Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

अलमलमा नलागी फर्कनुहोस् : प्रधानमन्त्री ओली

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै अलमलमा नलागी पार्टीमा एकताबद्ध हुन नेता र कार्यकर्तालाई आग्रह गरेका छन् ।

पार्टीको भातृ सङ्गठन अलिख नेपाल महिला सङ्घको राष्ट्रिय कार्यकर्ता भेलालाई आज यहाँ सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विगतमा आफूलाई हटाएजस्तो गरी कसैलाई अध्यक्ष वा पार्टी सदस्यबाट ननिकालेको तर कार्यसम्पादनका लागि केही नेतालाई कामको जिम्मेवारी दिएको जानकारी गराए ।

उनीहरु (माधवकुमार नेपाल र झलनाथ खनाल समूह) आएपछि कसरी अघि बढ्ने भन्ने कुरा छलफलबाट टुङ्ग्याउन सकिने भएकाले कुनै अलमलमा लाग्नुपर्ने आवश्यकता नरहेको प्रधानमन्त्री ओलीको भनाइ थियो । प्रधानमन्त्री ओलीले आगामी चैत ७ गते केन्द्रीय कमिटीको बैठक बालुवाटारमा बोलाएको जानकारी गराउँदै भने, “सुनिन भन्न पाइने छैन, अनुपस्थित रहँदै जानुभयो भने विधानको व्यवस्था भएअनुसार हुँदै जानेछ, त्यसैले सुन्ने गरी भनेको छु चैत ७ गतेको बैठकमा आउनुहोला ।”

शुक्रबार माओवादी केन्द्रमा रहेका नेता÷कार्यकर्तालाई पनि एकतामा कायम हुँदै अघि बढ्न प्रधानमन्त्री ओलीले आग्रह गर्नुभयो । “म स्वागत गर्छु, आउनुहोस् सँगै मिलेर अघि बढौँ, बाटो बिराएकालाई पनि म भन्न चाहन्छु सच्चिनुहोस् आउनुहोस्”, उनले भने । उनले केपी ओलीलाई ठेगान लगाउन आए बाटोमै ठेस लाग्नेसमेत बताए ।

उनले सके प्रधानमन्त्रीबाट हटाएर देखाउन पनि चुनौती दिए । प्रधानमन्त्रीबाट हटे पनि अबको २० महिनापछि नेकपा (एमाले) दुईतिहाइका साथ सिंहदरको मूलढोकाबाट प्रवेश गर्ने प्रधानमन्त्री ओलीको जिकिर थियो । उनले प्रतिपक्षमा बस्न कुनै गाह्रो नभएको समेत बताए ।

“सरकारमा भए देश बनाउँछौँ, प्रतिपक्षमा भए देश बनाउने तयारी गर्छौँ”, प्रधानमन्त्रीले थपे । उनले आफ्नो गन्तव्य सत्ता नभई समृद्ध नेपाल र सुखी नेपाली बनाउनु रहेको योजना सुनाए । प्रधानमन्त्री ओलीले एउटा शक्ति दुईतिहाइको पार्टी भत्काइ पार्टी ध्वस्त पारेर टालाटुली जोडेर टाले सरकार बनाउन उद्दत रहेको र उनीहरु प्रधानमन्त्री खाइदिनुस् न भनेर कुदिरहेका बताए । उनले अस्थिरताको खेल खेल्ने र बाटाबाटामा अध्यक्षको पगरी बाँधेर हिँड्ने तत्वलाई जनताले सबक सिकाउनुपर्ने बताए । प्रधानमन्त्री ओलीले उनीहरुको उद्देश्य नै देश बर्बाद गर्ने रहेको र अरुका लागि ‘कम्फरटेबल’ सरकार बनाउने योजना रहेको सुनाए ।

मुलुकमा नक्कली लोकतन्त्रवादीहरु सक्रिय रहेको र उनीहरुले देशलाई अघि बढ्नबाट रोक्ने प्रयास गरिरहेको प्रधानमन्त्री ओलीले बताए । उनले एउटा समूह विकासको लहर ल्याउने केपी ओलीलाई हटाउनुपर्यो, तपाईँले प्रधानमन्त्री खाइदिनुपर्यो भनी किस्ती बोकेर विभिन्न ठाउँमा निवेदन हाल्न पुगेको बताउँदै आफू कसैको अगाडि किस्ती बोकेर निवेदन हाल्न नजाने प्रष्ट पारे । उनले आन्दोलनको नेतृत्व गर्ने पार्टीलाई ध्वस्त पार्ने तरिका चिरेरै छाड्ने चेतावनी दिए ।

वर्तमान सरकारले आफ्ना निम्ति नभई मुलुकको सुशासन र जनताका निम्ति अभियान चालिरहेको र खुट्टा तान्दातान्दै केही वर्षभित्रैमा विकासका योजना साकार पारेरै छाड्ने प्रधानमन्त्रीले उद्घोष गरे । प्रधानमन्त्री ओलीले विसं २०५१ बाट मासिक रु १०० बाट शुरु भएको वृद्धाभत्ता अहिले रु तीन हजार पुर्याएको र रु पाँच हजार पुर्याउने लक्ष्य रहेको जानकारी गराए । उनले भत्ता रु चार हजार भने छिट्टै बनाउने पनि उद्घोष गरे । उनले लडाइँमा होमिएर शहीद भएका परिवार, घाइते भएका लडाकु तथा काख रित्तिएका बाबुआमा छन् तर सशस्त्र द्वन्द्वका सञ्चालकलाई त्यसको सम्झना नरहेका बेला अहिलेको सरकारले पीडा सुनेर मल्हमपट्टी लगाउन थालिसकेको जानकारी गराए ।

सरकारले विकास निर्माणका गतिविधिदेखि सडकका बेवारिसेलाई आश्रय दिने, सडक बालबालिकाको उद्धार र संरक्षण, शिक्षा, स्वास्थ्य रोजगारका कार्यक्रम, राष्ट्रपति चुरे संरक्षण कार्यक्रम, राष्ट्रपति महिला उद्धार कार्यक्रमका साथ समृद्धिको यात्रामा सरकार रहेको बताए । किसान परिचयपत्र, नागरिक एप्सका साथ डिजिटल नेपालको अवधारणालाई सरकारले साकार पार्दै लगेको सन्दर्भ जोड्दै प्रधानमन्त्री ओलीले समृद्धिको यात्रालाई कसैले रोक्न नसक्ने जिकिर गरे ।

मुलुकसामु आन्दोलनलाई गलत बाटोमा जान नदिन देशभरि सन्देश लैजानुपर्ने बेला आएको उनको भनाइ थियो । त्यसको अगुवाइ नारीले गर्नुपर्नेमा उनको जोड थियो । गाउँमा जाँदा उक्त सन्देश र सामाजिक जागरणको चेत लिएर जान पनि महिलाहरुलाई आग्रह गरे । घरघरमै देखिने नदेखिने सामाजिक पीडालाई चिर्दै अघि बढ्नका लागि पनि महिला जागरण जरुरी रहेको प्रधानमन्त्रीको भनाइ थियो ।

योग्यता क्षमताले सांसद भयो भने कसैले अपमान गर्न खोज्ने प्रवृत्तिप्रति सचेत हुन आग्रह गर्दै उनले त्यस्ता व्यक्तिको मानसिक चिन्तनमै अपरेशन गर्नुपर्ने बताए । सामाजिक न्याय र समानता देख्न नसक्ने प्रवृत्ति समाजमा अझै कायम रहेको र त्यसका लागि सशक्त भएर लाग्न महिलाहरुलाई आग्रह गरे । संसारमा बोक्सी नै नहुने जिकिर गर्दै प्रधानमन्त्रीले भने, “संसारमा बोक्सी हुन्थ्यो भने यत्रो विरोधी किन कराउँथे मेराविरुद्ध ।”

उनले बोक्सी भनेको महिलालाई अपमान गर्ने कुरा भएको र यस्ता सामाजिक अन्धविश्वासलाई हामीले समाजभित्रै चिर्नुपर्नेमा जोड दिए । छाउपडी कुप्रथाको विषय कोट्याउँदै प्रधानमन्त्री ओलीले परिवारका जुन सदस्यले छाउगोठमा बस् भन्छ उसैलाई गोठमा जाऊ भन्न सक्नुपर्नेतर्फ ध्यानाकर्षण गराए ।

उक्त समारोहमा उपप्रधानमन्त्रीसमेत रहनुभएका नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले मुलुकमा राजनीतिक अस्थिरताको घिनलाग्दो खेल शुरु भएको र समाजमा अराजकता तथा सामाजिक सद्भाव भड्काउने कोसिस भइरहेकाले त्यसप्रति सचेत हुन आग्रह गरे ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले प्रधानमन्त्री ओलीले नेतृत्व गरेको विचार, राजनीति र कार्यदिशा नै उपयुक्त भएको बताए । उनले आफू सांसद पद छाड्न तयार रहेको तर अहिलेको कार्यदिशा नछाड्ने प्रतिबद्धता जनाए ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies