Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

चैत ४ देखि दिक्तेलमा अन्तर क्लबस्तरीय फुटबल प्रतियोगिता

खोटाङ । खोटाङ फुटबल एकेडेमीले ‘दोस्रो जिल्ला अन्तर क्लबस्तरीय पुरुष फुटबल प्रतियोगिता’ सञ्चालन गर्ने भएको छ । ‘स्थानीय खेलाडीको विकास र पहिचान खोटाङ फुटबल एकेडेमीको अभियान’ भन्ने नाराका साथ आगामी चैत ४ गतेदेखि प्रतियोगिता सञ्चालन गर्ने तयारी गरिएको हो ।

दिक्तेलस्थित माटिकोरे खेलमैदानमा सञ्चालन गरिने प्रतियोगितामा जिल्ला खेलकूद विकास समितिमा क्लब दर्ता भएको, क्लबको प्रमाणपत्र, वार्षिक नवीकरण गरेको प्रमाणपत्र भएको, जिल्लाका आधिकारिक क्लब गरी १६ टोलीले सहभागिता जनाउने बताइएको छ । पहिले दर्ता हुन आउने क्लबलाई प्राथमिकता दिइने र १६ समूहभन्दा बढी भएमा जिल्लाकै आधिकारिक समूह भए पनि उक्त प्रतियोगितामा सहभागी गराउन नसकिने एकेडेमीले पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।

प्रतियोगितामा सहभागिताका लागि चैत १ गतेभित्र आ–आफ्नो समूह दर्ता गराइसक्नुपर्ने आयोजक एकेडेमीका अध्यक्ष नुरकाजी सैँजूले बताए । प्रतियोगितामा प्रथम हुने समूहले रु ८८ हजार ८८८, दोस्रो हुनेले रु ४४ हजार ४४४ र सेमिफाइनलिस्ट दुई समूहले प्रतिसमूह रु २२ हजार २२२ नगदका साथमा ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । विद्यागततर्फ उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिड फिल्डर, गोलकर्ता र कोचलाई जनही रु पाँच हजार नगद ट्रफी तथा मेडल प्रदान गरिनेछ ।

सर्वोत्कृष्ट खेलाडीलाई रु सात हजार नगदका साथमा ट्रफी, मेडल, प्रमाणपत्र र ‘म्यान अफ दी म्याच’लाई नगद रु एक हजारका साथमा मेडल प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगिताको उद्घाटन अखिल नेपाल फुटबल सङ्घ (एन्फा) अध्यक्ष कर्माछिरिङ शेर्पाको प्रमुख आतिथ्यमा हुने आयोजकले जनाएको छ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies