Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

मकैको खोसेलाबाट आकर्षक घरायसी सामग्री उत्पादन

खोटाङ । हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारका महिलाले मकैको खोसेलाबाट आकर्षक घरायसी सामग्री उत्पादन गर्न थालेका छन् । गाईवस्तुलाई घाँसका रूपमा खुवाउन प्रयोग हुँदै आएको मकैको खोसेलाबाट घरायसी सामग्री उत्पादन गर्दै आम्दानीको स्रोत बनाउने लक्ष्यका साथ नगरपालिकाले उपलब्ध गराएको तालिम लिएपछि च्यास्मिटारका ३० महिलाले आकर्षक किसिमका घरायसी सामग्री उत्पादन शुरु गरेका हुन् ।

स्थानीय महिलालाई आर्थिकरूपमा आत्मनिर्भर बनाउने लक्ष्यका साथ नगरपालिकाले ‘गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम’ अन्तर्गत मकैको खोसेलाबाट घरायसी काममा उपयोग हुने सामग्री उत्पादनसम्बन्धी एकमहिने तालिम आयोजना गरेको थियो । तालिमपछि च्यास्मिटारका महिलाले मकैको खोसेलाबाट झोला, डोर म्याट, चप्पल, ढाकी, ह्याट, टि–म्याट, फूलदानी, पिरा, डायनिङ म्याट, चकटी, पूजाका सामग्री बोक्ने झोलालगायतका सामग्री उत्पादन गर्न थालेका छन् ।

त्रिधार्मिकस्थल हलेसीमा आउने पर्यटक तथा दर्शनार्थीले हलेसीको चिनोका रूपमा खोस्टाको आकर्षक सामग्री खरिद गरेर लैजाने वातावरण बनाउने लक्ष्यका साथ महिलालाई सोसँग सम्बन्धित तालिम दिइएको नगरप्रमुख इवन राईले बताए । “मकैको खासेला गाईवस्तुलाई खुवाउन मात्र उपयोग भइरहेको थियो”, उनले भने, “मकैको खोसेलाबाट आकर्षक र उपयोगी सामग्री उत्पादन गर्ने तथा बिक्री वितरण गर्दै आम्दानीको स्रोत बनाउने उद्देश्यले तालिमको आयोजना गरिएको हो ।”

लघुउद्यमसम्बन्धी आठ दिनको तालिम दिएलगत्तै काठमाडौँबाट तीन दक्ष प्रशिक्षकलाई ल्याएर उनीहरुलाई खोसेलाको सामग्री उत्पादनसम्बन्धी तालिम दिइएको नगरपालिकाले जनाएको छ । क्रमशः हलेसी, धितुङलगायतका वडामा पनि खोसेलाको सामग्री तयार पार्ने सीप विकास तालिम सञ्चालन गर्ने तयारी गरिएको छ ।

नगरपालिकाका अनुसार तालिममा सहभागीले व्यक्तिगत वा सामूहिकरूपमा मकैको खोसेलाबाट सामग्री उत्पादन गर्ने छन् । मकैको खोसेलाबाट घरायसी सामग्री उत्पादन गरेर व्यवसाय गर्न चाहने महिलालाई नगरपालिकाको तर्फबाट आर्थिक तथा प्राविधिक सहयोग गर्ने व्यवस्था मिलाइएको छ ।

मकैको खोसेलाबाट निर्माण गरिएका सामग्री जिल्लाका विभिन्न बजार तथा छिमेकी देश चीनसम्म निर्यात गर्ने महत्वाकाङ्क्षी लक्ष्य राखिएको छ । मकैको खोसेलाबाट महिलाले उत्पादन गरेका घरेलु सामग्रीको मूल्य निर्धारण तथा बजारीकरणमा नगरपालिकाले सहयोग गर्ने जनाइएको छ । आम्दानीको अन्य स्रोत नभएको उक्त क्षेत्रमा यसअघि खाँडी कपडा बुन्न प्रयोग गरिने कपास खेतीलाई प्रवद्र्धन गर्न नगरपालिकाले रु १० लाख बजेट विनियोजन गरेको थियो । कच्चा पदार्थ ९कपास० अभावमा सङ्कटमा पर्दै गएको खाँडी कपडा बुन्ने उद्योग पुनःसञ्चालनमा ल्याउन नगरपालिकाले कपासखेती प्रवद्र्धनमा रु १० लाख बजेट लगानी गरेको हो ।

पछिल्लो समय सङ्कटमा पर्दै गएको पुख्र्यौली व्यवसायलाई जगाउन नगरपालिकाका तर्फबाट किसानलाई कपासखेती गराउन बजेट विनियोजन गरिएको नगर उपप्रमुख विमला राईले बताए । “बजारमा हलेसी क्षेत्रमा बुनिएका खाँडी कपडाको माग धान्न गाह्रो देखिएको छ”, उनले भने, “लोपोन्मुख अवस्थामा पुगेको खाँडी कपडा बुन्ने व्यवसायलाई पुनःसञ्चालनमा ल्याउन नगरपालिकामा यस वर्षबाट कपासखेतीका लागि बजेट व्यवस्था गरेका हौँ ।”

कपासखेतीका लागि ७ नं वडा कार्यालयको तर्फबाट आर्थिक वर्ष २०७६/७७ मा १५ महिलालाई कपासखेती प्रवद्र्धनसम्बन्धी तालिम दिइएको थियो । हलेसी क्षेत्रका स्थानीय कृषकले कपासखेती गर्न छाडेपछि कच्चा पदार्थ अभावमा अहिले खाँडी कपडा उत्पादन हुन छाडेको छ । कपासबाट उत्पादन गरिएको दौरा÷सुरुवाल पुग्ने कपडा प्रतिथान रु १५ हजार र कोगटीको दौरा–सुरुवाल पुग्ने कपडा प्रतिथान रु २० हजारमा बिक्री हुने गरेको छ । कोगटीबाट उत्पादन गरिने खाँडी कपडाको माग बजारमा उच्च रहेको जनाइएको छ ।

हलेसी क्षेत्रमा उत्पादित खाँडी कपडा बाहिरी जिल्ला तथा विदेशमा समेत निर्यात हुने गरेको थियो । हिन्दू, बौद्ध र किराँत धर्मालम्बीको सङ्गमस्थल हलेसी आउने दर्शनार्थी तथा पर्यटकलाई हलेसी क्षेत्रमा उत्पादित खाँडी कपडा बिक्री गर्दा आम्दानीको स्रोतसमेत वृद्धि हुनेको गरेको थियो ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies