Ntc summer Offer
Khabar Dabali ६ चैत्र २०८० मंगलवार | 19th March, 2024 Tue
NIMB

महिलाको गुणात्मक सहभागिता बढाइनुपर्छ: उपराष्ट्रपति पुन

काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले महिला सहभागिता सङ्ख्यात्मक रुपमा बढाएर मात्रै नभई उनीहरुको क्षमता अभिवृद्धितर्फ पनि ध्यान दिइनुपर्ने खाँचो औँल्याएका छन् । एक सय एघारौँ अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा नेपाल चेम्बर अफ कमर्सले यहाँ आयोजना गरेको नारी सम्मान समारोहलाई सम्बोधन गर्दै उपराष्ट्रपति पुनले महिला अधिकारको सुनिश्चितताका साथै गुणात्मक सहभागिता बढाइनुपर्नेमा जोड दिए ।

महिला सशक्तीकरण कुनै पनि देशको विकाससँग जोडिएको सवाल भन्दै उपराष्ट्रपति पुनले महिलालाई दुई महत्वपूर्ण पाटो शिक्षा र आर्थिक क्षेत्रमा समानताको अवसर दिलाइनुपर्छ भने । उनले नेपालको आर्थिक समृद्धिका लागि महिला उद्यमशीलता आवश्यक रहेको र महिलाद्वारा सञ्चालित उद्योग व्यवसायमा राज्यले विशेष सहुलियतको व्यवस्था गरिनुपर्ने बताए । उपराष्ट्रपति पुनले नेपालमा विभिन्नखाले क्रान्ति र आन्दोलनमा महिलाको सक्रिय सहभागिता रहेको र उनीहरुको संलग्नता र सङ्घर्षबाटै अहिलेको उपलब्धी भएको भन्दै उनीहरुको योगदान र वलिदानको उच्च सम्मान प्रकट गरे ।

संविधानले प्रत्येक महिलालाई लैंगिक भेदभावबिना समानपक्षीय र राज्यका सबै निकायमा समानुपातिक, समावेशी सिद्धान्तको आधारमा सहभागी हुने हक र सम्पत्ति तथा पारिवारिक मामिलामा दम्पत्तिको समान अधिकारलगायत विषयमा संविधानले महिलालाई धेरै हदसम्म अधिकार सम्पन्न बनाएको उनको भनाइ थियो । उपराष्ट्रपति पुनले सामाजिक न्यायसहितको समानुपातिक व्यवस्थाले आज राज्यका हरेक निकायमा महिला सहभागिता बढेको, जननिर्वाचित निकाय, सरकारी सेवा, रोजगारी स्वास्थ्यलगायत विविध सेवामा महिला सहभागिता बढेको बताए । उनले राष्ट्रियसभा र प्रतिनिधिसभामा ३३ प्रतिशत महिला सहभागिता र स्थानीय तहमा करीब ४१ प्रतिशत महिला सहभागी रहनु नेपाल र नेपाली महिलाका लागि मात्र नभएर विश्वकै लागि ठूलो उपलब्धि भएको बताए ।

उपराष्ट्रपति पुनले राज्यको उच्च तह, राज्यका भिभिन्न निकायमा महिला सहभागिता बढ्नु गौरवको विषय भएपनि महिला हिंसाका घटना न्यूनीकरण नहुनु दुःखद् पक्ष भएको बताए । उनले भने, “ससाना बालबालिकाको बलात्कारपछि हत्याको घटना बढिरहेका छन्, कतिपय घटनाका अपराधीहरु कानूनी दायरामा आउन सकिरहेका छैनन् र महिला हिंसाका अन्य घटना पनि बढिरहेकाले यसतर्फ सबै सरोकारवाला पक्षले गम्भीरतापूर्वक सोच्नुपर्ने अवस्था छ । त्यसैले अन्तर्राष्ट्रिय नारी दिवसको सन्दर्भमा सबै प्रकारका महिला हिंसाको अन्त्यका लागि संकल्पका साथ अघि बढ्न जरुरी छ ।”

उपराष्ट्रपति पुनले जबसम्म स्कुल, कलेज गएका छोरी, राति अबेरसम्म काम गर्नुपर्ने छोरी, बुहारी सुरक्षित रुपमा कार्यालयबाट घर नफर्केसम्म चिन्ता गरिहनुपर्ने अवस्थाको अन्त्य हुँदैन तबसम्म सुरक्षित र सभ्य समाज निर्माण नहुने बताए । कोभिड–१९ महामारीका कारण ठूलो आर्थिक क्षति भई अघिल्लो वर्षको आर्थिक वृद्धि करीब दुई प्रतिशत ऋणात्मक भएको अवस्थालाई मध्यनजर गर्दै यसको सामना गर्न प्रभावकारी रणनीतिक योजना ल्याइनुपर्ने खाँचो औँल्याए ।

नेपालका लागि युरोपेली सङ्घको प्रतिनिधिमण्डलका राजदूत नोना डेपरेजले महिलाको गुणात्मक सहभागिता र क्षमता अभिवृद्धिका लागि सबै पक्षको ध्यान जानुपर्ने बताए । नेपाल चेम्बर्स अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले महिलाद्वारा उत्पादित सामग्रीको बजारीकरण र उपभोगका लागि आम समुदायलाई अपिल गरे । संस्थाको महिला चेम्बर अध्यक्ष उर्मिला श्रेष्ठले महिलाले सञ्चालन गरेका उद्योग, व्यवसायलाई उत्प्रेरित गर्न सहुलियत तथा कर छुटको व्यवस्था गर्न माग गरे ।

सो अवसरमा नेपाल चेम्बर अफ कमर्सको महिला चेम्बरले महिला व्यवसाय र उद्यमशीलतामा उल्लेखनीय योगदान गर्ने विभिन्न व्यक्तिलाई सम्मान गरेको छ । यसरी सम्मानीत हुनेहरुमा क्रमशः अदिती गोयललाई ‘आइटी एन्ड इनोभेसन’ अवार्ड, राधालक्ष्मी श्रेष्ठलाई ‘विजनेश मोटिभेसन’ अवार्ड, कन्काइ महिला ग्रुपलाई ‘एग्रो इन्टरपेर्नसिप’ अवार्ड, कृष्णा राणालाई ‘सोसियल इन्टरर्नसिप’ अवार्ड र रेखा चौधरी शर्मालाई महिला उद्यमी अवार्ड प्रदान गरेको छ । ती अवार्डहरु उपराष्ट्रपति पुनले वितरण गरेका थिए ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies