Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

सन्दर्भ अन्तर्राष्ट्रिय नारी दिवस: पुरुषसँग समान काम, ज्याला भने आधा कम

गलेश्वर । “मैले सात वर्षदेखि आधारभूत तह (कक्षा १–८) मा अङ्ग्रेजी विषय पढाउँदै आएकी छु, तर मेरो तलब सोही तहमा पढाउने शिक्षक (सर) को भन्दा आधा कम छ ।” म्याग्दीको एक निजी तथा संस्थागत विद्यालयमा पढाउने शिक्षिकाले भनिन्, “समानता त नारामा मात्रै हो, व्यवहारमा भने अझैसम्म देखिएको छैन ।

“मसला बनाउने, रड र इँटा बोक्ने, बालुवा ल्याउने सबै काम गर्छु”, म्याग्दी सदरमुकाम बेनीमा भवन निर्माणको काममा मजदूरी गर्दै आउनुभएकी ३७ वर्षीया तिला किसानले भनिन्, “पुरुष कामदारसँगै काम गर्नुपर्छ, उनले गर्ने सबै काम मैले पनि गर्छु तर, ज्याला पाउँदा पुरुष कामदारले दैनिक रु एक हजार पाउँछन् भने मैले रु ६०० मा चित्त बुझाउनुपर्छ ।” “काम भने पुरुषले भन्दा बढी गर्नुपर्छ, ज्याला भने थोरै पाउँछौँ”, बेनी नगरपालिका–२ बगरफाँटमा मकै रोप्नका लागि मलको डोको बोकेर खेततर्फ जाँदै गरेकी चन्द्रा विकले भनिन्, “एउटै कामको अलगअलग ज्याला थाप्ने गरेको धेरै भयो ।”

आज मार्च ८ अर्थात्, १११ औँ अन्तर्राष्ट्रिय नारी दिवस । ‘महिला सुरक्षा, सम्मान र रोजगार, समृद्ध नेपालको आधार’ भन्ने नाराका साथ अन्तर्राष्ट्रिय नारी दिवस मनाइँदै गर्दा ग्रामीण भेगका महिलाको अवस्था भने दशकौँअघिकै जस्तै रहेको छ । कृषि, औद्योगिक तथा विकास निर्माणका क्षेत्रमा मात्रै होइन, शैक्षिक क्षेत्रमा समेत महिला पारिश्रमिकमा ठगिँदै आएका छन् । यी महिलाका भनाइ त प्रतिनिधि मात्रै हुन्, म्याग्दीका हजारौँ महिला समान कामको समान ज्याला पाउनबाट वञ्चित छन् ।

दिनभरी खेतबारी, नदी खोला, भवन वा भौतिक निर्माण भइरहेका ठाउँमा ज्याला मजदूरी गरेर गुजारा गर्ने महिलाले पुरुषले भन्दा बढी श्रम गरे पनि ज्यालामा भने ठगिने गरेका छन् । पुरुष कामदारसँगै दिनभरी काममा घोटिने र पुरुषले भन्दा बढी काम गर्ने महिला श्रमिकले ज्याला बुझ्दा भने पुरुषको तुलनामा आधा कम बुझ्न बाध्य भएका छन् । जिल्लाका धेरै महिला श्रमिक पुरुषको तुलनामा बढी काम गर्ने दाबी गर्छन् । “सँगै काम गर्ने पुरुष कामदारले चुरोट खाने, मोबाइलमा लामो समयसम्म कुरा गरेर समय कटाउने र कोही मान्छे देखे कुराकानी गर्ने गर्छन्”, म्याग्दी नदी किनारमा ग्याबिन जाली भर्न ढुङ्गा बोक्दै गर्नुभएकी सविना परियारले भन्नुभयो, “हामीले खुरुखुरु काम गर्छौं । लगाएको काममा पूरै ध्यान दिन्छौँ तर, ज्यालामा ठगिन्छौँ ।”

लाहुरेको जिल्ला भनेर चिनिने म्याग्दीको कृषि, उद्योग, पूर्वाधार निर्माणदेखि लिएर शैक्षिक क्षेत्रसमेत महिलाकै बल बुतोमा धानिएको छ । यहाँका अधिकांश पुरुष वैदेशिक रोजगारमा छन् तर जिल्लालाई नै धानेका तिनै महिला पारिश्रमिकमा भने वर्षौंदेखि ठगिँदै आएका महिला अधिकारकर्मी जमुना आचार्यले बताउनुभयो । कृषि क्षेत्रको ७५ प्रतिशत काम महिलाले नै गर्दै आएका कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ तर, तिनै महिला पुरुषको तुलनामा आधा कम ज्याला लिएर काम गरिरहेका छन् ।

पुरुष कामदारले भन्दा बढी श्रम गरे पनि ज्यालामा भने ठगिनुपरेको महिला श्रमिकको भनाइसँग जिल्लाका महिला अधिकारकर्मी पनि सहमत छन् । बेलाबेलामा हुने महिला अधिकार र श्रमका कार्यक्रमको भाषण गरे पनि श्रमिक महिलाको अधिकारका बारेमा महिला अधिकारकर्मीले खासै केही गर्न नसकेको जिल्लाका श्रमिक महिलाले बताएका छन् । जिल्लाका महिला अधिकारकर्मी र मानवअधिकारकर्मीलगायतको संयुक्त पहलमा समान कामको समान ज्याला दिनुपर्ने भनि विभिन्न राजनीतिक दलका भ्रातृसङ्गठन, उद्योगी, व्यवसायीलगायत कृषि ज्ञान केन्द्रमा जानकारी गराइए पनि श्रमिक महिलाको ज्यालामा वृद्धि हुन नसक्नु दुःखद् पक्ष रहेको महिला अधिकारकर्मीको भनाइ छ ।

महिला अधिकारकर्मी हीरा पौडेलका अनुसार कानूनमा नै ‘समान कामका लागि समान ज्याला’को व्यवस्था गरिएकाले त्यसविरुद्ध लैङ्गिकरुपमा ज्यालामा तलमाथि गर्नेलाई कडा कारवाही गरिनुपर्ने बताइन् । महिला अधिकारकर्मी एवं नेपाल महिला सङ्घ म्याग्दीका अध्यक्ष विमला गौचनले महिला र पुरुष दुवैको सोचमा परिवर्तन आउन नसकेको र शारीरिक तथा प्राकृतिकरुपमा पुरुषभन्दा महिला कमजोर हुन्छन् र उनीहरुले पुरुष बराबर काम गर्न सक्दैनन् भन्ने मानसिकता नहटेकाले ज्यालामा एकरुपता हुन नसकेको हो भनिन् ।

म्याग्दीको भौतिक पूर्वाधार निर्माणको क्षेत्रमा कूल श्रमिक सङ्ख्याको ४२ प्रतिशतभन्दा बढी महिला संलग्न रहेका निर्माण व्यवसायीले बताएका छन् । जिल्लाभित्र र बाहिरका गरी ४२ प्रतिशत महिला मजदूरले पुरुषको भन्दा आधा कम ज्यालामा नै काम गरिरहेका भए पनि उनीहरुको बारेमा आवाज उठाउने निकाय भने मौन छन् ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies