Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

ट्राफिक महाशाखाले परिचालन गर्यो राष्ट्रिय युवा परिषद्का २०० जना ट्राफिक स्वयमसेवक

काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौ उपत्यकाको ट्राफिक व्यवस्थापनलाई चुस्त, दुरूस्त तथा सहज बनाउने उद्देश्यका साथ ट्राफिक स्वयंसेवक परिचालन गरेको छ । महाशाखा र राष्ट्रिय युवा परिषद्‍को समन्वयमा बिभिन्न कलेजका २०० जना बिद्यार्थीहरुलाई ट्राफिक महाशाखामा शिक्षण गरि काठमाडौँका विभिन्न चोक जक्सन, आकाशेपुल र जेब्राक्रसिङमा परिचालन गरिनेछ । महाशाखाले स्वयंसेवकलाई १० दिन सम्म उपत्यकाका विभिन्न सवारी चाप हुने स्थानमा परिचालन गर्ने जनाएको छ ।

\"\"

काठमाडौँ उपत्यकाको सवारी चाप हुने तथा बढी पैदलयात्रु भीडभाड हुने स्थानमा सहज र सुरक्षित आवागमन गर्ने लक्ष्य सहित ट्राफिक स्वयंसेवक परिचालन गरिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले बताए । स्वयंसेवकले आकाशेपुल तथा फुटपाथको प्रयोग नगर्ने पैदलयात्रुहरुलाई सुरक्षित तरिकाले बाटो काट्न सहयोग गर्नुका साथै जथाभावी बाटो नकाट्न र नियमको पालना गर्न सन्देश प्रबाह गर्ने एसएसपि भट्टराईले जानकारी दिए ।

एक मिनेट मात्रै सवारी सञ्चालनमा सहज भयो भने पनि राहत महसुस हुने भन्दै ट्राफिक स्वयंसेवकले त्यो वातावरण तयार पार्ने विश्वास व्यक्त गरे । जेब्राक्रसिङ तथा जथाभावी बाटो काट्दा भएका दुर्घटनामा परि मानिसको ज्यान गएको विगतको घटना स्मरण गर्दै उनले पैदलयात्रूको बढि भीडभाड हुने त्यस्ता क्षेत्रमा स्वयंसेवक परिचालन गरि सहजता ल्याउने जानकारी दिए ।

उपत्यकामा बर्षेनी सुरक्षित सडक प्रयोग नगर्दा धेरै पैदलयात्रुहरु दुर्घटना परि अनाहकमा ज्यान गुमाउनुको साथै अंगभङ्ग हुने गरेको छ । सडक सुरक्षा तथा ट्राफिक नियमलाई बेवास्ता गरि लापरबाहि तरिकाले सडक पार गर्ने र जथाभावी हिड्डुल गर्दा दुर्घटनाको जोखिम उच्च रहने र सडक व्यवस्थापनमा समेत असर गर्ने हुनाले त्यसलाई रोक्न ट्राफिक स्वयंसेवक परिचालन एउटा प्रभावकारी उपाय हुने महाशाखाको अपेक्षा रहेको छ ।

स्वयमसेवक परिचालन बाट काठमाडौंको ट्राफिक व्यवस्थापनमा आम जनमानसले थोरै भएपनि राहत महशुस गर्ने र पैदलयात्रुलाई सहजता मिल्ने महाशाखाको बुझाई छ । यस अघि महाशाखाले नेपाल स्काउट, सामुदायिक सेवा केन्द्रका युवा बिद्यार्थीहरुलाई समेत प्रशिक्षण दिई बिभिन्न चरणमा ट्राफिक स्वयमंसेवक परिचालन गरिएको र त्यसको प्रभावकारिता सँगै यसलाई निरन्तरता दिएको बताएको छ । कार्यक्रममा प्रहरी अधिकृतहरु, राष्ट्रिय युवा परिषद्‌का पदाधिकारी तथा अन्य ट्राफिक भोलेण्टरहरुको उपस्थिति रहेको थियो । स्वयंसेवकको उपयोगिता र सफलता हेरेर आगामी दिनमा थप परिचालन बढाउँदै लगिने महाशाखाले जनाएको छ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies