Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

दुविधामा जसपा : एजेण्डाका हिसाबले कांग्रेस र माओवादीसँग मिल्नैपर्ने बाध्यता !

काठमाडौं । जनता समाजवादी पार्टीभित्र ओलीसँग सत्ता समीकरण गर्न नहुने मत बलियो देखिएको छ ।

तत्कालको फाइदाका लागि सिंगो राजनीतिक कोर्स नै उल्टो दिशामा लैजान भूमिका खेल्न नहुने भन्दै अग्रगमनका पक्षमा पार्टी उभिनुपर्ने मत बलियो देखिएको हो ।

जसपाभित्र नेता महन्थ ठाकुरलगायत केहीले ओलीसँग मिल्नुपर्ने मत राखेपनि त्यो व्यक्तिगत महत्वाकांक्षा पूर्ति गर्ने रणनीति मात्रै भएको भन्दै आलोचना समेत भएको छ ।

जसपाको संसदीय दलमा भएको छलफलमा राजनीतिक एजेण्डाका हिसाबले एमाले नभई माओवादीसँग मिलेर सत्ता सहकार्य गर्नुपर्ने कुरा उठेको थियो ।

ओलीले नै जसपा विभाजन गर्न खोजेको, संघीयता खारेज गर्न खोजेको र देशलाई २०४७ तर्फ लैजान खोजेको भन्दै बहुमत नेताहरुले ओली प्रवृत्ति घातक भएको निश्कर्ष निकालेका थिए ।

नेता महन्थ ठाकुर र यसअघि असन्तुष्ट भइ दल विभाजन गर्ने प्रयास गरेकाहरुले भने ओलीले सबै माग मान्ने भएकोले सहकार्य गर्नुपर्ने धारणा राखिरहेका छन् । तर ओलीले ठाकुरलाई राष्ट्रपति बनाउने र भनेजति मन्त्रालय दिने सहमति गरेको खुलासा भएसँगै यसको समेत बिरोध भएको हो ।

यही विवादका कारण जसपाले दुबैपक्षसँग वार्ता गरिरहेको छ । उसले रेशम चौधरीको रिहाइ र संविधान संशोधनलाई मुख्य मुद्दा बनाएको छ । टिकापुर घटनामा माओवादी पनि जसपाजस्तै समान धारणा राख्छ । जबकि ओली पक्षमा लागेका सुदूरपश्चिमका नेताहरु भने थारु मनोविज्ञानविरोधी भएको आरोप बेला बेला लाग्दै आएको छ ।

पार्टीभित्रको विवादका कारण जसपाभित्रको राजपा पृष्ठभूमिका नेता अझ धेरै तानातानमा देखिएका छन् । समाजवादी पृष्ठभूमिका नेता भने केहीबाहेक ओली नेतृत्वको सरकारको विपक्षमा छन्।

माओवादी केन्द्रले साथ छोडे नपुग १८ मतका लागि ओलीले जसपाभित्रको राजपा पृष्ठभूमिका नेतालाई फकाउने प्रयास जारी राखेका छन् ।
सम्भावित समीकरणका लागि माओवादी केन्द्र र जसपाको बैठक बुधबार सम्पन्न भएको थियो । जसपाका नेताहरु महन्थ ठाकुर र राजेन्द्र महतोसँग पेरिसडाँडास्थित पार्टी कार्यालयमा छलफल गरेका थिए ।

‘प्रचण्डजीले हामीलाई सहयोग गर्नुपर्‍यो भन्नुभयो । हामी सधैं अरूलाई मात्रै सहयोग गरिरहने, हाम्रा मुद्दा र माग चै कसैले पुरा नगर्ने, के हामी सहयोग गर्नका लागि मात्रै जन्मिएका हौ र भनेर जवाफ दियौं’, जसपाका नेता महतोले भने ।

प्रचण्डले जसपाका नेताहरुसँग प्रतिनिधीसभा विघटनपछिको कदमविरुद्ध रहेका शक्तिहरुबीचको सहकार्य आवश्यक रहेको वताएका थिए । जसपाका नेताहरुले उठाउँदै आएका मागका विषयमा एमालेभन्दा सकारात्मक रहेको दाहालको प्रतिक्रिया थियो ।

जसपाका नेताहरुले काग्रेससँगको विषय पहिले स्पष्ट पार्न पनि प्रचण्डसँग आग्रह गरेका थिए।

जसपाका शीर्ष नेताहरुको छलफल बिहीबार बिहान हुने भएको छ।विहान महन्थ ठाकुर, राजेन्द्र महतो, डा वावुराम भटटराई, उपेन्द्र यादव र अशोक राईबीच छलफल हुने जसपा स्रोतले वताएको छ ।

जसपाको पूर्वराजपा महन्थ र राजेन्द्र महतो पक्षसँग १७ जना सांसद छन्।ओलीले ति सांसदलाई साथ लिने योजना वनाएका छन्।त्यस्तै अपुग सांसद जसपाभित्रको पूर्व समाजवादीतर्फका लिन खोजेका छन् ।

तत्कालीन समाजवादीकी उपाध्यक्ष रेणु यादव नेतृत्वमा असन्तुष्ट सांसदहरू मो. इस्तियाक राई, प्रदीप यादव, उमाशंकर अरगरिया, कलुदेवी विश्वकर्मालगायतले छुट्टै दल गठनको प्रयास खोजेका थिए।सोही कारण जसपको संसदीय दलमा ठाकुर र महतो पक्ष वहुमतमा छ ।

जसपाका ३४ सांसदमध्ये हरिनारायण रौनियार निलम्वनमा र रेशम चौधरी जेलमा रहेका कारण ३२ जना छन् । ओलीलाई माओवादीका ४ सांसद (साथ दिने तयारीमा रहेकालाई छोडेर भए पनि) १८ सांसद थप आवश्यक पर्छ । जसपाभित्रकै राजपाका १७ र समाजवादीभित्र पनि आफुतिर लचिलो रहेका केही सांसदको साथ ओलीले खोजि गरिरहेका छन्। यसो भए ओलीले १३८ मत पुराउने सम्भावना देखिएको छ ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies