Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

लैङ्गिक हिंसा न्यूनीकरण अनुशिक्षण अभियान

काभ्रेपलाञ्चोक । एक सय ११औँ अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा नमोबुद्ध नगरपालिकामा १३ दिने लैङ्गिक हिंसा न्यूनीकरणका लागि अनुशिक्षण कार्यक्रम गरिएको छ । नगरको आयोजनामा ‘लैङ्गिक हिंसाविरुद्धको वर्ष ः हिंसा न्यूनीकरण गर्नैपर्छ’ भन्ने नाराका साथ यही फागुन ९ गतेदेखि शुरु गरिएको अनुशिक्षण कार्यक्रम शनिबार सम्पन्न गरिएको हो ।

नगरका ११वटै वडामा आयोजित सचेतनामूलक कार्यक्रममा ६७३ महिलासहित ८६८ को सहभागिता रहेको थियो । नगरका सबै बासिन्दालाई हिंसाविरुद्ध सचेत गर्ने लक्ष्य लिएको यसपटकको कार्यक्रममा तीन प्रतिशत बासिन्दालाई सचेतना गराएको नगर उपप्रमुख रामदेवी तामाङले बताउ । उनका अनुसार फूलबारीबाट शुरु गरिएको सचेतना लकाइने, कुरुगाउँ, पुरानागाउँ, छत्रेबाँझ, डराउनेपोखरी, धर्मशाला, पिपलबोट, कानपुर, काफ्लेथोक हुँदै भेडाबारीमा पुगेर समापन गरिएको थियो । “महिलालाई आर्थिकरूपमा सशक्तीकरण हुन, छोरा र छोरीमा विभेद नगर्न र चेतना विकासको माध्यमबाट समाजलाई परिवर्तन गर्नुपर्छ भन्ने अनुशिक्षणको मूल उद्देश्य हो”, तामाङले भने ।

अनुशिक्षणमा करिब तीन घण्टा मानवअधिकारकर्मी भोजराज तिमल्सिनाले लैङ्गिक हिंसाको अवस्था र न्यूनीकरणका उपायका विषयमा सहभागीलाई प्रशिक्षण दिएका थिए । कार्यक्रममा स्थानीय जनप्रतिनिधि, शिक्षक–शिक्षिका, महिला स्वयंसेविका, समाजका अगुवा, कर्मचारी, प्रहरी, बाल समूहका प्रतिनिधि, महिला सहकारी संस्थाका सदस्य, गृहणी र सर्वसाधारणको उल्लेख्य सहभागिता थियो ।

कार्यक्रममा महिला सहभागीले आफूले भोगेका हिंसाका विभिन्न सवालमाथि छलफल गरी लैङ्गिक हिंसा न्यूनीकरणका लागि स्थानीय जनप्रतिनिधि, शिक्षक–शिक्षिका, महिला स्वयंसेविका र समाजका अगुवाहरूको विशेष भूमिका रहने भएकाले उनीहरूलाई जवाफदेही बनाउन जोड दिइएको थियो ।

अनुशिक्षण समापनमा वाग्मती प्रदेशसभा सदस्य गोमा भुर्तेलले हिंसामा परियो भनेर महिलाले बेकारमा ज्यान नफ्याँक्न सुझाव दिए । “राज्यले निरोध, कानूनी कारवाही, क्षमता विकास, समन्वय, सहयोग र सहकार्यमा हिंसा न्यूनीकरणका प्रयास गरिरहेको छ, तपाईँहरु ढुक्क भएर जिउनुस्”, उनले भने । उनका अनुसार लैङ्गिक–हिंसा, घरेलु–हिंसा, यौन दुव्र्यवहार, प्रथाजन्य चालचलन र व्यवहार, विवाह प्रचलनले महिलालाई पछि पारेको छ र सचेतनाको माध्यमबाट हिंसामा कमी ल्याउन सकिन्छ ।

नगर महिला विकास शाखा प्रमुख तारादेवी सुनुवारले सबै वडामा अनुशिक्षण सकिएको बताउँदै फागुन २४ गते ‘महिलाको सुरक्षा, सम्मान र रोजगार ः समृद्ध नेपालको आधार’ भन्ने मूल नाराका साथ र्याली, सभा र महिलाको क्षेत्रमा राम्रो काम गर्नेलाई सम्मानलगायतका कार्यक्रमका साथ १११औँ अन्तर्राष्ट्रिय नारी दिवस मनाइने जानकारी दिए । उनका अनुसार अनुशिक्षणमा स्वास्थ्य बीमाका विषयमा पनि जानकारी दिइएको थियो ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies