Khabar Dabali Logo
  April 20, Tue

सर्वोच्चको फैसलापछि प्रचण्डको प्रतिक्रिया : अपेक्षा गरेभन्दा फरक

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को नामको बारेमा परेको रिटमाथि सर्वोच्च अदालतले आइतबार ऋषि कट्टेलको पक्षमा फैसला सुनाएको छ । फैसलाबारे प्रतिक्रिया दिँदै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सर्वोच्च अदालतको फैसला आफूहरुले अपेक्षा गरेभन्दा फरक आएको प्रतिक्रिया दिएका छन् । उनले यसबारेमा अदालतको फैसलाको विवरण विस्तृतरुपमा अध्ययन गरेपछि मात्र थप प्रतिक्रिया दिने बताएका हुन् ।

सर्वोच्चको फैसलामा भनिएको छ, ‘माथि उल्लेख भइ विवेचना भएको कानूनी आधार काराण समेतबाट नेपाल कम्युनिस्ट पार्टी संक्षिप्तमा नेकपा नाम गरेको पार्टी निर्वाचन आयोगमा पहिला दर्ता भैसकेको अवस्थामा सोही दर्ता भैसकेको पार्टीसँग नाम मिल्ने गरी नयाँ पार्टी दर्ता गरेको विपक्षी मध्येका निर्वाचन आयोगको मिति २०७५–०२–२३ को निर्णय र सो निर्णयलाई सदर गर्ने गरी भएको मिति २०७५–०७–०९ को निर्णय फैसला राजनीतिक दल सम्बन्धि ऐन, २०७३ को दफा ६(१) (ङ) र राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को नियम ९ मा भएको कानूनी व्यवस्था विपरीत देखिँदा उत्प्रेषणको आदेशबाट बदर गरिदिएको छ ।

निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नाममा केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ अध्यक्ष रहेको दल दर्ता गरेपछि कट्टेलले सर्वोच्चमा रिट दायर गरेका थिए ।

ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निर्वाचन आयोगमा पहिलेदेखि नै दर्ता थियो ।

फागुन २३ गते, २०७७ - १६:२० मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राहुल गान्धीलाई कोरोना सङ्क्रमण पुष्टि, प्रधानमन्त्री मोदीद्वारा स्वास्थ्यलाभको कामना

नयाँ दिल्ली । भारतीय राष्ट्रिय काँगे्रसका नेता राहुल गान्धीलाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको...   

काठमाडौँ उपत्यकामा कडाइ : लगाइएको मास्क जथाभावी फ्याँक्नेलाई कारवाही

काठमाडौ । मुलुकमा नयाँ भेरियन्टसहितको कोभिड–१९ सङ्क्रमण फैलिएपछि काठमाडौँ उपत्यकामा कडाइ गर्न थालिएको...   

वैशाख २७ भित्रै कतारी रियाल साट्न आग्रह

काठमाडौ । नेपाल राष्ट्र बैंकले यही वैशाख २७ गतेदेखि कतारी रियालको कारोवार बन्द हुने जनाएको छ । केन्द्रीय...   
हटाइए काठमाडौँ प्लाजामा रहेका अधिकांश पसल

हटाइए काठमाडौँ प्लाजामा रहेका अधिकांश पसल

काठमाडौ । सम्झौता अवधि सकिएको झण्डै नौ महिनापछि कन्सेप्ट डेभलोपमेन्ट प्रालिले काठमाडौँ प्लाजामा...   

संसद् अधिवेशन अप्रत्याशित अन्त्य गरिएकोप्रति कांग्रेसको आपत्ति

काठमाडौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले प्रतिनिधिसभाको अधिवेशन अप्रत्याशित र हठात्...   

भारतीय ट्रकको ठक्करबाट साइकल यात्री मेचेको मृत्यु

झापा । झापाको मेचीनगर नगरपालिका–७ स्थित पूर्व–पश्चिम राजमार्गमा आज भारतीय ट्रकको ठक्करबाट साइकल...   

पार्टी विरोधी गतिविधि गर्ने थप आठ जना नेतालाई स्पष्टीकरण

काठमाडौँ । नेकपा (एमाले) को आज सम्पन्न दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको पहिलो बैठकले पार्टी...   

अविश्वासको प्रस्ताव छल्न संसद् अधिवेशन अन्त्य गरिएको होइन : प्रवक्ता गुरुङ

काठमाडौ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले संसद्बाट सरकार परिवर्तनका लागि दलहरुलाई...   

कोरोना सङ्क्रमणबाट स्टाफ नर्ससहित दुई जनाको मृत्यु

राँझा । बाँकेमा आज कोरोना सङ्क्रमणबाट स्टाफ नर्ससहित दुई जनाको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगञ्जमा...   

बोक्सीको आरोपमा मुस्लिम महिलामाथि निर्घात कुटपिट

जलेश्वर । बोक्सीको आरोपमा मुस्लिम समुदायकी एक महिलामाथि निर्घात कुटपिट भएको छ । महोत्तरीको मनरासिस्वा...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top