वि।सं।२०७७ साल चैत्र ३१ गते । मंगलबार । ईश्वी सन् २०२१ अप्रिल १३ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर...काठमाडौँका यी पाँच स्थानमा ट्राफिक बत्ती जडान गरिने
काठमाडौ । सडक विभागले काठमाडौँ उपत्यकाको सवारी व्यवस्थापनका लागि आगामी असार मसान्तसम्ममा थप पाँच...यसरी कोरोनाले फेरिदियो जिन्दगीको बाटो
गलेश्वर । काठमाडौँमा होटल व्यवसाय गरी बसेका म्याग्दीको बेनी नगरपालिका– २ बगरफाँटका दुर्गाबहादुर...चरिकोट–जिरी सडकखण्डअन्तर्गत सडक स्तरोन्नति गरिँदै
भिमेश्वर । नेपालको स्वीजरल्याड भनेर चिनिने जिरीबजारसम्म पुग्ने सडकखण्डाको चरिकोटबाट नाम्दुबजारसम्म...नयाँ बसपार्कका टिकट काउण्टर बुधबारदेखि बन्द हुने
काठमाडौ । नेपालको राष्ट्रिय बसपार्कका रुपमा रहेको गोँगबुस्थित नयाँ बसपार्कका टिकट काउण्टर आगामी...

प्रतिकृया लेख्नुहोस्:
- प्रधानमन्त्री ओलीले झुटको खेती गर्नुभयो : वरिष्ठ नेता नेपाल
- कांग्रेसले कर्णाली प्रदेशमा मुख्यमन्त्री शाहीलाई समर्थन गर्ने
- एकताको सन्देश सिङ्गो देशलाई प्रवाह गर्न मलाई विश्वसको मत दिनोस : मुख्यमन्त्री शाही
- सर्वोच्च अदालतका प्रस्तावित न्यायधीशलाई सांसदहरुको प्रश्नः अदालतमा बेन्च सेटिङ हुन्छ कि हुदैन ?
- हाम्रो आन्तरिक मामिलामा चासो देखाएर सम्बन्ध नबिगार्नोस : यमलाल कंडेल
- प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक, कोरोना महामारीबारे छलफल हुने
- शिक्षा मन्त्रालयको आग्रहः स्वास्थ्य मामदण्डमा ध्यान दिइ सिफ्टमा विद्यालय सञ्चालन गर्नु
- मुख्यमन्त्री शाहीविरुद्ध मतदान गर्न ह्विप जारी गर्ने एमाले कर्णाली संसदीय दलको निर्णय
- प्रधानमन्त्री ओली राष्ट्रहित विपरित गतिविधिमा लागेका छन् : अध्यक्ष प्रचण्ड
- वाग्मती प्रदेश एमालेद्वारा १५ सदस्यीय संसदीय बोर्ड गठन, प्रमुख सचेतकमा केशव पाण्डे
- कर्णाली प्रदेश कांग्रेस अझै अनिर्णित, संसदीय दलको बैठक विनानिष्कर्ष सकियो
- कोरोना संक्रमित देखिएको विद्यालय एक हप्ता बन्द गर्ने काठमाडौ महानगरपालिकाको निर्णय
- पछिल्लो एक सातामा ३०० बालबालिकामा कोरोना संक्रमित, पठनपाठन ठप्प
- कर्णालीका मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिदै, विपक्षमा मतदान गर्न एमालेले ह्वीप जारी गर्ने
- भेरी अस्पतालमा उपचाररत ४९ कोरोना सङ्क्रमितको अवस्था गम्भीर