
दक्षिण कोरियामा कोरोना परीक्षण नगर्ने विदेशीलाई ३० लाख वनसम्म जरिवाना हुने

-
-
फागुन २७ गते, २०७७ - १०:२२

सउल । पछिल्लो समय कोरोना पुष्टि हुने क्रम घट्दै गए पनि यहाँ रहेका विदेशीमा भने वृद्धि हुन थालेपछि दक्षिण कोरियाको ख्याङ्गिदो प्रान्तमा बसोबास गर्ने सबै विदेशीलाई यहाँको स्थानीय सरकारले अनिवार्यरूपमा कोभिड–१९ परीक्षण गर्नुपर्ने निर्देशन दिएको छ । स्थानीय प्रशासनले यही मार्च २२ तारिख (चैत ९ गते) भित्र यहाँ रहेका सम्पूर्ण विदेशीलाई अनिवार्य परीक्षण गर्न निर्देशन दिएको हो ।
स्थानीय प्रशासनको निर्देशन नमानी उक्त अवधिमा परीक्षण नगरे २० देखि ३० लाख कोरियन वनसम्म जरिवाना तिर्नुपर्ने हुनसक्ने बताइएको छ । पछिल्लो समय ख्याङ्गिदो प्रान्तका केही कम्पनीमा कार्यरत विदेशी कामदारमा सामूहिक सङ्क्रमण देखा परेपछि स्थानीय सरकारले सो नियम ल्याएको हो । स्थानीय सरकारले कोरोना परीक्षणका लागि विदेशी काम गर्ने कम्पनीमा सम्पर्क गर्ने, विभिन्न माध्यमबाट सूचना दिनेलगायतका कार्य गरेर जानकारी दिएको जनाएको छ ।
कोरोना परीक्षण वैधानिक तथा अवैधानिक सबै कामदारले समेत अनिवार्यरूपमा गर्नुपर्नेछ । अवैधानिक कामदारको हकमा कुनै पनि परिचय खुलाउनुपर्ने छैन । परीक्षण सबैले निःशुल्करूपमा प्राप्त गर्नेछन । विभिन्न स्थानमा क्याम्प खडा गरी भइरहेको परीक्षणका सम्बन्धमा आफूले काम गर्ने कम्पनीको कार्यालयमा बुझ्दा कसरी परीक्षण गर्ने भन्ने कुराको पूर्ण जानकारी प्राप्त हुनेछ ।
ख्याङ्गिदो प्रान्तमा २५ हजार रोजगारदाताले विदेशी कामदार राखेको अनुमान गरिन्छ । व्यवसायको हकमा कम्पनीमा कम्तीमा एक विदेशी कामदार रहे पनि मार्च २२ सम्म अनिवार्यरूपमा कोरोना परीक्षण गरेको हुनुपर्ने निर्देशन गरिएको छ । हालसम्मको तथ्याङ्कअनुसार कोरियाको ख्याङ्गिदो प्रान्तमा रहने एक हजार ७४७ विदेशीले कोरोना भाइरस परीक्षण गरेका छन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
नेदरल्याण्डसँग ३ विकेटले पराजित नेपाल
काठमाडौं । नेपालले त्रिकोणात्मक टी–ट्वेन्टी क्रिकेटमा नेपालले नेदरल्याण्डसँगको दोस्रो खेल गुमाएको...भारतीय कंग्रेस नेता राहुल गान्धीलाई कोभिड–१९ संक्रमण पुष्टि
नयाँ दिल्ली । भारतीय कंग्रेसका प्रसिद्ध नेता राहुल गान्धीलाई कोभिड–१९ संक्रमण पुष्टि भएको छ। गान्धीले...ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
सप्तरी । शम्भुनाथ नगरपालिका–८ मिलन चोकस्थित सडकमा को.१ ख ७०५२ नम्बरको ट्याङ्करले बा.९२ प ४७०२ नम्बरको...कोरोना सङ्क्रमणबाट ग्रसित ५५ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु
गोरखा । गोरखा नगरपालिका–१४ का एक पुरुषको कोरोना सङ्क्रणमबाट आज मृत्यु भएको छ । भारतबाट फर्किएका ५५...कपडामा आगो सल्किँदा एक वर्षीय बालिकाको मृत्यु, आमा पुनम गम्भीर घाइते
दाङ । आगो ताप्ने क्रममा कपडामा आगो सल्किँदा एक वर्षकी बालिकाको जलेर मृत्यु भएको छ भने आमा गम्भीर घाइते...नेपालले नेदरल्याण्ड्सलाई दियो २०७ रनको लक्ष्य
काठमाडौं । काठमाडौंमा जारी त्रिकोणात्मक टी–ट्वेन्टी क्रिकेटमा नेपालले नेदरल्याण्ड्सलाई जितका लागि...नेता माधव नेपालसहित एमालेका ३२ सांसदलाई स्पष्टीकरण
काठमाडौँ । नेकपा (एमाले)ले पार्टीका नेता माधवकुमार नेपालसहित ३२ सांसदलाई स्पष्टीकरण सोधेको छ । पार्टीको...३० वर्षे सेवावधि पूरा गरेका वन तथा वातावरण सचिव डा. ओलीको बिदाइ
काठमाडौँ । निजामती सेवाको आफ्नो ३० वर्षे सेवावधि पूरा गरी आज अनिवार्य अवकाश पाएका वन तथा वातावरण सचिव...उच्च गुणस्तरीय “बेल्ट एन्ड रोड” सहयोगमा चीन प्रतिबद्धः सी चिनफिङ
बेइजिङ । चीनका राष्ट्रपति सी चिनफिङले उच्च गुणस्तरीय “बेल्ट एन्ड रोड” (बिआरआई) सहयोगमा अन्य पक्षसँगको...प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत पारिश्रमिक कम हुँदा काम गर्नै मान्दैनन् युवा
बलेवा । दिनभर गोरु खेद्न सके बेलुका पारिश्रमिक रु ८५० आउँछ । न त तोकिएको काम सक्नैपर्ने दबाब न त कसैले...

प्रतिकृया लेख्नुहोस्:
- राहुल गान्धीलाई कोरोना सङ्क्रमण पुष्टि, प्रधानमन्त्री मोदीद्वारा स्वास्थ्यलाभको कामना
- १७ सय ३६ जनामा कोरोना संक्रमित, ११ जनाको मृत्यु
- भारतीय कंग्रेस नेता राहुल गान्धीलाई कोभिड–१९ संक्रमण पुष्टि
- कोरोना सङ्क्रमणबाट ग्रसित ५५ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु
- ३० वर्षे सेवावधि पूरा गरेका वन तथा वातावरण सचिव डा. ओलीको बिदाइ
- ३ केजी अवैध लागूऔषध गाँजा बरामद
- अमेरिकाका पूर्व उपराष्ट्रपति वाल्टर मोन्डालेको ९३ वर्षको उमेरमा निधन
- जापानले पाँच मिनेटमै काेराेना सङ्क्रमण परीक्षण गर्ने प्रविधि पत्ता लगायो
- कोरोनाविरुद्धको दोस्रो खोप मंगलबारबाट लगाउन शुरु, झण्डै साढे चार लाख जना लाभान्वित हुने
- वर्षात्ले सामुदायिक वनको डढेलो निभाउँदै, स्थानीयवासी खुशी