Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

नपाका कर्मचारीमाथि कुटपिट, कारवाही गर्न कर्मचारीको माग

भक्तपुर । सूर्यविनायक नगरपालिका–२ साविक बालकोट गाउँ विकास समिति–१ मा रहेको सार्वजनिक जग्गा अतिक्रमण गरी बनाएको टहरा हटाउन गएका नगरपालिकाका कर्मचारीमाथि हातपात एवं कुटपिट गर्ने व्यक्तिलाई नगरपालिकाले कारवाहीको माग गरेको छ ।

घटना भएको नौ दिन बितिसक्दा पनि जिल्ला प्रशासन कार्यालय भक्तपुरदेखि महानगरीय प्रहरी परिसर भक्तपुर, प्रहरी वृत्त थिमिसमेतलाई सम्पूर्ण प्रमाणसहित किटानी जाहेरी दिँदा पनि प्रहरीले अझै पक्राउ गरी कारवाही अगाडि नबढाएको भन्दै नगरपालिकाका कर्मचारीले आपत्ति जनाएका छन् ।

सूनपा–२ वडा कार्यालय बालकोटले सिमेन्टको पोल लगाई तारबार घेरेर संरक्षण गरिएको कित्ता नं ३२ र ३३ को सार्वजनिक पर्ति जग्गा अतिक्रमण गरी बनाइएका घरटहरा हटाउन माग गर्दै नगरपालिकामा निवेदन दिएपछि प्रशासकीय प्रमुख कमल ज्ञवालीले नगरपालिकाकाको टोली खटाएर जग्गा खाली गराई प्रतिवेदन बुझाउन निर्देशन दिएका थिए ।

यही फागुन १७ गते नगरपालिकाका नक्शा शाखाका इञ्जिनीयर सरिता उपाध्याय, प्रशासन शाखाका अधिकृत सुरज पौडेल, नगर प्रहरी निरीक्षक विश्वराम नगरकोटी, नगर प्रहरी सहायक निरीक्षक वीरबहादुर अधिकारी, नगर प्रहरी हवल्दारद्वय शम्भु खत्री तथा किशोर थापा तथा नगर प्रहरी रविना श्रेष्ठलाई अतिक्रमित जग्गामा बनेको घरटहरा हटाउन खोज्दा कुटपिट गरी लछारपछार गरेका थिए । नगरपालिकाले उक्त घरटहरा हटाउन पटक–पटक सूचना जारी गरेको र सोही क्षेत्रमा गएर भन्दासमेत अटेर गरेपछि नगरपालिकाको टोली टहरा भत्काउन गएका कर्मचारीलाई कुटपिट भएपछि प्रहरीलाई खबर गर्दासमेत प्रहरी ढिलो आएर सुरक्षासमेत नदिएको कर्मचारीको गुनासो छ ।

नगरपालिकाको टोलीले पटक–पटक दिएको सूचनाको अटेर गरेपछि नगरपालिकाको आदेशमा टहरा भत्काउन गएको बताउँदै कुटपिटबाट घाइते भएका अधिकृत पौडेलले अतिक्रमण गर्ने व्यक्तिले एउटा टहराको वार्षिक रु एक लाख ५० हजार भाडामा लिएको सम्झौता कागजसमेत पाइएको भन्दै सार्वजनिक जग्गा अतिक्रमण गरी भाडामा लगाउनेविरुद्ध कारवाही गर्नुपर्ने बताए ।

शाखा अधिकृत पौडेलले भने, “अतिक्रमण गरी बनाइएका १५ टहरामध्ये चार टहरा हटाइनसक्दै जग्गा भाडामा लगाई भाडा खाने भनिएका मुख्य व्यक्ति राजु विष्ट, नारायणसिं सिलवाल, टहरो बनाउने झङ्कनाथ लम्साल र लेखप्रसाद चौलागाईँ तथा विनोद विष्टसमेतका व्यक्तिले एक्कासि सरकारी कर्मचारीलाई कुटपिट गरी लछारपछार पारे, मेरो टाउकोसमेत फुट्यो ।”

कर्मचारी तथा सुरक्षाकर्मीमाथि हातपात गरी, कर्मचारीको कठालो समाती कुटपिट र लछारपछार गरी सरकारी काम कारवाही गर्न नदिएको भन्दै उनले सरकारी पोशाकमा खटिएका कर्मचारीले हात फर्काउन नमिल्दा एकोहोरो कुटाई खान बाध्य भएको बताए । सरकारी काममा खटिएका कर्मचारी तथा सुरक्षाकर्मीमाथि हातपात गर्ने व्यक्तिलाई कानूनी कारवाही अगाडि बढाउन नगरपालिकाका पीडित कर्मचारीको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत कमल ज्ञवालीले जिल्ला प्रशासन कार्यालय भक्तपुर र महानगरीय प्रहरी परिसर भक्तपुरमा किटानी जाहेरी दर्ता गराए पनि आजसम्म कुनै कारवाही अगाडि नबढाएको भन्दै नगरपालिकाका कर्मचारीले प्रहरी प्रशासनको रवैयाप्रति आक्रोश व्यक्त गरेका छन् ।

प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईकै आदेशमा कुटपिट गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गर्न आनाकानी गरेको प्रहरीबाटै जवाफ आएको नगरपालिकाका कर्मचारीको गुनासो छ । कर्मचारीले दिएको किटानी जाहेरीमा कानूनअनुसार कारवाही गरी कर्मचारीको उपचारका लागि लागेको रकम क्षतिपूर्ति भराउन र कुटपिटमा संलग्नलाई कडा कारवाही गर्न माग गरेका छन् । महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक नरहरि रेग्मीले घटनाबारे अनुसन्धान भइरहेको बताए ।

सरकारी पर्ति जग्गालाई साविक बालकोट गाविसबाट संरक्षणका लागि छ फिट अग्लो सिमेन्टको पर्खाललले घेरा गरी काँडेतारबार लगाई घेरिएको अवस्थामा रहेको भए पनि संरक्षण गरिएको सरकारी जग्गामा गाडिएका सिमेन्टको पोलसमेत भाँची केही व्यक्तिले घरटहरा बनाएको अवस्था रहेको नगरपालिकाको भनाइ छ ।

कर्मचारी कुटपिट गर्ने अतिक्रमणकारीलाई कारवाही र अतिक्रमण भएका टहरा भत्काउन प्रहरीबाट थप सुरक्षाको व्यवस्था नभए काम गर्ने कर्मचारीको मनोबल घट्ने र अतिक्रमणकारीको मनोबल बढ्ने भन्दै प्रहरी प्रशासन गम्भीर हुनुपर्ने कर्मचारीको भनाइ छ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies