Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

जिल्ला समन्वय समितिलाई अधिकार सम्पन्न बनाइने : मुख्यमन्त्री राउत

जलेश्वर । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले जिल्ला समन्वय समितिलाई अधिकारसम्पन्न बनाइने बताएका छन् ।

महोत्तरीको जलेश्वरमा आयोजित तीनदिने जिल्ला समन्वय समिति महासङ्घको प्रदेशस्तरीय विस्तारित भेलालाई आज सम्बोधन गर्दै उनले नेपालको संविधानद्वारा जिल्ला समन्वय समितिलाई प्रदान गरिएको सम्पूर्ण अधिकार प्रदेश सरकारले दिन तयार रहेको बताए ।

मुख्यमन्त्री राउतले प्रदेश नं २ सरकारले प्रदेशभित्रका आठवटै जिल्ला समन्वय समितिलाई संविधानप्रदत्त अधिकार प्रदान गर्नका लागि आवश्यक कानून तथा कार्यविधि निर्माणको प्रक्रियामा रहेको बताउँदै चाँडै नै अधिकार प्रत्यायोजनका काम हुने विश्वास दिलाए ।

नेपालको संविधान २०७२ को धारा २२० मा जिल्ला समन्वय समितिलाई सङ्घीय, प्रदेश र स्थानीय तहका तीनै सरकारका बीच समन्वयको भूमिका खेल्ने, प्रदेश र स्थानीय सरकारले गरेको काम अनुगमन र निरीक्षण गर्ने तथा प्रदेश सरकारले बनाएको कानूनअनुसार अन्य कामकाज गर्ने उल्लेख भएअनुसार प्रदेश नं २ सरकारले आफ्ना प्रदेशभित्रका सबै जिल्ला समन्वय समितिलाई अधिकारसम्पन्न बनाउनका लागि आवश्यक कानून र कार्यविधि बनाउने गृहकार्य शुरु गरिएको उनले जानकारी दिए । मुख्यमन्त्री राउतले प्रदेश नं २ सरकार सङ्घीय सरकारको उपेक्षामा परेको गुनासो गरे ।

कार्यक्रममा जिल्ला समन्वय समिति महासङ्घका केन्द्रीय पदाधिकारीसहित सातवटै प्रदेशका जिल्ला समन्वय समितिका पदाधिकारीको उपस्थिति थियो । जिल्ला समन्वय समिति प्रदेश नं २ का अध्यक्ष एवं महोत्तरी जिल्ला समन्वय समितिका अध्यक्ष सुरेशप्रसाद सिंहको अध्यक्षता कार्यक्रम सम्पन्न भएको थियो ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies