Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

बुद्धजन्मस्थल लुम्बिनीको अन्तर्राष्ट्रियकरण गर्न ब्रान्डिङ शुरु

सिद्धार्थनगर । बुद्धजन्मस्थल लुम्बिनीको अन्तर्राष्ट्रियकरण गर्न नेपाल पर्यटन बोर्डले लुम्बिनीको ब्रान्डिङ शुरु गरेको छ । लुम्बिनीको नाम लेखाइको ढाँचा, रङ र प्रतीक चिन्हलाई अन्तर्राष्ट्रिय रुपमा परिचित गराउने उद्देश्यले ब्रान्डिङसम्बन्धी छलफल महत्वपूर्ण भएको सरोकारवालाले बताएका छन् ।

लुम्बिनीसँग सरोकारित सङघसंस्था, प्रदेश सरकार, पर्यटन विज्ञ तथा पत्रकारबीच रुपन्देहीको टाइगर प्यालेसमा भएको आज भएको कार्यक्रममा लुम्बिनीको लागि ब्रान्डिङ प्रस्ताव गरिएको हो । प्रस्ताव गरिएअनुसार बुद्ध रंग, अशोका पिल्लर, बुद्धजन्मस्थल र बुद्धिज्मसँग सरोकार भएका विभिन्न तथ्यलाई प्रभावकारी ढङ्गले ब्रान्डिङमा प्रस्ताव गरिएको छ ।

उक्त प्रस्तावित लोगोमाथि अन्तक्र्रियाका सहभागीले आ–आफ्ना सुझाव दिँदैं लोगोको अक्षर रन्जना लिपीमा राखेमा अझै प्रभावकारी हुने बताएका छन् । लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष डा इश्वर गौतमले लुम्बिनीको प्रभावकारी प्रचारप्रसार र प्रवद्र्धनका लागि नेपाल पर्यटन बोर्डले थालेको लुम्बिनी ब्रान्डिङ उपलब्धिमूलक हुने बताए । उनले निजी क्षेत्र, सङ्घीय सरकार, प्रदेश सरकार र पर्यटन बोर्डले एकीकृत रुपमा लुम्बिनीको प्रबद्र्धनमा लाग्नुपर्नेसमेत बताए । डा गौतमले लुम्बिनीमा प्रसूति अस्पताल खोल्नेगरी छलफल भएकोसमेत बताए । लुम्बिनी प्रदेश सरकारका उद्योग, पर्यटन वन तथा वातवरण मन्त्रालयका सचिव डा राजेन्द्र केसीले सरकारले सधैंँ लुम्बिनीलाई केन्द्रमा राखेर काम गरिरहेको बताए ।

नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा धनन्जय रेग्मीले लुम्बिनीको प्रबद्र्धन गर्न पर्यटन बोर्डले सबैको सहकार्य र सुझाबलाई अङ्गिकार गर्दै ब्रान्डिङ गर्न थालेको बताए । उनले भने, “स्थानीयवासीलाई प्रत्यक्ष जोड्ने गरी कार्यक्रम गर्ने, लुम्बिनी क्षेत्रका हिन्दू पर्यटकीय धामसँग लुम्बिनीको सञ्जाल विस्तार गर्ने, विभिन्न निकुन्जमा कार्यक्रम गराउने तथा हिलस्टेशन र हिमालका दृश्य हेर्न मिल्नेगरी कार्यक्रम बनाउने गरी बुद्धजन्मस्थल लुम्बिनीको विकास गर्नुपर्छ ।” नेपाल एशोसियशन अफ ट्राभल एण्ड टुर एजेन्ट (नाट्टा)का अध्यक्ष अच्युत गुरागार्इंले निजी क्षेत्रले पर्यटन क्षेत्रमा गरेको योगदानलाई सरकार र सम्बन्धित निकायले विशेष ध्यान दिनुपर्ने बताए ।

लुम्बिनी विकास कोषका वरिष्ठ अधिकृत ज्ञानिन राईले लुम्बिनीको ऐतिहासिक, सांस्कृतिक, पर्यटकीय र अन्तर्राष्ट्रिय महत्वको बारेमा बताउँदै लुम्बिनीको ब्रान्डिङ पश्चात् अन्तर्राष्ट्रियस्तरमा अझै महत्व बढेर जाने बताए । पर्यटन पुनरुत्थान समिति संयोजक सागर अधिकारीले लुम्बिनीको अहिलेसम्म ब्रान्डिङ नभएको बताउदैं भने, “जसरी थाइल्याण्डको एमाइजिङ थाइल्याण्ड, भारतको अमूल्य भारत र नेपालको नेचुरल्ली नेपाल भन्ने ब्रान्ड बनाए जस्तै लुम्बिनीलाई पनि अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित गराउन रंग, नाम, लोगोको विषयमा गरिएको छलफलले कोरोना कहरपछिको पर्यटन पुनरुत्थानमा ठूलो योगदान दिनेछ । ”

कार्यक्रममा पर्यटनविद् विक्रम पाण्डे, लुम्बिनी बौद्ध विश्वविद्यालयका डिन माणिकरत्न शाक्य, लुम्बिनी बौद्ध विश्वविद्यालयका प्राध्यापक डा सन्जीव हुमागार्इं, भिक्षु मैत्रेय, भारतस्थित एशोसियशन अफ बुद्धिस्ट टूर अपरेटर (आब्टो) का महासचिवसमेत रहेका भारतीय पर्यटन व्यवसायी डा कौलेशकुमार, पर्यटन व्यवसायी लीलामणि शर्मालगायतले लुम्बिनीको ब्रान्डिङमा सबैपक्ष एकजुट भएर लाग्नुपर्ने बताए ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies