Khabar Dabali Logo
  April 15, Thu

यमनको एक आप्रवासी शिविरमा आगलागी हुँदा आठ जनाको मृत्यु

दुबई । यमनको राजधानी सहरस्थित एक आप्रवासी शिविरमा गत आइतबार भएको आगलागीमा परी कम्तीमा पनि आठ आप्रवासीको ज्यान गएको बताइएको छ । त्यस शिविरमा भएको आगलागीमा उक्त शिविरका सुरक्षा गार्डहरू पनि परेको बताइएको छ । यस क्रममा अरु केही संख्यामा घाइते भएका पनि अन्तर्राष्ट्रिय आप्रवासन संगठनले जनाएको छ ।

यस आगलागीमा परी आठ व्यक्तिको मृत्यु भएको पुष्टि गरियो र मृत्यु हुनेहरूको संख्या अझ धेरै रहेको हुनसक्ने बताइएको छ । सो कुरा आप्रवासी अन्तर्राष्ट्रिय संगठनको मध्यपूर्व र उत्तर अफ्रिकाका क्षेत्रीय निर्देशक कार्मेला गोडेउले जानकारी दिएका छन् ।

उनले सोमबार आफ्नो ट्वीटरमार्फत् सो कुराको जानकारी दिएका हुन् । आईओएमले विशेष गरी आपतकालीन स्वास्थ्य सेवा उपलब्ध गराइरहेको पनि बताएको छ । त्यस आगलागीमा परी कम्तीमा पनि १७० जना घाइते भएका छन् । तीमध्ये केही जना गम्भीर रुपमा घाइते भएका छन् । सो आगलागी के कसरी भएको हो भन्ने बारेमा भने केही थाहा भएको छैन ।

यमनमा गएका केही वर्षदेखि हिंसा जारी रहेको छ । यस हिंसामा परी दशौँ हजार नागरिकको ज्यान गएको छ । यस हिंसाका कारण यमन विश्वमा नै सबैभन्दा धेरै मानवीय सहायता आवश्यक पर्ने देशका रुपमा रहेको संयुक्त राष्ट्रसंघले बताएको छ ।

फागुन २५ गते, २०७७ - १३:४० मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ट्याक्टरको ठक्करबाट ७ वर्षीय बालकको मृत्यु

मोरङ । सुन्दरहरैचा नगरपालिका–४ बडहरास्थित सडकमा को.२ त ३७९६ नम्बरको ट्याक्टरको ठक्करबाट सोही ठाउँ...   

कोरोना कहर : नेपालगञ्जका विद्यालय एक साता बन्द

राँझा । कोरोना भाइरस सङ्क्रमण बढेपछि नेपालगञ्ज उपमहानगरपालिकामा शुक्रबारदेखि शैक्षिक संस्था बन्द...   

१३ वर्षीया परियारको खोलामा डुबेर मृत्यु

लम्जुङ । मर्स्याङदी गाउँपालिका–३ थाकनस्थित हागो खोलामा पौडी खेल्ने क्रममा डुबेर सोही सोही गाउँपालिका–३...   

मकवानपुरका ग्रामीण तथा दुर्गम क्षेत्रमा विद्युतीकरण शुरु

वाग्मती । मकवानपुरको ग्रामीण तथा दुर्गम क्षेत्रका बस्तीमा ग्रामीण विद्युतीकरणको काम शुरु भएको छ...   

पत्रकारमाथि भएका कुटपिट र दुव्र्यवहारप्रति प्रेस युनियन द्वारा निन्दा

काठमाडौँ । काठमाडौँ र तनहुँमा पत्रकारमाथि भएका कुटपिट र दुव्र्यवहारको घटनाप्रति नेपाल प्रेस युनियनले...   

ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या तीन लाख ६० हजार नाघ्यो

साओ पाउलो । ब्राजिलमा २४ घण्टाको अवधीमा कोरोना सङ्क्रमणको कारण ३ हजार ४५९ जनाको मृत्यु भएपछि यस प्रकोपबाट...   
महाशाखाद्धारा चोरी भएका मोटरसाइकल सम्बन्धित धनीलाई हस्तान्तरण

महाशाखाद्धारा चोरी भएका मोटरसाइकल सम्बन्धित धनीलाई हस्तान्तरण

काठमाडौ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौँ उपत्यकामा हुने सवारी साधन चोरी घटनालाई नियन्त्रण...   

दुई अर्ब लगानीमा खाद्य बैंक स्थापना

काठमाडौँ । प्राङ्गारिक उत्पादनलाई जोड दिने भन्दै स्थापना गरिएको राष्ट्रिय खाद्य बैंकको कार्यालय...   

किशोरी जबरजस्ती करणी गरेको अभियोगमा ३४ वर्षीय तामाङ पक्राउ

काठमाडौं । १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–१...   

हत्या र लुटपाटमा संलग्नलाई कानूनी दायरामा ल्याइन्छ : कानूनमन्त्री यादव

लहान । प्रदेश नं २ का आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले हत्या र लुटपाटमा संलग्नलाई...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top