
हेटौँडा जिल्ला अदालतद्वारा नौ सय मुद्दा फैसला

-
-
फागुन २७ गते, २०७७ - १६:०६

वाग्मती । जिल्ला अदालत मकवानपुर हेटौँडाले चालु आर्थिक वर्षको हालसम्म ८८५ मुद्दाको फैसला गरेको छ । अघिल्लो वर्षको जिम्मेवारी सरेका ४३१ र चालु आवको ४५४ मुद्दाको फैसला गरेको हो । एक हजार ४० मुद्दा चालु अवस्थामा रहेको सो अदालतले जनाएको छ । अदालतबाट प्राप्त विवरणअनुसार अघिल्लो आवको सरेको र यस वर्षको नयाँ दर्ता गरी चालु आवमा हालसम्म कूल एक हजार ९२५ मुद्दा दर्ता भएको बताइएको छ । अघिल्लो आवमा सरेर आएको मुद्दा सङ्ख्या ९१४ रहेको छ भने चालु आवमा हालसम्म एक हजार ११ मुद्दा दर्ता भएको छ ।
अठार महिनादेखि दुई वर्षसम्मका ६६ मुद्दा, एक वर्षदेखि १८ महिनासम्मका १४५ मुद्दा, छ महिनादेखि एक वर्षसम्मका ३०१ मुद्दा र छ महिनायताका ५१४ मुद्दा चालु अवस्थामा रहेको श्रेस्तेदार तीर्थराज भट्टराईले जानकारी द्यिए । सो अदालतको हालसम्मको प्रगति विवरण सार्वजनिक गर्दै उनले जिल्ला अदालत मकवानपुरमा दुई वर्षभन्दा बढीका चारवटा मुद्दा फैसला गर्न बाँकी रहेको र उक्त मुद्दा चालु आवमा फैसला हुने बताए । “विश्वव्यापीरुपमा फैलिएको कोरोना माहामारीले अदालतको फैसलामा पनि असर परेको उल्लेख गर्दे कारोना माहामारी नभएको भए पुराना मुद्दा फैसला भइसकेको हुन्थ्यो”, उनले भने ।
‘एक मिसन एक भिजन, एक वर्षभित्र न्याय सम्पादन’ भन्ने नाराका साथ अदालतले काम गरिरहेको जानकारी दिँदै सो अदालतका नायबसुब्बा पुरुषोत्तम गुरागाईँले पञ्चवर्षीय रणनीति तयार गरी सोहीअनुसार काम भइरहेको बताए । चालु आवमा एक हजार ६१९ नयाँ मुद्दा दर्ता हुने लक्ष्य लिएको अदालतले जिम्मेवारी सरेकासहित चालु आवमा एक हजार ७२४ मुद्दा फछ्र्योट गरिसक्ने लक्ष्य लिएको गुरागाईँले जानकारी दिए । साथै जिल्ला अदालत मकवानपुरले कोरोना महामारीको समयमा इजलासलाई सहज सञ्चालनका लागि सहयोग गर्नेलाई सम्मानसमेत गरेको जनाइएको छ । सो अतालतको नयाँ भवन पनि निर्माण भइरहेको छ । उक्त भवन निर्माण भएपछि काम गर्न थप सहज हुने बताइएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
नेदरल्याण्डसँग ३ विकेटले पराजित नेपाल
काठमाडौं । नेपालले त्रिकोणात्मक टी–ट्वेन्टी क्रिकेटमा नेपालले नेदरल्याण्डसँगको दोस्रो खेल गुमाएको...भारतीय कंग्रेस नेता राहुल गान्धीलाई कोभिड–१९ संक्रमण पुष्टि
नयाँ दिल्ली । भारतीय कंग्रेसका प्रसिद्ध नेता राहुल गान्धीलाई कोभिड–१९ संक्रमण पुष्टि भएको छ। गान्धीले...ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
सप्तरी । शम्भुनाथ नगरपालिका–८ मिलन चोकस्थित सडकमा को.१ ख ७०५२ नम्बरको ट्याङ्करले बा.९२ प ४७०२ नम्बरको...कोरोना सङ्क्रमणबाट ग्रसित ५५ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु
गोरखा । गोरखा नगरपालिका–१४ का एक पुरुषको कोरोना सङ्क्रणमबाट आज मृत्यु भएको छ । भारतबाट फर्किएका ५५...कपडामा आगो सल्किँदा एक वर्षीय बालिकाको मृत्यु, आमा पुनम गम्भीर घाइते
दाङ । आगो ताप्ने क्रममा कपडामा आगो सल्किँदा एक वर्षकी बालिकाको जलेर मृत्यु भएको छ भने आमा गम्भीर घाइते...नेपालले नेदरल्याण्ड्सलाई दियो २०७ रनको लक्ष्य
काठमाडौं । काठमाडौंमा जारी त्रिकोणात्मक टी–ट्वेन्टी क्रिकेटमा नेपालले नेदरल्याण्ड्सलाई जितका लागि...नेता माधव नेपालसहित एमालेका ३२ सांसदलाई स्पष्टीकरण
काठमाडौँ । नेकपा (एमाले)ले पार्टीका नेता माधवकुमार नेपालसहित ३२ सांसदलाई स्पष्टीकरण सोधेको छ । पार्टीको...३० वर्षे सेवावधि पूरा गरेका वन तथा वातावरण सचिव डा. ओलीको बिदाइ
काठमाडौँ । निजामती सेवाको आफ्नो ३० वर्षे सेवावधि पूरा गरी आज अनिवार्य अवकाश पाएका वन तथा वातावरण सचिव...उच्च गुणस्तरीय “बेल्ट एन्ड रोड” सहयोगमा चीन प्रतिबद्धः सी चिनफिङ
बेइजिङ । चीनका राष्ट्रपति सी चिनफिङले उच्च गुणस्तरीय “बेल्ट एन्ड रोड” (बिआरआई) सहयोगमा अन्य पक्षसँगको...प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत पारिश्रमिक कम हुँदा काम गर्नै मान्दैनन् युवा
बलेवा । दिनभर गोरु खेद्न सके बेलुका पारिश्रमिक रु ८५० आउँछ । न त तोकिएको काम सक्नैपर्ने दबाब न त कसैले...
