Khabar Dabali Logo
  April 16, Fri

भारतमा एक करोड १२ लाख २९ हजार भन्दा बढी व्यक्ति कोरोना सङ्क्रमित

नयाँदिल्ली । भारतमा गत २४ घण्टामा १५ हजार ३८८ जनामा कोभिड–१९ को सङ्क्रमण देखिएपछि कुल कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड १२ लाख ४४ हजार भन्दा बढी पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मङ्गलबार जनाएको छ ।

भारतमा गत २४ घण्टामा कोभिड–१९ सङ्क्रमणको कारण ७७ जनाको मृत्यु भएपछि कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या एक लाख ५७ हजार ९३० जना पुगेको छ । हाल भारतमा एक लाख ८७ हजारभन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन् । केही दिनयता भारतमा सक्रिय संङ्क्रमितको संख्या बढेको पाइएको छ ।

यसैबीच कोभिड–९९ को सङ्क्रमण शुरु भएयता भारतमा हालसम्म एक करोड आठ लाख ९९ हजारभन्दा बढी कोरोना भाइरस मुक्त भएका छन् । भारतमा गत जनवरी १६ देखि कोभिड–१९ विरुद्धको खोप कार्यक्रम शुरु भएको थियो । सो समयदेखि हालसम्म देशभरी २ करोड ३० लाख व्यक्तिले खोप लगाईसकेका छन् ।

भारतीय स्वास्थ्य अनुसन्धान परिषद््ले मङ्गलबारसम्म देशभर २२ करोड २७ लाख २ हजारको हाराहारीमा नमूना परीक्षण गरेको छ । हिजो सोमबार एकै दिनमा सात लाख ४८ हजार ५२५ जनाको कोभिड–१९ परिक्षण भएको पनि समाचारमा जनाइएको छ ।

फागुन २५ गते, २०७७ - १६:०९ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कांग्रेसले कर्णाली प्रदेशमा मुख्यमन्त्री शाहीलाई समर्थन गर्ने

कर्णाली । नेपाली कांग्रेसले कर्णाली प्रदेशमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई समर्थन गर्ने...   

१ सय पिस ट्रेप्पल लागूऔषध सहित २० वर्षीय पौडेल पक्राउ

कास्की । पोखरा महानगरपालिका–३ नदीपुरबाट नियन्त्रित लागूऔषध १ सय पिस ट्रेप्पल सहित पोखरा महानगरपालिका–२...   

भक्तपुरको चुनदेवीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

भक्तपुर । तीव्र गतिमा हुइँकिएको मोटरसाइकल अरनिको राजमार्गस्थित भक्तपुरको चुनदेवीमा डिभाइडरमा ठोक्किएर...   

चितुवा नियन्त्रणका लागि ३० वटा पानीका पोखरी निर्माण

तनहुँ । चितुवाको आक्रमणले आतङ्क बनाएको तनहुँका सामुदायिक वन क्षेत्रमा ३० वटा पानीका पोखरी निर्माण...   

मेलम्ची खोलाको १२ करोड लिटर पानी उपत्यकामा परीक्षण वितरण शुरु

काठमाडौँ । काठमाडौँ उपत्यकामा दैनिक १२ करोड २६ लाख लिटर मेलम्चीको पानी वितरण शुरु भएको छ । गत चैत १५...   

बुटवलमा हत्या गरेर शव लुकाउन बागलुङ

गलकोट । बुधबार दिउँसो बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–२ रिनाम भन्ने स्थानमा गाडिएको अवस्थामा प्रहरीले...   
अमेरिकाको इन्डियानापोलिसमा गोली चल्यो, कम्तीमा ८ जनाको मृत्यु

अमेरिकाको इन्डियानापोलिसमा गोली चल्यो, कम्तीमा ८ जनाको मृत्यु

इन्डियानापोलिस । अमेरिकाको इन्डियानापोलिस शहरमा बिहीबार अबेर साँझ एक व्यक्तिले अन्धाधुन्ध चलाएको...   

अफ्रिकी मुलुक नामिबियालाई कोभाक्सबाट कोरोना विरुद्धको खोप उपलब्ध

विन्डहक । अफ्रिकी मुलुक नामिबियाले शुक्रबार कोभाक्स मार्फत उपलब्ध गराइएको कोभिड–१९ विरुद्धको खोप...   

दक्षिण अफगानिस्तानमा बम विस्फोट चार सर्वसाधारणको मृत्यु

कान्दाहार । अफगानिस्तानको कान्दाहार प्रान्तमा बिहीबार राती भएको एक बम विस्फोटमा परी कम्ती चार सर्वसाधारणको...   

भारतमा गत २४ घण्टामा थप कोरोना सङक्रमितको संख्या २ लाख १७ हजार

नयाँदिल्ली । भारतमा गत २४ घण्टामा थप २ लाख १७ हजार भन्दा बढी व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top