Khabar Dabali Logo
  April 15, Thu

बैंकिङ कसूरमा फरार हुँदै आएकी भावना पक्राउ

काठमाडौँ । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौँ महानगरपालिका–४ बस्ने ४३ वर्षीया भावना श्रेष्ठलाई काठमाडौँको चण्डोलबाट आज प्रहरीले पक्राउ गरेको छ ।

उच्च अदालत पाटनको २०७७ पुस २९ गतेको फैसलाले उक्त मुद्दामा २ दिन कैद र रु १६ लाख जरिवाना ठहर भएकोमा उक्त सजाय बेरुजू रही श्रेष्ठ फरार हुँदै आएकी थिइन् । उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको टोलीले लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

उनले विसं २०७५ पुस ३ र १८ गते आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी झुक्यानमा पारी राष्ट्रिय वाणिज्य बैंक टङ्गालको खाताबाट भुक्तान हुने गरी चेक काटी पीडितलाई दिएकोमा बैंकिङ कसूरजन्य अपराध गरेको ठहर भएको थियो । त्यसपछि उनी फरार हुँदै आएकी थिइन् । प्रहरीले उक्त फैसला कार्यान्वयनको लागि आजै जिल्ला अदालत काठमाडौँमा पेश गरेको ब्यूरोका प्रहरी उपरीक्षक गङ्गा पन्तले जानकारी दिए ।

यसैबीच काठमाडौँ चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुङ्गाबाट नियन्त्रित लागुऔषध ६०० एम्पुल नोफिन, ५०० एम्पुल डाईजेपाम र ५०० एम्पुल फेनारगनसहित पर्सा वीरगञ्जका फैयाज राउतलाई आज प्रहरीले पक्राउ गरेको छ । नागढुङ्गास्थित चेक प्वाईन्टमा महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको ना ७ ख ४७४८ नम्बरको बसमा जाँच गर्ने क्रममा उनलाई उक्त लागुऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

फागुन २३ गते, २०७७ - २०:४९ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

फर्निचर उद्योगमा आगलागी हुँदा ५० लाख बढीको क्षति

खोटाङ । फर्निचर उद्योगमा आगलागी हुँदा खोटाङमा रु ५० लाख बढीको क्षति भएको छ । दिक्तेल रुपाकोट मझुवागढी...   

उपचारका क्रममा कोरोना सङ्क्रमित युवकको मृत्यु

पर्सा । कोरोना सङ्क्रमणकै कारण वीरगञ्जमा आज बिहान एक युवकको उपचारको क्रममा मृत्यु भएको छ । श्वासप्रश्वासमा...   

आजको राशिफल : यी राशिका लागि आजको दिन शुभ

वि।सं।२०७७ साल चैत्र ३१ गते । मंगलबार । ईश्वी सन् २०२१ अप्रिल १३ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर...   

काठमाडौँका यी पाँच स्थानमा ट्राफिक बत्ती जडान गरिने

काठमाडौ । सडक विभागले काठमाडौँ उपत्यकाको सवारी व्यवस्थापनका लागि आगामी असार मसान्तसम्ममा थप पाँच...   

यसरी कोरोनाले फेरिदियो जिन्दगीको बाटो

गलेश्वर । काठमाडौँमा होटल व्यवसाय गरी बसेका म्याग्दीको बेनी नगरपालिका– २ बगरफाँटका दुर्गाबहादुर...   
चरिकोट–जिरी सडकखण्डअन्तर्गत सडक स्तरोन्नति गरिँदै

चरिकोट–जिरी सडकखण्डअन्तर्गत सडक स्तरोन्नति गरिँदै

भिमेश्वर । नेपालको स्वीजरल्याड भनेर चिनिने जिरीबजारसम्म पुग्ने सडकखण्डाको चरिकोटबाट नाम्दुबजारसम्म...   
नयाँ बसपार्कका टिकट काउण्टर बुधबारदेखि बन्द हुने

नयाँ बसपार्कका टिकट काउण्टर बुधबारदेखि बन्द हुने

काठमाडौ । नेपालको राष्ट्रिय बसपार्कका रुपमा रहेको गोँगबुस्थित नयाँ बसपार्कका टिकट काउण्टर आगामी...   
बोडेमा जात्रा नरोकिने, बुद्धकृष्णले आठौँ पटक जिब्रो छेड्ने

बोडेमा जात्रा नरोकिने, बुद्धकृष्णले आठौँ पटक जिब्रो छेड्ने

भक्तपुर । मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक नयाँ वर्षको वैशाख २ गते मनाइने प्रसिद्ध ‘जिब्रो छेड्ने...   

कोटेश्वरदेखि जडीबुटीसम्मको सडक निर्माण अब छिट्टै सकिने

काठमाडौ । काठमाडौँ उपत्यकाको बढी सवारी चाप हुने कोटेश्वरदेखि जडीबुटीसम्म सडक विस्तारको काम एकातर्फ...   
तनहुँ जलविद्युत् आयोजनाले प्रसारण लाइनको प्रभावितलाई मुआब्जा वितरण गरिँदै

तनहुँ जलविद्युत् आयोजनाले प्रसारण लाइनको प्रभावितलाई मुआब्जा वितरण गरिँदै

तनहुँ । एक सय ४० मेगावट विद्युत् उत्पादन गर्न लागेको तनहुँ जलविद्युत् आयोजनाले विद्युत् प्रसारण लाइनका...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top