Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

गौतमबुद्ध रङ्गशालालाई समयमै सम्पन्न गर्न ‘हाम्रो रङ्गशाला, मेरो कुर्ची’ अभियान शुरु

भरतपुर । धुर्मुस–सुन्तली फाउण्डेशनको अगुवाइमा चितवनको भरतपुरमा निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई समयमै सम्पन्न गर्न ‘हाम्रो रङ्गशाला, मेरो कुर्ची’ अभियान शुरु गरिएको छ ।

यो अभियानअन्तर्गत रु एक लाख सहयोग गरेर एउटा कुर्चीमा आफ्नो नाम लेख्न सकिने छ । अहिले सहयोगी दाताले रु एक लाख हस्तान्तरण गर्दै कुर्चीमा आफ्नो नाम लेखाउन थालेका छन् । यसैक्रममा ‘ओखती’ साबुनले रङ्गशालालाई रु एक लाख सहयोग गरेको छ । ओखती उत्पादक कम्पनी श्री जयकाली जडीबुटी उद्योग काठमाडौँले रु एक लाख सहयोग गर्दै कुर्चीमा कम्पनीको नाम लेखाएको हो । कम्पनीका प्रबन्ध निर्देशक शोभाकान्त बस्याल रङ्गशाला निर्माणस्थलमै पुगेर धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’लाई रु एक लाखको चेक हस्तान्तरण गरे ।

सो क्रममा प्रबन्ध निर्देशक बस्यालले ‘हाम्रो रङ्गशाला, मेरो कुर्ची’ अवधारणा निकै सान्दर्भिक रहेको भन्दै सानो सहयोगको रुपमा आफू रङ्गशालासँग जोडिएको बताए । उनले आफ्ना पितृदेखि परिवार तथा संस्थाको नाम लेखेर सहयोग गर्न सकिने भएको यस अवधारणामा सामेल हुन देश तथा विदेशमा रहेका सबै नेपालीमा आग्रह गरे । उनले आगामी दिनमा अझै यस्तो सहयोग जारी राख्ने प्रतिबद्धता जनाए ।

प्रबन्ध निर्देशक बस्यालले पाँच नम्बरको कुर्ची बुक गरेका छन् । फाउण्डेशनले काठमाडौँमा पत्रकार सम्मेलन गरी ‘हाम्रो रङ्गशाला, मेरो कुर्ची’ अवधारणा सार्वजनिक गरेपछि अहिले धमाधम कुर्ची बुक गर्दै सहयोग गर्न थालेका छन् । फाउण्डेशनका अध्यक्ष धुर्मुसले रङ्गशाला निर्माणमा अझै पनि रकमको आवश्यकता भएकाले यो अवधारणा ल्याइएको बताए । उनले यो अवधारणा कुर्ची बेच्ने अर्थमा नलिन आग्रह गर्दै सानो सहयोगबाट आफ्नो नाम लेखाउन सकिने अवधारणाको रुपमा लिन आग्रह गरे । “यो कुर्ची खरिद, बिक्रीको कुरा होइन, सहयोगबाट कुर्चीमा नाम लेखाउन सकिन्छ भन्ने सन्देश दिन हो, यसअघि सहयोग गर्ने महानुभावको पनि हामीले रङ्गशालामा नाम उल्लेख गर्छौं”, अध्यक्ष धुर्मुसले भने ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies