Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

मनको आगोले घरिघरि पोलिरहन्छ

फुङ्लिङ । फुची शेर्पाका आँखाबाट आँशु बग्न रोकिएको छ । परदेखि नै प्रष्ट ठम्याउन सकिन्छ उनी रुँदारुँदै थाकेकी हुन् भनेर । नजिक पुगेर नियाल्दा आँशु गालामा लत्पत्तिएको देखिन्छ । उनका गालामा परेका आँशुका डोभ अझै मेटिएका छैनन् । फुचीका जस्तै दोभानका ६३ परिवारको अवस्था उस्तै छ ।

यो घटना हो ताप्लेजुङको मेरिङदेन–३ दोभान बजारको । गत मङ्गलबार बिहान ९ बजे केही छिनमै ६३ परिवार बिचल्लीमा परेको थियो । पुर्खौँदेखि आधा पेट खाएर जोगाएको सम्पत्ति हेर्दा–हेर्दै खारानीमा रुपान्तरण भएको थियो ।

बलिरहेको आगो फुङ्लिङ नगरपालिकाको दमकल र पाँचथर फिदिमका दमकलले आगो निभायो । तर, आगो निभेको आज पाँच दिन हुँदै गर्दा पनि फुचीको मनमा आगो बलिरहेको छ । मन भित्रभित्रै जलिरहेको छ । बाजेको पालादेखि आधा पेट खाएर जोगाएको पैसाले बनाएको घर जलेकाले उनको मन पिरोलेको हो ।

“बिहान बेलुका हातमुख जोड्न सक्ने आशा थियो । आज ती आशा निराशा भएको छ । पाखुरामा तागत भइञ्जेल कमाएर जोगाएर राखेको सम्पत्ति खरानी भयो”, उनी बस्नुहुन्छ । धान जलेको खरानी हातले उठाउँदै फुची भन्नुहुन्छ, “खाइनखाइ जोहो गरेर राखेको अन्न आज यस्तो भयो ।”

उनी दिनभरि आफ्नो जलेर खरानी भएको घरको घडेरीमा दिन बिताउनुहुन्छ । घाम अस्ताउँदै जान्छ । विस्तारै अँध्यारो हुँदै जान्छ । अनि उहाँ अलिक तल सुगुरको खोरमा गएर रात बिताउनुहुन्छ । विभिन्न सङ्घसंस्थाले तथा व्यक्तिले राहत वितरण गर्छन् तर उहाँ राहत थाप्न पनि जान सक्नुभएको छैन ।

गत बिहीबार प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई र आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्की आएर राहत वितरण गर्नुभयो । प्रदेश सरकारले आगलागीबाट पीडित प्रतिपरिवार रु ५० हजार र डेरा गरी बस्ने परिवारलाई रु ३० हजार नगद राहत उपलब्ध गराउने घोषणा गर्नुभयो । तर, फुची त्यहाँ पुग्नुभएन ।

गत शुक्रबार पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य योगेशकुमार भट्टराई आगलागी प्रभावित क्षेत्रमा पुग्नुभयो । आगलागी भएको बजारको अवलोकन गर्नुभयो । सांसद भट्टराईले फुचीलाई सोध्नुभयो, “तपाईँको घर कहाँ थियो”, उहाँले भन्नुभयो, “यही थियो, अहिले यस्तो भयो ।” शुक्रबार भट्टराईले तत्कालका लागि रु पाँच लाख र प्रदेश नं १ का प्रदेशसभा सदस्य होमकुमारी साँवाले रु ५० हजार नगद राहत सहयोग हस्तान्तरण गर्नुभयो ।

मेरिङदेन गाउँपालिकाका अध्यक्ष गणेशप्रसाद लिम्बूले पनि यहाँका पीडितलाई त्यो घटना भुल्न गाह्रो भएको बताउनुभयो । शुक्रबार बिहान सञ्जय योङयाङ खरानी भएको आफ्नो घरको घडेरी देखाउँदै भन्नुभयो, “अहिलेसम्म दुःख गरेर बनाएको घर र जोगाएर राखेको अन्न पैसा सबै खरानी भयो ।” उहाँले घरदेखि आफूले लगाएको कपडाबाहेक अरु केही निकाल्न पाएन । उहाँले भन्नुभयो, “अब कसरी बाँकी जिन्दगी चलाउने कमाउने उमेर पनि गइसक्यो ।”

दोभान बजारका अर्का व्यापारी हुनुहुन्छ, लोकेन्द्र अधिकारी । उहाँले व्यवसाय सञ्चालन गर्नका लागि बैंकबाट ऋण लिनुभएको थियो । बैंकमा ऋण तिर्न जम्मा गरेको रु १७ लाख आगोमा जलेर खरानी भयो । उहाँले आगोमै १७ तोला चाँदी र ८० हजार केजी अलैँची सहित तीन घर हेर्दाहेर्दै खरानी भयो । उहाँले भन्नुभयो, “मन ठूलो भयो । बैंकबाट ऋण लिएर तीनवटा घर बनाइयो तर आज भएभरका सबै खरानी भयो ।” उहाँको तीन घर जलेर खरानी भयो । बैंकलाई तिर्न जोहो गरेको पैसा खरानी भयो । वर्षौँदेखि आधा खाइनखाइ आर्जन गरेको सम्पत्ति क्षणभरमै खरानीमा रुपान्तरण भयो ।

यी पीडा प्रतिनिधिमूलक मात्र हो, यहाँ पीडित हुने ६३ परिवारको कथाव्यथा करुणामय छ, पीडामा डुबेको छ । यसबाट पूर्वतः अवस्थामा आउन निकै समय लाग्ने सहजै अनुमान लगाउन सकिन्छ । ताप्लेजुङको दोस्रो ठूलो बजार दोभान हो । दोभान बजार मिक्वाखोला गाउँपालिका, मैवाखो गाउँपालिका, आठराई त्रिवेणी गाउँपालिका र मेरिङदेन गाउँपालिकाको व्यापारिक केन्द्र हो । दोभान बजार ताप्लेजुङको सदरमुकामदेखि करिब आठ किमीे मिटरको दूरीमा पर्छ । आगलागीबाट विस्थापितले व्यापार गरेवापत १३ प्रतिशत नेपाल सरकारलाई राजश्व तिर्दै आएको विस्थापित व्यापारी दीपक धितालले बताउनुभयो ।

अहिले घर व्यवसाय सबै खरानी भएर बिचल्ली भएको अवस्थामा तीन तहका सरकारले सहयोग गर्न राज्यको कर्तव्य भएको धिताल बताउनुहुन्छ । दोभान व्यापारी केन्द्र भएकाले बजार पुनःस्थापना गर्न नेपाल सरकारले पहल गर्ने सांसद भट्टराईले बताउनुभयो । उहाँले भन्नुभयो, “आगलागीबाट विस्थापित परिवारलाई सरकारले बिचल्लीमा पर्न दिनेछैन । सरकार आगलागी पीडितलाई पुनःस्थापनाको पक्षमा छ ।” बजार विस्तार गर्दा शहरी विकास विभागको मापदण्डअनुसार बस्ती विस्तार गर्न भट्टराईले आग्रह गर्नुभयो । विस्थापित परिवारको वास्तविकता पहिचान गरेर पठाउनसमेत जनप्रतिनिधि र कर्मचारीलाई भट्टराईले आनुरोध गर्नुभयो ।

मङ्गलबार बिहान दोभान बजारमा भएको आगलागीको घटनाबाट ६३ परिवारको रु ४० करोडभन्दा बढीको सम्पत्ति खरानी भयो । ताप्लेजुङमा एकपछि अर्को आगलागी घटना थपिँदै जाने क्रम छ । एघार महिनाभित्र विभिन्न क्षेत्रमा आगलागी भएको छ । गत वैशाख १९ गते फुङ्लिङ बजारको बैंक लाइनमा आगलागी हुँदा १२ घर जलेर नष्ट भएको थियो । पुस ५ मा पाथीभरा क्षेत्रमा आगलागी हुँदा १५० हेक्टर वन जलेर नष्ट भएको छ । माघ २० सिरिजङ्घा गाउँपालिकामा आगलागीमा पाँच घर जलेर नष्ट भएको भएको छ । ताप्लेजुङमा १७ वर्षको तथ्याङ्क हेर्दा फुङ्लिङ बजारमा मात्र १५२ घर जलेर नष्ट भएको छ । तीन सय ९३ परिवार आगलागीबाट विस्थापित भएका छन् । धेरैजसो आगलागी घटना विद्युत् चुहिएर भएको तथ्याङ्क छ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies